क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

काठमाडाैं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे पद छाडेकाे जानकारी दिएका हुन् । प्याकुरेलले अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको बताए । दुई वर्षअघि चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । उनी सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए ।

४ युट्युब च्यानलका संचालक पक्राउ

काठमाडौं । पिडित महिलाको तस्विरसहित चरित्र हत्या गर्ने ४ युट्युब च्यानलका संचालकहरु पक्राउ परेका छन् । युट्युब च्यानलमार्फत पिडित महिलाप्रति घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेकोमा उनीहरुलाई विद्युतिय कारवाही ऐन, २०६३ अन्तर्गत पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दैनिकी खबर युट्युब च्यानलका स‌चालक २१ वर्षिय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका स‌चालक २७ वर्षिय शिशिर अधिकारी, सारैचुलिया मिडियाकी युट्युब च्यानलका स‌चालक पिंकल कार्की र मोडर्न अनलाइन टिभी युट्युब च्यानलका स‌चालक २४ वर्षिय रोधन तामाङ रहेका छन् ।  

नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’

काठमाडाैं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो । युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । उनले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गरे । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताए । साईकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि सर्ट प्रर्दशन गरेका थिए ।