बैंक अफ काठमाण्डुका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट
काठमाडौं । नयाँ वर्षको अवसरमा बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले चितवन र पोखरास्थित ल्याण्डमार्क होटलमा छुट पाउने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको हो । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्डबाट पीओएस तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुलाई साढे १२ प्रतिशतसम्म होटलका सबै सुविधामा छुट हुनेछ । ल्याण्डमार्क होटलले काठमाण्डौं, पोखरा र चितवनबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
तस्विरमा कैद भएका १२ नेवारी बस्ती र तिनका रहन-सहन
ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्विरमा कैद गर्ने कोशिस गरेका छौं । यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्विरहरु । यी तस्विरहरुमा नेवार समुदायको रहन-सहन, दिनचर्या, कला-संस्कृतिलाई देखाउन खोजिएको छ । ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ । च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ । किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ । किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला । खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती । खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ । हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा । ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु । भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार । भक्तपुरको एक घरको झयालमा बसेकी महिला
बाँसबारी क्लबको प्रायोजकमा सिद्धार्थ बैंक
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी बाँसबारी–३, काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपैयाँ प्रदान गरी प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा ले हस्ताक्षर गरेका छन् । खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल समाग्री खरिद गर्न प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउदै आएको छ । उक्त सम्झौताले खेलाडीहरूमाझ खेलप्रति थप उत्साहित बनाएको छ । साथै यस्ता सम्झौताहरूले खेलाडीहरुलाई खेलमा उत्प्रेरित गराउने र खेलाडीहरुको विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ ।