लगानीकर्तालाई अनलाइन सेयर आवेदनको जानकारी दिन नेप्से र सीडीएस प्रदेश दौडाहामा

काठमाडौं । अनलाइन सेयर आवेदको बारेमा मोफोसलका लगानीकर्तालाई जानकारी दिन सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लिमिटेडका अधिकारी अहिले प्रदेश दौडाहामा निस्किएका छन् । सीडीएस र नेप्सेले अनलाइन सेयरको बारेमा प्रदेश नम्बर १ को इटहरी र दमकमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै पूँजीबजारमा सीडीएसको भूमिका, धितोपत्रको अभौतिकिकरण तथा राफसाफ तथा फछ्र्यौट प्रक्रिया, आस्बा, सीआस्बा तथा मेरो सेयर सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्दसिंह साउदले मेरो शेयर तथा सीआस्बाको प्रयोग संगै घण्टौ लाइन लागेर सार्वजानीक निष्कासनको आवेदन दिएर बाँडफाँटका लागि महिनौ कुर्नुपर्ने अवस्थाको अब अन्त्य हुने जानकारी दिए ।सीडीएस र नेप्सेले आगामी दिनमा यस्ता कार्यक्रम अन्य प्रदेशको सहरहरुमा पनि आयोजना गर्ने जनाएको छ ।

सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस सेयर दिने, पुँजी ७ अर्ब ७८ करोड नाघ्ने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको मुनाफा तथा संचित रकमबाट हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९५ करोड ५६ लाख रुपैयाँ बराबरको बोनस दिने निर्णय गरेको हो । उक्त निर्णय गत २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्विकृती तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ रहेको छ । १४ प्रतिशत बोनस पश्चात बैंकको पुँजी ७ अर्ब ७८ करोड १७ लाख रुपैयाँ पुग्ने छ ।

रिलायवल माइक्रोफाइनान्स अब लघुवित्तमा परिणत, ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्ने

काठमाडौं । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । माइक्रोफाइनान्सले आफ्नो संस्थाको नाम परिर्वतन गरी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर लगायत सम्पूर्ण कारोबार शुरु गर्ने भएको छ । नाम परिणत पश्चात यस संस्थाको स्टक सिम्बोल जीआईएलबी हुने छ ।