प्रनिश बुढाथोकीको ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नयाँ गित ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनीले बजारमा लिएर आएको हो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस !
२५ औँ वर्षमा महालक्ष्मी विकास बैंक, सत्यमोहन जोशीलाई अभिनन्दन
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. मंगलबारदेखि २५ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिकहितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको जनाइएको छ । दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरेकोमा धन्यबाद दिंदै प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए । बैंकको प्रधान कार्यलयमा रजत जयन्तीको उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेल र राजेश रौनियारकोपनि उपस्थिति रहेको थियो ।
ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमा, कारवाहीमा परेकालाई सजिलो
काठमाडौँ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिए । उनले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए । “हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले काम गर्दैजानेछ”, उनले भने । उनले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन भाडाका सवारी साधनमा ‘ड्रेस कोर्ड’, सबै चोकमा ट्राफिक लाइट सञ्चालन, ट्राफिक जानकारी सम्बन्धी मोबाइल एप्स, स्मार्ट पार्किङ, नमूना सडक निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढ्न लागेको जानकारी दिए । ३ लाख ८४ हजारलाई कारवाही महाशाखाले एक वर्षको अवधिमा विभिन्न कसुरमा तीन लाख ८४ हजार २०६ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाले मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने २६ हजार ४०९, लेन अनुशासन उलङ्घन गर्ने ३२ हजार २७, अर्कोको नाममा लाइसेन्स लिन जाने १३, हर्नमा १२ हजार २७१, ह्वील लकमा दुई हजार ८७६, बढी भाडा लिने १० हजार ७८७, सिसिटिभीमा पाँच हजार ६०, सर्भिलेन्स सवारी साधन ९९५, मापसेमा २८ चालकलाई निलम्बन गरेको छ । ट्याक्सीमा छुटेको १६१ सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ । यस्तै, महाशाखाले चैत २१ गतेदेखि शुरु गरेकोे तीन महिने उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत ११ स्थानमा जेब्राक्रसिङ निर्माण, तीन स्थानमा स्टपलाइन निर्माण, दुई हजार ७५ सवारी प्रदूषण जाँच, पाँच स्थानमा करिडोर निर्माण सम्पन्न गरेको छ । महाशाखाले एक वर्षकोे अवधिमा राम्रो काम गर्ने ६१ प्रहरीलाई पुरस्कार प्रदान गरेको छ भने प्रहरी आचरण विपरीत काम गर्ने ५२ प्रहरीलाई कारवाही गरेको छ । रासस