कोरियन भाषा (ईपिएस) को परिक्षा जेठ २६ र २७ गते हुने

काठमाडौं। ईपिएस भाषा परिक्षाको मिती आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने तय भएको छ। २०१९ मा कोरिया जानका लागि नेपालीले दिनुपर्ने भाषा परिक्षाको मिती मंगलाबर तय भएको हो। परिक्षामा संलग्न हुनलाई परिक्षार्थिले चैत ८ देखि १७ सम्म फारम भर्न सक्नेछन्। कोरियाले यो बर्ष १० हजार ५० जना लैजाने भएको छ। यसमा उत्पादक मुलक क्षेत्रमा सात हजार ५० जना र कृषि क्षेत्रमा ३ हजार लैजाने तयारी भएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको ईपीएस कोरिया शाखाले जनाएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो।

रवीन्द्र अधिकारी पत्नी विद्याले ‘शुभयात्रा नभनेको त्यो दिन’

चिप्लेढुङ्गा । “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराई निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन् । “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ”, उहाँलाई आत्मग्लानि छ । उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको स्पष्ट गरिन् । राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उनले समय नदिएको भन्ने गुनासो नरहेको र दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको उच्च समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्, “एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्यौँ । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।” जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्ड भन्दै विद्याले धेरैपछि आफूले सो विषयमा सोध्दा उहाँले भन्नुभएको थियो, “सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।” आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने अधिकारीले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । “राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन ।” त्यो कविता र स्वर मेरो होइन सामाजिक सञ्जालभरि घटना भएको केही घण्टाभित्रै अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भनेर सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाएकी छिन् । “घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ? धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ”, उनले भनिन् ।

जोन्टा क्लब अफ काठमाडौँद्वारा विभिन्न विधाका दर्जनभन्दा बढी महिलाहरु सम्मानित

काठमाडौं । जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको छ । जोन्टा क्लब अफ काठमाडौं स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको छ । कार्यक्रममा अपवाद र प्रभावकारी काम गरेर समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको छ । सम्मानित महिलाहरु दमशना शाक्यलाई “द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । उनलाई सम्मान स्वरुप रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, बसन्ति प्रधानलाई “अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९” बाट सम्मानित गरिएको छ । बसन्ति प्रदानलाई रु १ लाख रुपैया प्रदान गरिएको छ । त्यस्तै, “ज्योति स्कलरसिप अवार्ड २०१९ फर म. क्लावस्म्यान उमन इन बिज्नेश स्कोलरसिप” अन्तर्गत श्रेया पोखरेललाई रु २५ हजार रुपैया प्रदान गरिएको छ । “ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियरस्” मा प्रतिक्षा गुरुङलाई रु २५ हजार प्रदान गरिएको छ । साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पुर्याउने ४ जना महिलालाई सम्मान गरेको छ । उनीहरुको कामप्रतिको लगनशीलता र उपलब्धीले प्रभाव पार्नुका साथै अन्य महिलाहरुलाई पनि उत्प्रेरित गरेको छ । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई रु २५ हजार प्रदान गरेको छ । कार्यक्रममा लगातार २० वर्षदेखि हेभ्भी मेसिन इक्यूप्मेन्ट (डोजर) चलाईरहेकी मुना घिमिरे, नेपालकी पहिलो महिला बडि बिल्डर निर्मला महर्जन, निरन्तर महिला मेसनको रुपमा कार्यरत राम माया तामाङ, महिला मोटरसाईकल रेसर र स्टन्ट राइडर बन्ने सपना पूरा गर्न सफल भइसकेकी दिक्षा श्रेष्ठलाई सम्मानित गरिएको छ ।