वृज सिमेन्टको प्रायोजनमा चितवनको विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण
काठमाडौं । पुष्पतारा केडिया सेवा संस्थाको आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको प्रायोजनमा चितवनको एक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरिएको छ । भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले चितवनको श्री नारायणी नमुना माध्यमिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा मेयर दाहालले यस फुटबल सामाग्रीले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका खेलकुद विकासमा एक कोषेढुङ्गा सावित हुनेछ मेयर दाहालले बताइन् । सो विद्यालयका प्राध्यापक पुर्ण दवाडीले नेपाली फुटबल खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको र यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने दवाडीले बताए । वृज सिमेन्टले आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताएको छ ।
‘बाल सारथी’ लाई कुमारी बैंकको एक लाख रुपैयाँ सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले पशुपति गुह्येश्वरी परिसरमा अवस्थित “बाल सारथी” नाकम सामाजिक कल्याण उन्मुख गैर-सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको हो । शुक्रबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले सोही संस्थाका संस्थापकलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थाको प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथै बैंकले सहयोग गरेको हो । त्यसैगरी, संस्थाले गरिब, विपन्न, सडक बालबालिका र तिनीहरुका परिवारलाई लक्षित गरेर अनौपचारिक स्वास्थ्य एवम् शैक्षिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ ।
तीन दशकपछि जापानमा पहिलो पटक भारी वर्षा, २०४ जनाको मृत्यु
टोकियो । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका छन् । यसमा परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौँ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि प्रवक्ता सुगाले जानकारी दिएका छन् । विशेषगरी जापानको मोतोयामा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । सो क्षेत्रमा मात्र १५० जनाको ज्यान गएको छ । उक्त क्षेत्र जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित छ । त्यसपछि अरु क्षेत्रहरु हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप रहेको छ । जापानका धरैजसो स्थानमा विगत लामो समयपछिकै सबैभन्दा बढी वर्षा भएको छ । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो । जापानी अधिकारीहरुले तीन दशकपछि जापानमा पहिलो पटक यति भारी मात्रामा वर्षा भएको जनाएका छन् । मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताइएको छ । अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी हराइरहेकाहरुको खोजीका लागि पनि वर्षाका कारण व्यवधान उत्पन्न भएको छ । प्रधानमन्त्री आबे बाढी प्रभावित क्षेत्रमा यसैबीच प्राप्त अर्को एक समाचारअनुसार जापानी प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन् । प्रधानमन्त्री आबे शुक्रबार बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा पुगेका अधिकारीहरुले जनाएका छन् । उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुको बारेमा जानकारी लिएका थिए । उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् । बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजार भन्दा बढी उद्धारकर्मी खटिरहेका छन् । बाढीले पुर्याएको क्षतिको आर्थिक लेखाजोखा भने भइसकेको छैन । बाढीका कारण निकै ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आबेले हालै मात्र आफ्नो विदेश भ्रमण रद्द गरेका थिए । उनी गएको बुधबार युरोपका केही देशको सताव्यापी भ्रमणमा जानुहुने पूर्व निर्धारित कार्यक्रम थियो । रासस/एएफपी