‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन
काठमाडाैं । द आर्ट अफ लिभिङले ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरेकाे छ । संस्थाले गुरुदेव रवि शंकरले व्याख्या गरेकाे उक्त पुस्तककाे साेमबार विमाेचन गरेकाे हाे । उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् । ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सुत्रहरूको संकलन हो । यिनै सुत्रहरूको बारेमा रवि शंकरले ज्ञानबद्र्ध्ध व्याख्या गरेका थिए । यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ संस्थाले जानकारी दिएकाे छ । संस्थाले पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव रविशंकरबाट प्रदान भएका ज्ञानसम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ । विक्रम सम्वंत २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ।
लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा, भाेलि यूएईसँग खेल्ने
काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन वटै म्याच जितेको छ । नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा सहभागी हुने अवसर पाउनेछ ।
फिलिपिन्सविरुद्द नेपालको सानदार जित, अंक तालिकाको शिर्ष स्थानमा
काठमाडाैं । आईसीसी विश्वकप अन्तर्गत शनिबार भएकाे खेलमा नेपाल फिलिपिन्सविरुद्द १३६ रनले विजयी भएकाे छ । ओमानमा जारी आईसीसी विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालकाे याे लगातार दोस्रो जित हाे । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । आजको जितसँगै नेपाल अंकतालिकाको समूह बी अन्तगर्तको शिर्ष स्थानमा छ ।