विश्वका ६ देशले महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिन्छन्, ती कुन हुन् ?
महिला र पुरुषलाई समान कानुनी र आर्थिक अधिकार दिने मुलुकहरू अहिले पनि औंलामा गन्न सकिन्छन्,जम्माजम्मी छ वटा । विश्व बैंकको नयाँ विश्लेषण वीमिन, बिजनेश र ल अर्थात महिला व्यवसाय र कानुन नाम दिइएको प्रतिवेदनमा भनिएको छ महिला र पुरुषबीच पूर्ण समानता १८७ देशमध्ये जम्माजम्मी ६ देशमा छ । वाशिङटनमा मुख्यालय रहेको विश्व बैंकले १० वर्षको तथ्याङ्क आर्थिक र कानुनी असमानता लगायत आवतजावतमा रहेको स्वतन्त्रता, मातृत्व, घरेलु हिंसा र सम्पत्ति व्यवस्थापन अधिकार जस्ता विषयको आधारमा जाँच गरेको थियो । बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, लक्जमबर्ग र स्वीडेनमा मात्र ती क्षेत्रमा महिला र पुरुषलाई समानता रहेको पाइयो । विश्वव्यापी रुपमा महिलाहरूले पुरुषको तुलनामा ७५ प्रतिशत मात्र अधिकार उपभोग गर्न पाउँछन् । क्षेत्रगत आधारमा भिन्नता विभिन्न क्षेत्रहरूले विभिन्न अङ्क पाएका छन् युरोप र मध्य एशियाले ८४.७५ पाएका छन्। मध्य पूर्व र उत्तर अफ्रिकाले पाएको अङ्क ४७.३५ छ । अमेरिकामा ८३.७५ प्रतिशत समानता छ। त्यो भनेको अमेरिका माथिल्ला ५० मुलुकभित्र पर्दैन । साउदी अरेबिया जहाँ महिलालाई नियन्त्रण गर्ने अनेकथरी कानुन छन्, सूचिको सबभन्दा अन्तमा परेको छ जसले २५.६५ अङ्क मात्र हात पारेको छ । लाट्भिया महिला र पुरुषलाई समान अधिकार प्राप्त छ मध्ये एक मुलुक हो, पहिलो काम हात पारेकी २५ वर्षीया या कामकाजी आमा जसले काम र बच्चाको रेखदेखको सन्तुलन मिलाउनुपर्छ, अथवा अवकाश लिने समय पुग्न लागेकी महिला या महिलाले लिने आर्थिक निर्णयहरू कसरी कानूनले प्रभावित पारेका हुन्छन् भन्ने तथ्यहरूमाथि विश्लेषण गरिएको थियो, विश्व बैंककी अन्तरिम अध्यक्ष क्रिस्टालिना जिओर्जीभाले जारी गरेको विज्ञप्तिमा भनेकी छन् । कैयौं नियम कानुनहरूले महिलालाई कार्यक्षेत्रमा प्रवेश गर्न या व्यवसाय शुरु गर्न रोक्ने गरेका छन् । ती भेदभावले महिलाहरूको आर्थिक समावेशिता र श्रम क्षेत्रमा सहभागितामाथि दुरगामी प्रभाव पार्न सक्छन् । प्रतिवेदनमा कैयौं देशले अगाडि सारेका सकारात्मक कदमहरूलाई प्रमुखता साथ प्रस्तुत गरिएको छ । विश्व ब्याङ्कका अनुसार गत दशकमा १३१ वटा मुलुकले २७४ वटा सुधारवादी कानुनहरू कार्यान्वयनमा ल्याएका छन् जसले लैंगिक समानता बढाएको छ । कार्यक्षेत्रमा महिलालाई सुरक्षा रिपोर्टमा भनिएको छ, ३५ देशहरूले कार्यक्षेत्रमा महिलामाथि हुने यौन हिंसाबाट जोगाउन कानुन कार्यान्वयनमा ल्याए। त्यसबाट एक दशक अघिको तुलनामा करिब दुई अर्ब महिलाहरूलाई संरक्षण मिल्न पुग्यो । सब सहारान अफ्रिका क्षेत्रमा रहेका संसारका असाध्यै गरिब मुलुकहरूमा गत एक दशकमा लैंगिक समानताका सबभन्दा धेरै सुधारहरू शुरु गरिएका छन् । विश्व ब्याङ्कको रिपोर्टमा महिलाले भर्खर काम खोज्ने महिलादेखि, व्यवसाय सञ्चालन हुँदै पेन्सन पाउने अवस्थाका गरी कार्यालयमा विताएको जीवनका सूचकाङ्कहरू विश्लेषण गरिएको थियो । रिपोर्टमा ३३ वटा देशले बच्चा जन्मँदा बाबुलाई छुट्टी दिन शुरु गरेको कुरालाई उल्लेख गरेको छ र घरेलु हिंसा विरुद्ध ४७ देशले कानुन पारित गरेको बताएको छ । क्रिस्टालिना जिओर्जीभा भन्छिन्, लैंगिक समानता प्राप्त गर्नु भनेको कानुन परिवर्तन गर्नु मात्रै होइन भन्ने हामीलाई थाहा छ। कानुनहरूको अर्थपूर्ण कार्यन्वयन हुनुपर्छ, त्यसो गर्न निरन्तरको राजनीतिक इच्छाशक्ति, समाजमा महिला र पुरुषको नेतृत्व र जरा गाडेर बसेका सांस्कृतिक परम्परा र प्रवृत्तिमा परिवर्तन आवश्यक छ । अन्ततः तथ्याङ्कले हामीलाई देखाएका छन् कि कानुनले महिलालाई हाम्रो क्षमता प्राप्ती गर्ने काममा रोकावट औजार बन्न सक्छन् भन्ने तथ्याङ्कले देखाएको छ । (बीबीसीबाट)
एनसीसी बैंकको ब्रान्ड एम्ब्यासडरमा आरिफ शेख र रोहितकुमार नियुक्त, मासिक २५ हजार दिने घोषणा
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ । बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख र रोहितकुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द्ध गराउन पाउँदा खुशी लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख र रोहित कुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए । साथै बैंकले यी खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५ हजार दिने जानकारी दिए । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख र रोहितकुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सराहनीय कार्य गरेको मन्तब्य दिए ।
प्रदेश २ मा समृद्धिको मार्गचित्रबारे छलफल, ‘समथर भूभाग र उर्वरता ठूलो संभावना’
काठमाडौँ । नेपाल उद्योग परिसंघले सुरुवात गरेको नेपालको “समृद्धिको मार्गचित्र” विषयक कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ ।परिसंघ प्रबुद्ध परिषदको समन्वयमा नेपाल उद्योग परिसंघ तथा प्रदेश–२ सरकारले संयुक्तरुपमा सो प्रदेशको समृद्धिको मार्गचित्रको बारेमा छलफल गरेका हुन् । उप–प्रधानमन्त्रीएवं स्वास्थ्यतथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त छलफलमा सहभागीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रदेश–२ भू–भागमा सानो र जनसंख्या ठूलो भएको क्षेत्र भएको बताए । समथर भूभाग, उपलब्ध सिचाई तथा त्यहाँको उर्वरता त्यस क्षेत्रको ठूलो सम्भावना भएको उनले बताए । सो छलफलमा प्रमुख अतिथि संघीय उप–प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले छोटो समयमा मुलुकमा धेरै ठूला राजनीतिक परिवर्तनहरु भएको र ती परिवर्तनहरुलाई संस्थागत गर्न आर्थिक विकासको टड्कारो आवश्यकता रहेको बताए । सो कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा समृद्धिका प्रसस्तै आधारहरु रहेको वताउँदै लगानी बिना संमृद्धि संभव नभएकोले लगानीकर्ताको लगानी सुरक्षाका लागि प्रदेश सरकार हरवखत तयार रहेको बताए । प्रदेश–२ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले कृषि तथा कृषिसंग संवन्धित उद्योगको प्रसस्तै सम्भावना भएको र त्यसका लागि प्रदेश सरकारले आन्तरिक सडक संजाल तथा अन्य भौतिक पूर्वाधारहरुको विस्तारमा समेत जोड दिई रहेको जानकारी गराएका थिए । प्रदेश–२ कै आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश सरकारले भूमी बैंकको परिकल्पना गरिरहेको र छिटै लागू गर्ने गरी काम अघि बढाईएको जानकारी गराए । यस अघि प्रदेश–२ का समृद्धिका आधारहरु पहिचान गर्ने क्रमका परिसंघ प्रबुद्ध परिषदका संयोजक, पूर्व राजदुत डा. सम्भुराम सिंखडाले आफ्नो अनुभवहरु सुनाउँदै मुलुक परिवर्तन भई रहेको घडिमा सोच समेत परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए । सो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षत्रय डा. शंकर शर्मा, डा. गोविन्दराज पोख्रेल तथा डा. स्वर्णिम वाग्लेले प्रदेश–२ को आर्थिक समृद्धिका आधारहरु तथा योजनाहरुका पक्षमा विविध चर्चा गरेका थिए । एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनीले प्रदेश–२ ले अवका योजनाहरु छरिएका नभई कुनै एक विषय वा उत्पादनलाई लिएर त्यसको मुल्य तथा आपूर्ति श्रृंखलाको विकास तथा प्रवद्र्धनमा जोड दिनु पर्ने कुरा उल्लेख गरेका थिए ।