अब नेपालमा पनि टिभी रियालिटी शो ‘बिग बोस’

काठमाडौँ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा पनि प्रशारण हुने भएको छ । आइम्याक्स प्रोडक्सन बिग बोस नेपालमा ल्याएको हो । आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल नेपालमा ऐतिहासिक रुपमा आउन लागेको जनाइएको छ । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७५ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारिक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँड नै शुरु हुनेछ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ देश नेपालमा बिग बोससफल बनाउने प्रतिबद्धता गरेको जानकारी गराइएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रही सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।

बैशाख १३ गतेदेखि ‘छक्का पञ्जा २’ पुन : प्रदर्शन हुने

काठमाडौं । ‘छक्का पञ्जा २’ पुन : हलमा प्रदर्शन हुने भएको छ । दिपाश्री निरौला तथा दिपकराज गिरीको निर्देशनमा रहेको सो चलचित्र सन् २०१७ अगस्ट १७ मा रिलिज भएको थियो । हालसम्म पनि युट्यबमा नआएको सो चलचित्र बैशाख १३ गते देखि पुनः प्रदर्शन हुने भएको छ । प्रदर्शन भएको २ वर्ष वितिसक्दा पनि युट्यबमा नआए पछि दर्शकले हर्ने इच्छा व्यक्त गरेकै कारण पुन प्रदर्शन गर्ने भएको चलचित्र निर्माण समुहले जानकारी दिएको छ । दिपकराज गिरी, केदार घिमिरे, प्रियका कार्की, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालले यस फिल्ममा अभिनय रहेका थिए । १ घण्टा ३५ मिनेट सम्मको प्रदर्शन हुने सो फिल्म नेपाली समाजभित्रको चालचलन, रितिरिवाज, संस्कार लाई टपक्क टिपेर चलचित्रमा उल्लेख गरिएको थियो । सो चलचित्रले करिब १५ करोड आम्दानी गरेका बक्स अफिसले बताउँदै अब पुनः प्रदर्शनले थप आम्दानी बढ्ने जानकारी दिएको छ ।

खोकनामा बाजं पार्टी पुनर्निर्माणका लागि सनराइजको १० लाख सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुनर्निर्माणको लागि १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा ललितपुर क्षेत्र नं ३ कासासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनज्यूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।