लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण
काठमाडौँ । लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका-०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट उक्त विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण भयो । बैंकले देशभर ६५ शाखा र १३ वटा एटीएमका साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको जनाएको छ ।
मन्त्री योगेश भट्टराईकाे बायाँ हात लामाे ! नारीलाई अङ्गालो मार्दाकाे फाेटाे विवादित
काठमाडौं । माथिकाे तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । युवा पुस्ताले ट्रोल बनाईरहेका छन् । तस्विरमा धेरै कुरा प्रष्ट देखिन्छ । ठूलो राष्ट्रिय झण्डासहित सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो कार्यकक्षमा छन् । गत साता मात्र नियुक्त भएका मन्त्री भट्टराईलाई एक महिलाले ढाकाको टोपी लगाउँदै छिन । त्यसअघि उनले मन्त्रीलाई ढाकाको खादा लगाईदिएको तस्विर हेरेर अनुमान गर्न सकिन्छ । फोटोमा अनुहार नदेखिने ती महिलाले कालो चस्मा तालुमा लगाएकी छिन् । उनी आधुनिक पहिरन कुर्थी वा कोटमा सजिएकी छिन् । ती महिलाको दुबै हातले मन्त्रीको टोपी मिलाउँदै छन् । मन्त्री भट्टराईको दायाँ हातले टोपी मिलाउदै छ तर बायाँ हात अलि नसुहाउदै तरिकाले महिलाको ढाडमा धाप मारेको देखिन्छ । सञ्जय दाहालले ट्वीटमा लेखेका छन्-‘नारीले त टोपी मात्र लाइदिएको छ, मन्त्रीको हात अलि लामो भए जस्तो छ।’ पश्चिमा देशमा यस्तो तस्विरलाई सामान्य मानिन्छ, नेपाली समाजमा यस्ता तस्विरप्रति आलोचनात्मक टिप्पणी सुनिन्छ । मन्त्रीको बायाँ हातलाई ट्वीटेहरुले ‘छुच्चो हात’, ‘लामो हात’ जस्ता शब्दले ट्रोल (व्याङ्ग्य) गरिरहेका छन् । कल्पना अधिकारीले ट्वीट गरेको यो फोटोमा धेरै मानिसहरुले टिप्पणी गरेका छन् । कतिले मन्त्री भट्टराईले गलत ढंगले हात फैलाएको भनी आलोचना गरेका छन् भने कतिले यो फोटो पोष्ट गर्ने महिलाको कटु आलोचना गरेका छन् । इजा तामु, निरु थापा र इश्वर कार्कीले फोटो पोष्ट गर्ने महिलालाई सभ्य भाषामा गाली गरेका छन् । धेरै कमेन्टरहरुले असभ्य भाषा प्रयोग गरी कल्पना अधिकारीको आलोचना गरेका छन् । ट्वीटे राकेश रोशन गुप्ताले ‘युवा मन्त्री हुन्, युवा सोच त भईहाल्छ नि’ भने मन्त्रीलाई ट्रोल गरेका छन् । पेशल पोखरेलका अनुसार टोपी लगाई दिने नारी पर्यटन मन्त्री भट्टराईकी भतिजी पारु भट्टराई हुन् । महेश क्षेत्रीका अनुसार फोटो पोष्ट गर्ने कल्पना अधिकारी नेपाली काँग्रेसकी समर्थक हुन् । उनले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई विवादस्पद फोटो सामाजिक सञ्जालमा हालेको ट्वीटेहरुको भनाई देखिन्छ ।
फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस