अघोरी बाबाकी श्रीमति शारदा पाण्डे प्रहरी हिरासतमा, ठगी गरेको आरोप
काठमाडौँ । लाइफ ड्यामेज बाबा अर्थात अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमति शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ । अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।
महालक्ष्मी बैंकद्वारा बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बुढानिलकण्ठ मन्दिरलाई डस्टबिन वितरण गरेको छ । हरिबोधनी एकादशीको अवसर पारेर बुढानिलकण्ठ मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी र जुसका साथै सो मन्दिरलाई डस्टबिन वितरण गरेको हो । उक्त कार्यक्रममा बैंकले बिहान ७ बजे देखि अपराह्न ५ बजेसम्म दर्शनार्थीहरुलाई पानी तथा जुस वितरण गरेको थियो । साथै, बुढानिलकण्ठ मन्दिरका मठाधिस स्वामी १००८ निगामानन्द महाराजलाई डस्टविन हस्तान्तरण गरेको हो ।
चुरेमा क्षेत्रमा बढ्याे काठ तस्करी
निजगढ । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयलाई नियन्त्रण गर्न समस्या भएको छ । केही दिनअघि तस्करले बिक्रीका लागि लुकाएर राखेको सालको काठ डिभिजन वन कार्यालयले बरामद गरेको थियो । निजगढस्थित सेक्टर वन कार्यालयले पसाहा खोला, रतनपुर, सिगौललगायत क्षेत्रबाट ठूलो परिमाणमा काठ बरामद गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख महमद मन्सुरले जानकारी दिएका छन् । तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर राख्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी रु तीन हजारभन्दा बढीमा बिक्री गर्ने गरेका छन् । निजगढ नगरपालिका– १, २ र ३ अन्तर्गत पर्ने सिगौल–फापरबारी सडकखण्डमा साल तथा साजका रुख काटिएका छन् । तस्करले काठ ट्र्याक्टरमा ढुवानी गर्ने गरेका छन् । उनीहरुले दिउँसै रुख काटेर तस्करी गर्ने गरेका हुन्। रासस