एनसेल फोरजीका साथ अनलाइनमार्फत हेर्नुहाेस् ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’
काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’को मजा लिन तयार रहनुहोला । भोलि (असोज ९ गते शनिबार) बाट सुरु हुने ईपीएललाई तपाईंले एनसेल फोरजीका साथ अनलाइनमार्फत नै हेर्न सक्नुहुनेछ । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ एनसेलको ईपीएलसँग सम्झौता गरेको छ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास आफुहरुले लिएको एनसेलले जनाएको छ । हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको विषयलाई ध्यानमा राख्दै एनसेलले आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन यो सम्झौता गरेको जनाएको छ । योसागैं क्रिकेट पारखीले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । सन् २०१६ देखि शुरु भएको इपिएल अहिले नेपालको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । य खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी रहेको र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ एनसेलले जानकारी दिएको छ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।
बुटवल उपमहानरका मेयर सुवेदीमाथि हातपात
काठमाडौं । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल ज्योतिनगरका पहिरो पीडितले उनलाई हातपात गरेका हुन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले भन्दै आक्रोशित भएर उनीहरुले हातपात गरेका हुन् ।
पूर्व डेपुटी गभर्नर सिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ गीत सार्वजनिक
काठमाडौं । गितकार चिन्तामणी सिवाकोटीको ‘हिमालबाट हिउँ पग्लि’ गीत सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका सिवाकोटीको हिमालमा हिउँ पग्लि बोलको गीत शनिबार सार्वजनिक भएको हो । यसअघि मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’ बोलको गीत सार्वजनिक गरिसकेका उनको यो गीतमा गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज सुन्न पइन्छ । गीतमा सुरेश अधिकारीले संगित भरेका छन् भने कलाकार आकाश अधिकारी र निता ढुङ्गाना मोडलिङको भूमीकामा देखिएका छन् । गीतमा कोरियोग्राफरको भूमीकामा कमल राई छन् । गीतको निर्देशन आकाश अधिकारीले नै गरेका छन् । गीतको भिडियो ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकबाट अवकास पाएपछि सिवाकोटीले गीत संगितमा लाग्ने घोषणा नै गरिसकेका छन् । उनले यसअघि ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘जिउँदै छु’, ‘आएन खबर’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् । साहित्यमा झुकाव भएका सिवाकोटी २०४३ सालदेखि गीत लेख्न थालेका हुन् । सिवाकोटीको गीतले देशको जातजति, भुगोल र प्राकृतिक विविधताको बारेमा गीतमा सन्देश दिन खोजका छन् । उनले बहुजाती, बुहभाषी र भुगोलको विविधता भएको देशमा सबैले मिलेर देशको विकासमा लाग्नु पर्ने सन्देश दिन खाजेका छन् । भिडियाे हेर्नुस: