३३ वर्षिय रोनाल्डोको शरीर २० वर्षे ठिटो जस्तो, एम्बाप्पेभन्दा ३३ किमी प्रतिघण्टा छिटो दौडने
काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ३३ वर्ष पुगेपनि उनको शरिर २० वर्षको जस्तै युवा देखिएको छ । युभेन्टसकाे मेडिकल टीमले उनको शरिर २० वर्षको जस्तो रहेको सार्वजनिक गरेको हो । मेडिकल रिर्पोट अनुसार उनी अहिले ३३ वर्षको भएपनि २० वर्षका युवा जसरी फुटबल खेलिरहेका छन् । उनको शरिरमा ७ प्रतिशत मात्र बोसो रहेको छ । सामान्यतय उनको उमेरका अन्य खेलाडीको १० प्रतिशत भन्दा बढी बोसो हुने गर्छ । उनको शरिरमा ५० प्रतिशत मासंपेशी रहेको छ, यो अन्य खेलाडीको भन्दा ६ प्रतिशत बढी हो । बिइन स्पोर्टको अनुसार रोनाल्डो विश्वकपको सबैभन्दा छिटो दौडने खेलाडी हुन् । मेडिकल रिर्पोट अनुसार रोनाल्डो एम्बाप्पे भन्दा ३३.९८ किलोमिटर प्रतिघण्टाको दरले छिटो दौडिएका छन् । तर मेडिकल रिर्पोटमा उमेर अनुसार तुलना गरिएको छ । केलियन एम्बाप्पे अहिले १९ वर्षका रहेका छन् भने रोनाल्डो उनीभन्दा १४ वर्ष जेठो रहेका छन् । विश्वकपमा राम्रो प्रर्दशन गरेको रोनाल्डोलाई रियल म्याड्रिडले ११७ मिलियन युरोमा बिक्री गरेको हो । उनले रियललाई लगातार तेस्रो वर्ष च्याम्पियान्स् लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनलाई युभेन्टस्ले ४ वर्षको सम्झौता गरेको छ ।
नबिल बैंकद्धारा फुटसल प्रतियोगिता सम्पन्न, विजेतालाई पुरस्कार वितरण
काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं बार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिताको आयोजना गरेको छ । सो अवसरमा बैंकले उपत्यकामा कार्यरत कर्मचारीहरुबीच धन्यनतरी फुटसल मैदानमा बैंकका विभिन्न विभाग तथा शाखाहरुबीच फुटसल प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बैंकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण खेलबाट कार्यक्रमको उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बल हस्तान्तरण गरि शुभारम्भ गरेका थिए । फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंकका अध्यक्ष पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।
ललितपुरको महानगरीय प्रहरी परिसरलाई सिटिजन्स बैंकको ७ लाख २० हजार सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको महानगरीय प्रहरी परिसरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । गत सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजनसिंह भण्डारीले ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । प्रत्येक महिनाको पहिलो हप्ता “बेष्ट पुलिस अफ द मन्थ, ललितपुर” कार्यक्रम संचालनका निम्ति यस सिटिजन्स बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन रजनमैत्री सामाजिक सचेतना मुलक कार्यक्रम) पुरस्कृत हुने १/१ जनाप्रहरी कर्मचारीलाई जनही २० हजार रुपैयाँको दरले एक वर्षका निम्ति जम्मा ७ लाख २० हजार रुपैयाँ प्रदान गरेको छ । यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रम बिच पुरस्कृत गरियो । पुरस्कृत हुनेलाई बैंकका सीईओ भण्डारीले नगद पुरस्कार जनही २० हजार रुपैयाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरेका छन् । सो अवसरमा बैंकका सीईओ भण्डारीले पुरस्कृत नभएका कर्मचारीहरूले पनि आफ्नो कर्तव्यप्रति उत्कृष्ट ढङ्गले कार्य सम्पादन गरिरहेको हुदाँ निरुत्साहित नभई अर्को महिनामा पुरस्कार पाउने गरी उच्च मनोवलका साथ कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।