शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने, फागुन पहिलो साता वसन्त महोत्सव हुँदै
काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ । सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मसँग सम्वन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ । ‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमीका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोंचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौँ’, शाश्वत धामका फाउण्डिङ ट्रष्टी विनोद चौधरीले भने, ‘अहिले हामी यहि सोंचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौ“ ।’ बुद्धिष्ट सेन्टरसँगै शाश्वत धाममा बौद्ध धर्मसँग सम्वन्धित शिक्षा पनि शुरू गरिनेछ । यसअघि स्थापित गुरूकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्राहलय लगायत हिन्दू धर्मसँग सम्वन्धित सम्पदाहरू निर्माण भईसकेका छन् । विगत ११ महिनामा १२ लाख भक्तजनहरूले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेका छन् । फागुन पहिलो साता बसन्त महोत्सव हुँदै आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५ औं ‘वसन्त महोत्सव’ गर्न लागिएको छ । शाश्वत धाम र श्री राणी सतीजी मन्दिर, झुन्झुनबीचको सहकार्यका यो महोत्सव आयोजना गर्न लागिएको हो । उक्त महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । उक्त धार्मिक यात्रा शुरू भइसकेको छ । उक्त अवसरमा भारतबाट कम्तिमा दुइ हजार भक्तजनहरूका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको छ । महोत्सवको पहिलो दिन फागुन ३ गते हात्ती, घोडा, रथ, पञ्चै बाजा, भजनकिर्तन र विभिन्न झाँकि सहित शोभायात्रा गरिनेछ । नारायणघाटदेखि शुरू हुने उक्त शोभायात्रा शाश्वत धाममा पुगेर टुंगिनेछ । महोत्सव अवधीभर शाश्वत धाममा भजन किर्तन लगायतका विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यो महोत्सवसन् १९८४ मा कोलकाताबाट शुरु भएको हो । यो ३५ औं वसन्त महोत्सव हो ।
आर डब्लु संग्राममा ४ देशका रेस्लरहरुले प्रतिस्पर्धा गर्ने
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले फागुन १८ गते अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले पोखरा रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो । आर डब्लु संग्राम नाम दिएको प्रतियोगितामा ४ देशका रेस्लरहरुले भाग लिनेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, ठाकु, डेभिड साईन, ब्लेड, भिलेन, राम, रावण र टुप्पी ग्याडले प्रस्पिर्धा गर्नेछन् । अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् । त्यसैगरी महिला प्रतियोगीका रुपमा रसियाकी मेफिस्तोका र नेपाली दिलासाले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसअघि आयोजकले नेपाल तथा भारतका विभिन्न शहरमा रेस्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ ।
लुम्बिनी विकास बैंकद्धारा सरसफाई अभियान सम्पन, ७० कर्मचारीहरु सहभागी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती सफाई अभियान सम्पन्न गरेको छ । बैंकले उक्त महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु सहित शनिवार काठमाडौंको रुद्रमतीनदीको कालोपूलदेखि सेतो पूलसम्मको क्षेत्रमा सरसफाई गरेको थियो । उक्त कार्यक्रममा लूम्विनी विकास बैंकका तर्फबाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु वितरण गरिएको थियो ।