अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ कर्जा
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अवकास प्राप्त खेलाडीलाई व्यवसाय गर्न सुलभ दरमा कर्जा दिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । पाैडेलले देशका राम्राे खेलाडीहरुलाई यस्ताे व्यवस्था गरिएकाे बताएका छन् ।
खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट
काठमाडौं । सरकारले आगमी वर्षको लागि खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याएको छ । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेले साे बताएका हुन् ।
गोरखा र चितवनका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्धारा स्वास्थ्य साम्रग्री सहयाेग
काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अर्नतगत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई संस्थाले उक्त सामाग्री उपलब्ध गराएको हो । ट्रष्टले मनकामना हेल्थ पोष्टलाई १, घैरुङग अस्थायी कोभिड अस्पताललाई २, बुंगकोट हेल्थ पोष्टलाई १, माई मनकामना सहकारी अस्पताललाई १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटनलाई २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।