चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भट्टराईले गरे पदबहाली
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले पदबहाली गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको कार्यलयमा भव्य स्वागत सहित पदबहाली गरेका हुन् । पदभारको दायित्यलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा बार्डले चलचित्र विकास सम्बन्धी नयाँ कार्ययोजना सहित चलचित्र क्षेत्रको विकासका लागि भएका केहि कमी कमजोरी सुधारेर अगाडी बढ्ने बताए । अफिस भित्र बसेर बाहिरी कुरालाई निर्याल्ने जानकारी दिँदै बक्स अफिस सु व्यवस्थित एवं निर्माणका लागि सरकारलाई दबाब दिने बताए । उक्त कार्यक्रममा नेपाल चलचित्र निर्माण संघको अध्यक्ष आकाश अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै लामो समयदेखि चलचित्र क्षेत्र र बोर्ड दुरी बढिरहेको महसुस गरेकाे बताउँदै अबका दिनमा चलचित्र निर्माण तथा विस्तार सम्बन्धी केहि आशा उत्पन्न भएको बताए । ३०, ३५ वर्ष यहि क्षेत्रमा लागेका अध्यक्ष भट्टराईको नियुक्तीसँगै फिल्मी क्षेत्रमा केही आशा उत्पन्न भएको चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी जानकारी दिए । चलचित्र निर्माताको रुपमा चिनिने भट्टराईले लामो समयदेखि चलचित्र विकास बार्डमा महासचिव, वरिष्ठ तथा उपाध्यक्ष्य समाल्दै आएका थिए ।
विदेशी चलचित्र हेर्दा विदेशिन्छ वार्षिक करोडौँ नेपाली रुपैयाँ
काठमाडौं । नेपालीहरु नेपाली भाषाका चलचित्र मात्र हेर्दैनन् । विदेशी भाषाका चलचित्र हेरेर मनोरञ्जन लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । विदेशी भाषाका चलचित्र हेरेर नेपालीले मनोरञ्जन लिंदा वार्षिक रुपमा करोडौँ रुपैयाँ विदेशिने गरेको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार वार्षिक १ सयको हाराहारीमा विदेशी भाषामा चलचित्र नेपाली सिनेमा घरहरुमा चल्ने गरेका छन् । ती विदेशी भाषाका चलचित्रबाट कम्तिमा ५ लाखदेखि बढीमा २ करोड नेपाली रुपैयाँ विदेशिदै आएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय, पुस्तकालय, प्रेक्षालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए । प्रत्येक विदेशी चलचित्रलाई आम्दानीको १५ प्रतिशत कर लगाइएकाे छ । यसरी संकलन भएको रकम मध्ये ५ प्रतिशत स्थानीय तहको विकास निर्माणका छुट्याउने गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । हलिउड र बलिउडका चलचित्र मात्रै सिनेमा घरमा प्रदर्शन नेपाली भाषाका बाहेक हाल नेपालमा हलिउड र बलिउडका चलचित्र मात्र सिनेमा घरहरुमा प्रदर्शन हुँदै आएको छ । यस वर्ष हलिउड ५० वटा र बलिवड ५० चलचित्र नेपाली सिनेमा घरमा प्रदर्शन भएको बोर्डका अधिकृत गुरागाईले बताए । नेपालमा अमेरिकन, चाइनिज, कोरियन, इजरायली, युरोपियन देशका फिल्महरु विभिन्न उत्साहका अवसरमा प्रदर्शन हुँदै आएका छन् । अमेरिकन दूतावासले प्रत्येक महिनाको तेश्रो हप्ताको विहीबार कुमारी हलमा चलचित्र प्रदर्शन गर्ने गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
आशा लघुवित्तले तनहुँका ७५ महिलालाई दियो सीपमूलक तालिम
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चैत्र ८, ९ र १० गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय भानू, तनहुँमा आबद्ध सदस्यहरु मध्ये ७५ जनामहिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने साबुन बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै शाखाप्रमुख रिता श्रेष्ठले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामाकार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।