अग्नि ग्रुप मार्फत ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान

काठमाडौं । बिहिबार अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंह बहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११ सय २८ थान जर्सी तथा ट्राक प्रदान गरेका छन् । अग्नि ग्रुप नेपाल एपीएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नी इन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा) ले प्रायोजन गर्दै आएको छ । अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको जानकारि दिइएको छ । एपीएफ क्लबले समग्र देशको खेलकुद विकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको तथा। अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको उल्लेख छ । राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको समग्र विकास गर्नमा अग्नि केन्द्रित रहदै आएकोले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको जानकारि दिइएको छ ।  

बजेट सक्न काम नभएपनि खर्च देखाएर ब्रह्मलुट जारी, दैनिक खर्च ४ देखि ५ अर्बसम्म

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण ९चालू० खर्चमा ब्रह्मलुट गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा, स्टोरलगायत फाँटका कर्मचारीबीचको मिलेमतोमा साधारण बजेटको अर्बौं रुपैयाँ लुटिएको हो। विगतमा पनि उच्च सरकारी अधिकारीको गैरजिम्मेवारीका कारण आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने काम हुँदैआएको थियो। यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन्। सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको सुरुदेखि साधारण बजेट खर्च दैनिक औसतमा १ अर्ब २८ करोड हुँदै आएको थियो। असार १७ देखि भने दैनिक ४(५ अर्ब रुपैयाँसम्म खर्च गरिएको छ। वर्षको अन्य दिनको तुलनामा असार १७ पछिको खर्च चाररपाँच गुणा बढी हो। महालेखाका अनुसार असार १७ सम्ममा साधारण बजेटको खर्च चार खर्ब ५२ अर्ब रुपैयाँ भएको थियो। यो औसतमा एक अर्ब २८ करोड हो। तर, यसको १० दिनपछि ९असार २७, एउटा शनिबारबाहेक० सम्म खर्च चार खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। सरकारी तथ्याङ्कले पछिल्लो १० दिनमा मात्र साधारण बजेटतर्फको ४७ अर्ब रुपैयाँ खर्च भएको देखाउँछ। नागरिक दैनिकबाट ।

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, विदेश घुमेरै एक अर्ब स्वाहा

काठमाडौं । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो। ती कमर्चरीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्। ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका छन्, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। विदेश भ्रमणमा सबैभन्दा बढी ११४ जना अर्थ मन्त्रालयका कर्मचारी गएका छन् । परराष्ट मन्त्रालयका ९२ जनाले विदेश भ्रमण गरेको छन भने कृषि मन्त्रालयका ८६ जना कर्मचारी गएको तथ्यांकले देखाएको छ । नागरिक दैनिकबाट ।