वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

काठमाडौँ । देशभरबाट आएका किशोर किशोरीहरु मध्येबाट वाई वाई ग्लोकल टिन हिरो २०१९ को लागि छनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको छ । यस वर्ष पनि प्रतिस्पर्धाको लागि प्रतिभा भएका किशोर किशोरीहरुले आफ्नो विविध क्षमतालाई प्रस्तुत गर्दै देशभर बाट ५८९ आवेदन प्राप्त भएको थियो । आवेदकहरुले सामाजिक कार्यदेखि पत्रकारिता, रोबोटिक्सदेखि कम्प्युटर प्रोग्रामिङ, उद्ययमशिलतादेखि सामाजिक विकासका लागि आफ्नो सीप र विशेषता प्रस्तुत गरेका थिए । जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती, मोरङका समिर फुँयाल र काठमाडौँका सुप्रिया महर्जन सापकोटा उत्कृष्ट ६ जनामा पर्न सफल भएका छन् ।

नेशनल माइक्रो फाइनान्सले वितरण गर्यो २५ लाखको राहत

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अविरल बर्षासंगै आएको बाढीले प्रभावित तथा क्षति पुगेका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ । संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपही, सन्तपुर, हरिपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ शाखा कार्यालयका १२०० जना घरपरिवारलाई २५लाख बराबरको राहत वितरण गरिएको हो । जनही १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले बितरण गरिएको थियो । राहतवितरण कार्यक्रम प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, सुरक्षानिकायको रोहवरमा राहत वितरण गरिएको जनाइएको छ ।

गाईजात्रामा नेतादेखि कर्मचारीमाथि झटारो, ‘राजारामको प्रधानमन्त्री हुने चाहना’

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हास्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । शुक्रबार राजधानीमा आयोजित गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका हुन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार,ठगी र समाजिक संजालमामाथीका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्गय प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गइजात्रा विशेष व्यङ्गय प्रस्तुत गरेका हुन् । कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्गय गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे । प्रधानमन्त्री केपी शर्मा ओली तथा काँग्रेस सभापति शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दै उनले समय र परिवेस अनुरुप देश अगाडि नबढेको धारणा राखे । त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिदै वर्तमान सरकार मुलुकको अवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए । अहिले हरेक घरमा नेता, पत्रकार, बलत्कारीहरु व्याप्त हुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्त्य नहुने धारणा राखे । देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको जस्तै अवस्था देशको पनि रहेको धारणा राखे ।त्यस्तै कार्यक्रममा बोल्दै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्गय नहुने जनाउँदै हाम्रो देशमा पनि राजनीतिमाथीको व्यङ्गयको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले समाजिक सञ्जालमा भाइरल भईरहने सेलिब्रेटिका वान पिस लुगाको मात्र यो देशमा चर्चा भईरहेको बताउँदै कुनै विकासप्रेमी नेताको चर्चाको सधै अभाव हुँदै गएको उनले बताए । आफुले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्री मण्डलमा भएका कुनैपनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने उनले बताए । अहिलेका नेताहरु कानून हेरेर नभई अनुहार हेरेर न्याय दिने खेलमा लागेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै डा.घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउँदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रसय पाएको जनाए ।