राष्ट्र बैंकले उठाएको क्रस होल्डिङ तरवार र यस भित्रको खुन
काठमाडौं । अहिले १५५ वटा बैंक तथा वित्तीय संस्था संचालनमा छन् । यसमध्ये २७ वटा वाणिज्य बैंक, २० वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८५ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक छन् । विगत एक दशकदेखि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जलाई जोड दिदै आएको छ । राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको नीति लिएपछि १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर भई ४६ वटा संस्था कायम भएका छन् । यस अवधिमा ५ वाणिज्य बैंकहरु समेत गरी १५० संस्थाको इजाजत खारेज भएको छ । ८९ वटा विकास बैंक २० वटामा सीमित भएका छन् । ८४ वटा वित्त कम्पनी २२ वटामा झरेका छन् । ३२ वटा वाणिज्य बैंक २७ वटा भएका छन् । राष्ट्र बैंकलाई वाणिज्य बैंकको संख्या अझै धेरै भयो भन्ने लागेको छ । त्यसैले अहिलेको संख्या आधा घटाउने ध्याउन्नमा राष्ट्र बैंक छ । विकास बैंक र फाइनान्स कम्पनीको संख्याप्रति राष्ट्र बैंक त्यति चिन्तित देखिदैन । त्यसैले उनीहरुबीचको मर्जलाई धेरै जोड दिएको छैन । लघुवित्तको संख्या दुई तिहाईले घटाउने राष्ट्र बैंकको योजना छ । तीन नीति मर्ज गराउन राष्ट्र बैंकले मुलतः तीन नीति लियो । पहिलो, पुँजी वृद्धि गर्ने । दोस्रो, उद्योगी र बैंकर्स छुट्याउने । तेस्रो, क्रस होल्डिङ रहेका बैंकहरुलाई बलपूर्वक मर्ज गराउने । लेखक पहिलो विकल्पमा राष्ट्र बैंक केही हदसम्म सफल भयो । गभर्नर चिरञ्जीवि नेपालको पालामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको पुँजी चार गुणसम्म वृद्धि गर्ने नीति लिईयो । पुँजी वृद्धिको असर विकास बैंक र फाइनान्स कम्पनीमा देखियो । ख र ग वर्गका वित्तीय संस्था धेरै घटे । वाणिज्य बैंकमा त्यसको असर थोरै पर्यो । पुँजी वृद्धि नीतिको कारण वाणिज्य बैंकहरुको संख्या १० देखि १२ वटामा सीमित हुने राष्ट्र बैंकका अधिकारीहरुको विष्लेषण थियो । उनीहरुले सञ्चार माध्यमहरुमा दिइएको अन्तरवार्ता र सार्वजनिक मञ्जमा व्यक्त गरेको धारणहरु लिपिवद्ध छन्, मेटिएका छैनन् । तर लगानीकर्ता क्षमताको अवमूल्यन गर्दै व्यक्त गरिएका ती भनाईहरु गलत सावित भए । पुँजी वृद्धि नीतिको प्रभावमा लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भई बैंक अफ काठमाण्डू बन्यो । अरु कुनै पनि वाणिज्य बैंक पुँजी वृद्धिको नीतिको प्रभावले मर्ज भएनन् । पुँजीको सुरक्षा, अधिकता प्रतिफलको चाहना र ठूलो बन्ने महत्वकांक्षामा मलजल गर्ने नीति मात्र राष्ट्र बैंकले लियो भने संस्था पनि क्रमशः बलियो हुँदै जानेछ । राष्ट्र बैंकले न्युनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नियम हुँदा हुँदै आज १५/२० अर्ब पुँजी भएको ठूला वाणिज्य बैंकहरुको उदय राष्ट्र बैंकले उठाएको तरवारसँग डराएर होइन, लगानीकर्ताको अधिकतम प्रतिफल खोज्ने चाहना र ठूलो संस्था बनाउने महत्वकांक्षाको प्रतिफल हो भनेर हामी सबैले बुझ्न जरुरी छ । ग्राण्ड बैंक प्रभुमा विलाउनुको मुल कारण पुँजी वृद्धि थिएन । उक्त बैंक त्यसअघि नै समस्याग्रस्त घाेषित थियाे । बचेकुचेको सम्पत्ति र पुँजी जोगाउन अर्काे बैंकमा विलय हुनुको विकल्प ऊसँग थिएन । ग्लोवल आईएमईमा कमर्ज एण्ड ट्रष्टको मर्ज र एनआईसीमा बैंक अफ एशिया मर्ज त्यसअघि नै भएका थिए । जनता बैंक ग्लोवल आईएमईमा गाभिएको पनि न्यूनतम पुँजी पुर्याउन नसकेर होइन । मुलतः व्यवसायिक आकांक्षा र पुँजीको सुरक्षाको क्रममा मर्ज भएको देखिन्छ । राष्ट्र बैंकको नीतिलाई देखाउँदै, पुँजीबादी बजारको चरित्र अनुशरण गर्दै ठूलो संस्थाले सानो संस्थालाई खाने, सानो संस्था टिक्न नसकेर ठूलो संस्थामा विलय हुने तथा व्यवसायिक महत्वकांक्षाले मर्ज हुने उदाहरणहरु प्रशस्त छन् । मर्जलाई प्रोत्साहित गर्ने सरकारको नीति पालना गरेको भनेर भनेर प्रचार गर्ने तर कर नीतिबाट लाभ लिन नाम मात्रको मर्ज गर्नेहरुको सूचि पनि लामै छ । तत्कालिन ग्राण्ड बैंक, एस डेभलपमेन्ट बैंक, इम्पेरियल फाइनान्सका सेयरधनीको कुरा सुन्नुपर्छ, विलय हुने संस्थाको कथा व्यथा कति दर्दनाक हुन्छ भन्ने जानकारी लिन । बैंकर्स र व्यापारी छुट्याउने नीति असफल बैंक तथा वित्तीय संस्थालाई मर्ज गराउन बैंकर्स र उद्योगी व्यापारी छुट्याउने राष्ट्र बैंकको दोस्रो नीति पूर्णत प्रभावहिन बन्यो । नेपालको सन्दर्भमा बैंकर्स र उद्योगी व्यापारी छुट्याउने नीति राष्ट्र बैंकको नीति न विगतमा सफल भयो, न भविष्यमा हुने देखिन्छ । नविल बैंकको प्रवर्द्धक एनबी इन्टरनेसनलको मालिक को–को हुन् भनेर खोज्न नसकिरहेको राष्ट्र बैंकसँग उद्योगी व्यापारीको हातबाट बैंक तथा वित्तीय संस्थाको सेयर खोस्ने क्षमता छैन । सम्पत्तिको हक सम्बन्धि वर्तमान सवैधानिक र कानुनी व्यवस्थामा व्यापक फेरवदल नआएसम्म उद्योगी र व्यापारी छुट्याउने राष्ट्र बैंकको भनाई सडकको किनारामा माग्न बसेकाहरुले बहादुरीपूर्ण राष्ट्रभक्तिका गीत गाए जस्तै हुन्छ । अब तेस्रो नीतिमा जाउँ । सेयरमा क्रस होल्डिङ भएका बैंकहरुलाई मर्ज गराउन राष्ट्र बैंकले पटक पटक प्रयास गरेको छ । यस प्रयासको परिणाम स्वरुप पहिलो पटक ग्लोवल बैंक र आईएमई फाइनान्सिय इीन्स्टच्यूशन मर्ज भई ग्लोवल आईएमई बैंक बन्यो । एनआईसी र बैंक अफ एशिया मर्ज भई एनआईसी एशिया बन्यो । ती बाहेक क्रस होल्डिङ र राष्ट्र बैंकको दवालले मर्ज भएको पत्यारिलो उदाहरण छैन । क्रस होल्डिङको गलत व्याख्या सबैभन्दा पहिला, नेपाल राष्ट्र बैंकले जसरी क्रस होल्डिङको व्याख्या गर्दै आएको छ, त्यो नै गलत छ । लाटा देशमा गाँडो तन्देरी भने झै राष्ट्र बैंकले जे भन्यो त्यसैको पछि लागेका छन्, बैंकर्स, बुद्धिजीवि, पत्रकार, नीति निर्माता, सबै । नविल बैंकले चिलिमे हाइड्रो पावरको सेयर किनको छ, चिलिमे हाइड्रोपावरले नलिल बैंकको सेयर किनेको छ भने त्यो क्रस होल्डिङ हो । लक्ष्मी बैंकको सेयरमा नागरिक लगानी कोषले लगानी गरेको छ र नागरिक लगानी कोषको सेयरमा लक्ष्मी बैंकले सेयर लगानी गरेको छ भने त्यो क्रस होल्डिङ हो । यस्तो लगानीलाई विश्वभर कही पनि राम्रो मानिदैन । इन्भेष्टोपिडियामा विलकिन्टोनले लेखेका छन्– पुँजी बजारमा सेयर सूचिकृत भएको दुई कम्पनीले परस्पर सेयर किनेका छन् भने त्यो क्रस होल्डिङ हो, जसले वास्तविक लगानीको परिणाम जान्न र जोखिमको विश्लेषण गर्न कठिन हुन्छ । उदाहरणको लागि नेपाल बैंकले एसविआई बैंकमा १० करोडको सेयर लगानी गरेको छ र एसविआई बैंकले नेपाल बैंकमा १० करोडको सेयर लगानी गरेको छ भने त्यो अत्यन्त खराव मानिन्छ । तर, नेपाल राष्ट्र बैंकको क्रस होल्डिङको परिभाषा फरक छ । खेतान ग्रुपले लक्ष्मी बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ, हिमालयन बैंकमा पनि प्रमोटर सेयर होल्ड गरेको छ । सिजी ग्रुपले नविल बैंकमा पनि सेयर होल्ड गरेको छ, यूनाईटेड फाइनान्समा पनि सेयर होल्ड गरेको छ । शशिकान्त अग्रवालको हिमालयन बैंकमा पनि सेयर छ, नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि छ । राष्ट्र बैंकको परिभाषमा यहि हो क्रस होल्डिङ, जुन गलत छ । यसअघिको अनुच्छेदमा उल्लेखित उदाहरणहरु लगानीको विविधिकरणका सम्बन्धि सिद्धान्त, मान्यता र अभ्यासमा आधारित छन् । एउटै वास्केटमा धेरै अण्डा राख्दा बढी जोखिम हुन्छ भने जस्तै एउटै संस्थाको सेयरमा धेरै लगानी गर्दा बढी जोखिम हुने देखेर लगानीकर्ताले फरक फरक संस्थामा लगानी गरेका हुन्, जुन गलत होइन । कर्मचारी सञ्चय कोषले १३ वटा बैंक तथा वित्तीय संस्थामा करिब २२ अर्ब रुपैयाँ लगानी गरेको छ । पहिलो त, कर्मचारी संचय कोषलाई एउटै बैंकमा २२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्न राष्ट्र बैंकको निमयले रोक्छ । दोस्रो, एउटै संस्थामा यति ठूलो लगानी गरेको थियो भने त्यो ज्यादै जोखिमयुक्त लगानी हुने थियो । यो कुरा राष्ट्र बैंकको नेतृत्वले राम्ररी बुझेको छ । शशिकान्त अग्रवाल वा खेतान ग्रुप वा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको जस्तै अवस्था छ, नेपाल सरकारको पनि । राष्ट्र बैंकलाई निर्देशित गर्ने अर्थमन्त्रालय आफै धेरै बैंकका मुख्य मालिक हो । राष्ट्रिय वाणिज्य बैंकमा ९९ प्रतिशत सेयर सरकारको छ । नेपाल बैंक र कृषि विकास बैंकको मुख्य लगानीकर्ता पनि सरकार नै हो । अर्थमन्त्रालय आफै बहुबैंकमा लगानी गर्ने । पूर्ण सरकारी स्वामित्वको कर्मचारी संचय कोष दर्जन बैंकको मालिक बन्ने । सरकार नै मुख्य प्रवर्द्धक रहेको नागरिक लगानी कोषले बहुबैंकमा सेयर लगानी गर्ने । उता, राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर नागरिकलाई तर्साउने ? अर्थमन्त्रालय आफै बहुबैंकमा लगानी गर्ने । पूर्ण सरकारी स्वामित्वको कर्मचारी संचय कोष दर्जन बैंकको मालिक बन्ने । सरकार नै मुख्य प्रवर्द्धक रहेको नागरिक लगानी कोषले बहुबैंकमा सेयर लगानी गर्ने । उता, राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर नागरिकलाई तर्साउने ? यो विलकुल गलत काम हो । राष्ट्र बैंकले आफूलाई सच्याउनु पर्छ । राष्ट्र बैंकले उठाएको क्रस होल्डिङको तरवार पटक पटक झुकेको छ । तत्कालिन गभर्नर युवराज खतिवडाले पनि यही तरवार देखाएर केही बैंकलाई मर्ज गराएका हुन् । पूर्वगभर्नर चिरञ्जीवि नेपालले पनि यही तरवार उठाउँदै, थन्काउदै गरेका हुन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीले पनि यही तरवार उठाएका छन् । भदौ १४ गते बैंक तथा वित्तीय संस्थालाई पत्र पठाउँदै मुख्य लगानीकर्ताको विवरण माग्नु त्यही तरवार उठाउनु हो । कठिन नाता-सम्बन्ध राष्ट्र बैंकको नीति विपरित सेयर तत्कालिन जनता बैंक नेपालको सञ्चालक गुरुप्रसाद न्यौपाने श्रीमतीको नाम सेयर किनबेच गरेर राष्ट्र बैंकको आँखा छल्न नक्कली सम्बन्ध विच्छेदको कागजपत्र बनाए । सीभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले श्रीमतीको नामको सेयर बेच्न सम्बन्ध विच्छेदको नाटक मञ्चन गरे । न्यौपाने दम्पत्ति र तामाङ दम्पत्ति अहिले पनि एउटै भन्छामा खान्छन, एउटै अछ्यानमा सुत्छन् । तर, राष्ट्र बैंकले उनीहरुको सम्बन्ध विच्छेदलाई मान्यता दिएर आफैले जारी गरेका नीति निर्देशन विपरितका कार्यको समर्थत गरेको छ । यस्ता पात्र र प्रवृतिसँग बेलाबेलामा झुक्दै आएको राष्ट्र बैंकले क्रस होल्डिङको तरवार देखाएर सांघईको पाँच दाजुभाइलाई कसरी एकाघर मान्न सक्छ ? विनोध चौधरी र विदेशी नागरिकता लिएका उनका दुई छोरालाई कसरी एउटै परिवार मान्न सक्ला ? राजेन्द्र खेतान, प्रेमप्रकाश खेतान, चन्द्रप्रकाश खेतानलाई कसरी एकाघर परिवार सावित गर्छ ? अनि अदालतमा अंश मुद्दा लडिरहेका पद्म ज्योति र रुप ज्योतिलाई राष्ट्र बैंकले कसरी एकाघर परिवार प्रमाणित गर्न सक्छ ? क्रस होल्डिङको तरवारले यिनको नाता–सम्बन्ध प्रमाणित गर्न कठिन छ । खराब नतिजाका जाेखिम राष्ट्र बैंकको क्रस होल्डिङको परिभाषा जति त्रुटिपूर्ण छ, त्योभन्दा बढी असंगतिपूर्ण छ क्रस होल्डिङबीचको मर्जले निम्त्याउन सक्ने जाेखिम । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकमा केही समान सेयरधनी एउटै होलान् । एनआईसी एशिया र एनएमबी बैंकमा केही समान सेयरधनी होलान् । सिभिल र सेन्चुरी बैंकमा केही समान सेयरधनी होलान् । सिटिजन्स बैंक र बैंक अफ काठमाण्डूमा केही समान सेयरधनी होलान् । यी बैंकहरुबीच मर्ज भयो भने परिणाम के आउँछ ? आक्रामक रुपमा अगाडि बढेका, पुँजी र नेटवर्क दुबै धेरै ठूलो भईसकेको एनएमबी–एनआईसी एशिया मर्ज भएर बनेको बैंक र गाह्रोसाह्रो ढंगले चलिरहेका सीभिल–सेन्चुरी बैंकबीच मर्ज भएर बनेको बैंकबीच बजारमा प्रतिस्पर्धा हुनसक्छ ? हिमालयन र इन्भेष्टमेन्ट जस्ता पुराना र बलिया बैंकबीच मर्ज हुँदा त्यसको परिणाम के हुन्छ ? नेपाल राष्ट्र बैंकको नेतृत्व सुस्पष्ट हुन जरुरी छ । परिवेश अत्यान्तै कठिनपूर्ण छ । कोडिभ–१९ महामारीसँग कसरी जुध्ने ? कसरी ग्राहकलाई बचाउने ? कसरी व्यवसाय टिकाउने ? कसरी कर्मचारीलाई तलव खुवाउने ? कसरी घर भाडा तिर्ने ? बैंक तथा वित्तीय संस्थाको दैनिक टाउको दुखाइको विषय हो । यतिबेला केन्द्रीय बैंकले मर्ज गराउन क्रस होल्डिङको तरवार देखाउने होइन । अर्काे महत्वपूर्ण कुरा, एउटै विषयमा राज्यका नियामक निकायहरुबीच तालमेल जरुरी छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्तालाई प्रवर्द्धन गर्न खोजिरहेको छ । ठूलो पुँजी लगानी क्षमता भएको संस्थालाई पुँजी बजारमा ल्याउन प्रोत्साहित गरिरहेको छ । ठूलो संस्थाले ठूलो एउटै संस्थामा लगानी गर्दैन । उसले लगानीलाई विविधिकरण गर्छ नै । जसरी वारेन वफेट र उनका कम्पनीले धेरै बैंकमा, धेरै वटा बीमा कम्पनीका, धेरै वटा उत्पादनमुलक कम्पनीमा लगानी गरेका छन् । एक खर्बभन्दा ठूलो वासलात भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १५५ वटा बैंक तथा वित्तीय संस्था मध्ये एउटामा मात्र लगानी गर भनेर नीति बनायौं भने त्यो त्रुटीपूर्ण हुन्छ । परिवेश अत्यान्तै कठिनपूर्ण छ । कोडिभ–१९ महामारीसँग कसरी जुध्ने ? कसरी ग्राहकलाई बचाउने ? कसरी व्यवसाय टिकाउने ? कसरी कर्मचारीलाई तलव खुवाउने ? कसरी घर भाडा तिर्ने ? बैंक तथा वित्तीय संस्थाको दैनिक टाउको दुखाइको विषय हो । यतिबेला केन्द्रीय बैंकले मर्ज गराउन क्रस होल्डिङको तरवार देखाउने होइन । अहिले पनि मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्था स्वतस्फूर्त मर्जरमा सहभागी गराउन सकिन्छ । ठूलो बन्ने चाहना सबैलाई छ । आफ्नो लगानी सुरक्षाको चिन्ता र अधिकतम प्रतिफलको चाहना सबैलाई छ । पुँजीको सुरक्षा, अधिकता प्रतिफलको चाहना र ठूलो बन्ने महत्वकांक्षामा मलजल गर्ने नीति मात्र राष्ट्र बैंकले लियो भने संस्था पनि क्रमशः बलियो हुँदै जानेछ । राष्ट्र बैंकले न्युनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने नियम हुँदा हुँदै आज १५/२० अर्ब पुँजी भएको ठूला वाणिज्य बैंकहरुको उदय राष्ट्र बैंकले उठाएको तरवारसँग डराएर होइन, लगानीकर्ताको अधिकतम प्रतिफल खोज्ने चाहना र ठूलो संस्था बनाउने महत्वकांक्षाको प्रतिफल हो भनेर हामी सबैले बुझ्न जरुरी छ ।
अध्यक्षकाे कुर्सीमा बस्दा शेखर गाेल्छालाई पछुताउन नपराेस्-गुणनिधि तिवारी
काेभिड-१९ काे महामारी नेपालीकाे घर आँगनमा पसेकाे छ । दैनिक एक हजार भन्दा बढीमा काेराेना संक्रमण पुष्टि हुन भएकाे तथ्याङ्क सार्वजनिक भइरहेकाे छ । सरकारले लकडाउन पछि निषेधाज्ञकाे बाटाे समातेकाे छ । उद्याेग, व्यापार, सेवा सबै क्षेत्र चाैपट भएका छन् । र, काेराेनाकाे त्रास भन्दा राेजीराेटी, राेजगारी र आर्थिक संकटकाे त्रासकाे तरङ्ग ठूलाे भैसकेकाे छ । तर यतिबेला निजी क्षेत्र निजी क्षेत्रका प्रतिनिधि मुलक संस्थाहरू सुस्ताएर छन् । आवाज विहिन भएका छन् । साझा धारणा बनाउनुकाे साटाे निजी क्षेत्रकाे सबैभन्दा ठूलाे संस्था नेपाल उद्याेग वाणिज्य महासंघ आसन्न तर अनिश्चित चुनाव केन्द्रीत भइ विभाजित बनेकाे छ । निजी क्षेत्रका प्रतिनिधि अर्थात नेताहरू किन रूमलिएकाे छन्, किन सुस्ताएका छन् ? निकासकाे खाेजीमा के कस्ता प्रयास भैरहेका छन् ? प्रस्तुत छ नेपाल उद्याेग वाणिज्य महासंघकाे जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीसँग विकासन्युजले गरेकाे विकास वहस । कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा के कस्तो प्रभाव परेको छ ? खासगरी साना व्यवसायीलाई यसले पारेको प्रभाव कस्ताे छ ? कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हाम्रो अर्थतन्त्रमा निकै ठूलो असर परिसकेको छ । लामो समयको लकडाउनले हाम्रो उत्पादन र बजारको समग्र चक्र नै क्षतविक्षत पारेको अवस्था हो । लकडाउनका कारण हाम्रो पर्यटन उद्योग पूर्णरुपमा ध्वस्त भएको छ । होटल, ट्राभल, एयरलाइन्स जस्ता व्यवसायमा यसको सबैभन्दा ठूलो र दीर्घकालिन असर परेको छ । त्यस्तै लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । यसले उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ । र, साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तीन तीन पटकसम्म मिति तोकेर फेरि स्थगित भएको छ । यसको तयारी कहाँ पुगेको छ र तपाइँको आफ्नै तयारीचाहिँ कस्तो छ ? अहिले कोभिड–१९ को संक्रमण दर बढ्दै गएकोले हामीले चुनावी तयारी खासै गरेका छैनौं । हाम्रो समूहगत तयारीको कुरा गर्ने हो भने सार्वजनिक कार्यक्रम नै गरेर वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालकाे नेतृत्वमा उपाध्यक्षका सबै उम्मेदवारहरु सार्वजनिक गरिसकेका छौं । सबैतिरबाट राम्रो रेस्पोन्स पनि आइरहेको छ । जिल्ला/नगरका साथीहरुसँग निरन्तर सम्पर्कमा छौं । म हिजो पनि उहाँहरुसँग प्रत्यक्ष र निरन्तर सम्पर्कमा भएकाले मेरा लागि नियमित भेटघाट जस्तै छ । मैले चुनावकै लागि विशेष तयारी नै गर्नु परेको छैन । त्यस्तै हाम्रो टिमबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको पनि नेपालका ७७ जिल्लामा नै आफ्नो व्यवसायिक नेटवर्क छ । उहाँ पनि व्यवसायकै माध्यमबाट सबै उद्यमी व्यवसायी साथीहरुको सम्पर्कमै हुनुहुन्छ । अरु साथीहरु आआफ्नो क्षेत्रमा सम्पर्क मै हुनुहुन्छ । चुनाव भए पनि नभए पनि हामीहरु सबै आआफ्नो व्यवसायमार्फत व्यवसायी साथीहरुकै बीचमा छौं । यसले गर्दा चुनावको लागि मात्र विशेष कार्यक्रम हामीले कम नै गरेका छौं । पहिलो त महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हौ । हामी निजी क्षेत्र नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन । अहिले संसारभर निजी क्षेत्रका रिसर्चरहरु रातदिन यस कोभिड १९ को भ्याक्सिन बनाउनमा व्यस्त छन् । धेरै निजी औषधी कम्पनीहरुले भ्याक्सिन उत्पादनको तयारी सुरु गरिसकेका छन् । हाम्रो देशमै पनि हेर्नुभयो भने निजी क्षेत्रले उत्पादन देखि वितरण तथा बजारीकरणसम्म यही महामारी कै बीचमा काम गरिरहेका छौं । केही अत्यावश्यक उद्योग कलकारखानाहरु अहिले पनि सञ्चालनमै छन् । कोभिडको कारण भन्दै हामीले सेवा बन्द गरेर बस्ने हो भने त य स्वास्थ्य समस्या भन्दा निकै भयावह आर्थिक तथा सामाजिक समस्या उत्पन्न हुन्छ । मानिसहरु भोकमरी र उपचार नै नपाएर मर्ने सम्भावना हुन्छ । तसर्थ हामीले अहिले पनि स्वास्थ्य सम्बन्धी सबै सावधानी अपनाएर काम गर्ने वातावरण बनाउन पर्यो भनेर भनिरहेका छौं । कृषिजन्य उत्पादनहरु, दुध, तरकारी, फलफूल, खाद्यान्न, औषधी, तेल तथा पानी जस्ता अत्यावश्यक सेवाहरु हामीले बन्द गर्न सकिदैन । यसलाई स्वास्थ्य सुरक्षाको ख्याल गर्दै व्यवस्थापन गर्दै जाने हो । लामो समयदेखि उद्योग व्यवसाय सबै बन्द छन् । धेरैको रोजगारी गुमेको अवस्था छ । महामारीले गर्दा उद्योगी, व्यापारी तथा व्यवसायीलाई सबैभन्दा ठूलो प्रभाव परेको छ । साना, मझौला तथा ठूला सबै व्यवसायमा यसको उत्तिकै प्रभाव परेको छ, र साना तथा मझौला व्यवसाय र व्यवसायी पक्कै पनि यसबाट सबैभन्दा ठूलो मर्कामा परेका छन् । अर्को कुरा हामी निजी क्षेत्रले मुलुकको झण्डै ५० लाख जनशक्तिलाई रोजगारी पनि दिएका छौं । अहिलेको निषेधाज्ञा तथा बन्दाबन्दीले हाम्रा उद्योग, व्यवसाय बन्द हुँदा ती व्यवसायमा रोजगार व्यक्तिको रोजगारी गुम्दा ती व्यक्तिका आश्रित परिवारले दैनिकी चलाउन समेत समस्या परेको छ । यसलाई पनि सरकारले समयमै हेर्नुपर्छ भनेका हौ । यसका लागि महासंघ जस्तो संस्था निष्कृय हुनुभएन । हामीले सम्भव भएसम्म यसको गौरबपूर्ण इतिहासलाई जोगाउदै नयाँ नेतृत्व दिउँ र यसलाई अहिलेको संकटमा व्यवसायीहरुको असल सारथीका रुपमा अगाडि बढाऔँ भनेका हौँ । तर साथीहरुले यसलाई बङ्गयाई टिङ्गयाई हामीलाई नेतृत्वमा पुग्न हतारो भएको आरोप लगाउनुभयो । आफूलाई नेतृत्व नचाहिएको ढोङ्ग पिटाउनुभयो । तर वास्तविकता त्यस्तो होइन । उहाँहरु आफू अलि कमजोर महशुश भएपछि चुनाव पछाडि सार्न खोजेको देखिन्छ । अहिले हेर्ने हो भने अधिकांश साथीहरु भर्चुअल माध्यममा भएपनि साधारणसभा गर्नुपर्छ भनेर हामीले उठाएकै लाइनमा आइसक्नुभएको छ । यसले पनि हामी सही थियौं भन्ने पुष्टी गरिसकेको छ । तर अहिलेको अवस्थामा चुनाव त सम्भव छैन नि ? हो, अहिले यस्तो अवस्थामा ठूलो जमघट सहितको चुनाव सम्भव छैन । हामी पनि सबै स्वास्थ्य सुरक्षालाई दाउमा राखेर चुनाव गरौं भनेका होइनौँ । तर चुनाव कस्तो समयमा सारिएको छ, तपाईलाई पनि राम्रोसँग थाहा छ । सरकारले तीन महिना लामो लकडाउन खुकुलो बनाउँदै लगेको थियो । सार्वजनिक यातायातहरु सञ्चालनमा आएका थिए । होटल, रेष्टुरेन्टलगायत हवाई यातायात र लामो दूरिका सार्वजनिक यातायातहरुसमेत सञ्चालनको तयारी गरिसकेको अवस्थामा उहाँहरुले एकाएक यसलाई स्थगित गरेर जानुभो । के उहाँहरुलाई यस्तो हुन्छ भन्ने पहिले नै जानकारी थियो र ? अहिले पो यस्तो भयो । तर त्यस समयमा उहाँहरुले लिएको निर्णय पूर्णरुपमा गलत थियो र आफ्नो दुनो सोझाउने बाहेक केही थिएन । मैले पहिले पनि भनी सके उहाँहरु आफू कमजोर देखिएपछि यसलाई पछाडि सार्न खोजिएको मात्र हो । खासमा चुनाव त हामीले नैतिक रुपमा जितिसकेका छौं । यसको मतलब अहिले पनि साधारण सभा गर्नुपर्छ भन्ने हो ? धेरै मुलुकमा सामाजिक दूरी कायम गरेर “न्यू नर्मल” परिवेशलाई आत्मसात गर्दै अगाडि बढेको अवस्था हो । महामारी कै बीचमा धेरै मुलुकहरुमा आम निर्वाचन समेत भए । यहाँ हाम्रो देशमा पनि दुई तीनवटा निजी क्षेत्रका संस्थाहरुले साधारणसभा सम्पन्न गरिसके । हामी आफूलाई निजी क्षेत्रको लिडर भन्ने, उद्योग व्यवसाय खोल, काम गर्ने वातावरण बनाइदिउ भन्दै हिड्ने अनि आफ्नो संस्थालाई बचाउन साधारणसभासम्म गर्न नसक्ने त होइनौं नि । हामीले पनि कुनै पनि भर्चुअल माध्यम वा जुमबाट साधारणसभा गर्न नसकिने होइन । गएको चैतभित्र साधारणसभा गरिसक्नुपर्ने थियो । अब चैत्रमा हुन नसके पनि गर्न सकिने बेलामा त गर्नैपर्छ नि । नत्र वैधतालगायतका अन्य झमेला आउन सक्छन् । त्यसैले हामी सरकारको निर्देशनको सीमाभित्रै रहेर साधारणसभा सम्पन्न गरौ भनेका हौं । महामारीको जोखिमप्रति हामी सबै सचेत हुनै पर्दछ । यसका लागि नेपाल सरकारले निर्धारण गरेका निश्चित प्रावधानदेखि नीति नियमको पनि पालना गर्नु आवश्यक छ । तर हामी निजी क्षेत्र भनेको इनोभेसन र प्रविधिको जननी पनि हाैं। हामी नै सुस्ताएर, खुम्चिएर बस्ने हो भने त यो महामारीको सोलुसन नै आउँदैन । चन्द्र ढकालसहित तपाइँकाे टिमले दवाव दिएपछि साउन २६ गतेकाे मिति ताेकिएकाे बताइन्छ । चैतमा अध्यक्ष हुनुपर्ने शेखर गोल्छालाई हतार नहुने तर तपाइहरुकाे टिमलाई हतार हुने किन ? महासंघलाई विधानअनुसार अगाडि बढाउनुपर्छ, भोलि यत्रो संस्थामा वैधानिक संकट नआओस् र त्यो गर्विलो इतिहास बोकेको संस्था सोही कारणले क्षतविक्षत नहोस् भनेर हामीले आवाज उठाएको हो । चन्द्र ढकालले महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौं भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अर्को कुरा यस महासंकटको समयमा व्यवसायीको आवाज बोलिदिने, सुनिदिने र समाधानका लागि पहल गरिदिने नेतृत्व अझ बढी सक्रिय र सबल हुने समयमा यसलाई किन निष्कृय बनाएर राख्ने भन्ने हो । साधारणसभा कसलाई चाहिएको हो र होइन भन्ने बाहिर आएका कुराले कुनै अर्थ राख्दैन किनकी साधारणसभाको मिति तोक्ने कार्यकारिणी समितिको निर्णय सर्वसम्मतिले नै भएको हो । हामीलाई नेतृत्वमा पुग्ने हतारोका रुपमा व्याख्या किन गरिँदैछ भनेर मैले बुझ्न सकेको छैन । हामीले त विधि र पद्धतिअनुसार महासंघ चल्न सकेन भने अग्रजहरुले ठूलो मेहनत गरेर हुर्काएको र देशले नै गर्व गर्ने यत्रो संस्थामा संकट आउन सक्छ र त्यो स्थिति नआओस् भनेर नै साधारणसभाको पक्षमा आवाज उठाएका हौ । यसलाई निर्वाचनसँग मात्र जोडेर हेरिनु हुँदैन । अहिले त सबै जसो कार्यकारिणी समिति सदस्यहरुले भर्चुअल माध्यमबाट भएपनि साधारणसभा गर्नुपर्छ भनेर भनिरहनुएको छ । आखिर हामीले उठाएको ठिक हो भन्ने पुष्टी भइसकेको छ साधारणसभा र निर्वाचनकाे पृष्ठभूमिका एकले अर्काकाे सार्वजनिक रूपमा नै आलाेचना पनि भैराखेकाे छ । निर्वाचनका नाउँमा अहिले भइरहेको प्रतिस्पर्धालाई कत्तिको स्वस्थ मान्नुहुन्छ ? कुनै पनि संस्थाको नेतृत्व चयन सर्वसम्मतिले हुन सक्यो भने त्यो अन्यन्तै राम्रो हुन्छ । नेतृत्वमा जाने आकांक्षी एकभन्दा बढी हुने वित्तिकै निर्वाचनको प्रक्रियामा जानुलाई अस्वाभाविक पनि मान्न सकिँदैन । महासंघ यस्तो विशाल सञ्जाल भएको संस्था हो जहाँ जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एशोसिएट सदस्य तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य छन् । सबै संस्थागत प्रतिनिधित्व गर्ने साथीहरु आफैं निर्वाचनको माध्यमबाट आउनुभएको हुन्छ । यस्तो अवस्थामा संस्थाको नेतृत्व तहमा सर्वसम्मति होस् भन्ने चाहना राख्नु एउटा कुरा हो तर व्यवहारिकता हेर्दा त्यो त्यति सजिलो चाहिँ छैन । यसैले निर्वाचन हुनु र प्यानल बन्नुलाई ठूलो समस्याका रुपमा लिनु हुँदैन । बरु निर्वाचनमा एक अर्कोलाई हिलो छ्याप्ने काम भने हुनु हुँदैन । हाम्रो टिम यसमा पूर्ण सचेत छौं किनकी हामी आफ्नो योग्यता, क्षमता, अनुभव, गुण, आचरणसहित निश्चित एजेण्डाका आधारमा निर्वाचनमा भाग लिन गइरहेका छौं । यसैले अस्वस्थ प्रतिस्पर्धाको नियतिबाट महासंघलाई जोगाउन हामी सचेत छौं । महासंघलाई विधिसम्मत चलाऔं, साधारणसभा समयमै गरौँ भन्दा नेतृत्वमा पुग्न हतारो भयो भनेर ढोल पिटियो । अहिले महामारीको यस्तो समयमा व्यवसायीहरु अभिभावक विहिन जस्ता भएका छौं । हाम्रो आवाज बोलिदिने, सुनिदिने कोही नभए जस्तो भएको छ । तपाइँको टिम घोषणा भइसकेको छ । यस टिमको सबल पक्ष के हो ? यस टिमको सबल पक्ष भनेकै निजी क्षेत्रका समस्या नजिकबाट बुझ्नसक्ने, समस्याको सम्बोधन गर्नसक्ने क्षमता राख्ने तथा बदलिँदो चुनौतीलाई आत्मसात गर्दै देशले खोजेको परिवर्तनका लागि संवाहक हुनसक्ने छ । हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल देशकै एउटा प्रतिष्ठित व्यवसायी हुनुहुन्छ । उहाँमा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको व्यावसायिक अनुभव छ । यो टिम कोरोनाबाट सिर्जना भएका चुनौतीलाई परास्त गर्नेमात्र नभइ समृद्ध नेपाल निर्माणको महाअभियानको अभियन्ताका रुपमा सम्पूर्ण निजी क्षेत्रलाई अगाडि बढाउन सक्षम हुनेछ । अर्को कुरा हाम्रो यो टीम अनुभवले खारिएको छ । विश्वासले भरिएको छ । गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पुर्याउन सक्ने हैसियत राख्छ । यसले कुनै पनि साना तथा ठूला व्यवसायिका कुनै पनि समस्याको समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । समाधान खोज्न सक्छ । राज्यलाई कन्भिन्स गर्न सक्छ र तत्काल समाधान निकाल्न सक्छ । त्यसैले म फेरि पनि दोहोर्याउँछु, चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । एकातर्फ कोरोना संकटले अर्थतन्त्र थलिएको अवस्था छ भने अर्कोतर्फ निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनका नाउँमा दुई भिन्न खेमामा विभाजित छ । यसले निजी क्षेत्रलाई कमजोर बनाउँदैन ? निर्वाचनले महासंघलाई कमजोर बनाउँछ भन्ने त म मान्दिनँ तर निर्वाचनपछि पनि पुरानै तुष बाँकी राखिरहने हो भने निश्चय नै समस्या ल्याउँछ । निर्वाचनपछि महासंघमा यो वा त्यो खेमा भन्ने रहनु हुँदैन र जिम्मेवारी दिँदा पनि योग्यता, क्षमता र अनुभवका आधारमा दिइनुपर्छ । महासंघभित्रको समिति, फोरमलगायतको जिम्मेवारी कुनै लाभको पद वा बक्सिस होइन यो त स्वयसेवा गर्न दृढ इच्छाशक्ति भएका तथा क्षमतावानले नै पाउनुपर्छ । यसरी पुराना कुरा बिर्सेर अगाडि बढ्ने हो भने महासंघ पक्कै कमजोर हुँदैन र मेरो पनि यही नै प्रयास रहनेछ । निर्वाचनले त कुनै पनि संस्थालाई गतिशील बनाउँछ र नेतृत्वमा पुग्नेलाई राम्रो काम गर्नैपर्ने दबाब सिर्जना गर्ने भएकाले यसलाई सकारात्मक रुपमा नै लिन सकिन्छ । तपाइ जिल्ला नगर उपाध्यक्षकाे उम्मेदवार । जिल्ला नगरका प्रतिनिधिले महासंघकाे नेतृत्व भाेग माग्न मात्र जिल्ला आउँछन् । जितेपछि फोनसम्म नउठाउने भन्ने गुनासाे गरेकाे देखिन्छ । के यी गुनासा जाहेज हुन् ? हो, हामी जिल्ला नगरका प्रतिनिधिलाई धेरै पटक यसरी नै ठगिएको हामीले पनि महशुश गरेका छौं । तर तपाईले मलाई लक्षित गरेर यो प्रश्न गरेको हो भने म सधै जिल्ला नगरमै रहेर काम गरेको मानिस हुँ । म विगत १५ वर्षदेखि महासंघमा छु । मेरो देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुसँग सुमधुर सम्बन्ध छ र यो केबल चुनावले बनाएको सम्बन्ध होइन । त्यस्तै हाम्रो वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालकाे आफ्नै व्यवसायिक सञ्जाल छ । उहाँले वर्षैभरि मुलुकका ७७ वटै जिल्लामा व्यवसायकै शिलशिलामा आउनेजाने भइरहेको हुन्छ । हामीहरु जिल्लाका साथीहरुले बोलाएका धेरै कार्यक्रममा गइरहेका हुन्छौं । हामीले उहाँहरुको भावना बुझेका छौं, सुख दुःखमा हातेमालो गरेका छौं । म आफैं पनि सानो व्यवसायी भएको हुनाले मलाई साना व्यवसायीको समस्या अवगत छ । अहिले पनि म सक्रिय रुपमा साथीहरुका समस्या समाधानमा लागि नै रहेको छु । चन्द्र ढकालको टिम नै बेस्ट टिम हो । जिल्ला नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको उहाँको नेटवर्क र नीतिगत तहसम्म रहेको पहुँचको अरु कसैसँग तुलना गर्न मिल्दैन । यस हिसाबले सबै व्यवसायीको समस्या बुझेको र समाधानका लागि पहल गर्न सक्ने हाम्रो टिम मात्र हो । यसलाई व्यवसायी साथीहरुले पनि राम्रोसँग बुझ्नुभएको छ । महासंघकै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विराटनगर पुगेर अध्यक्ष भवानी राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको भनेर आरोप लगाउनु भएको थियो । याे विषयमा सिंग्गाे कार्यसमिति किन माैन बस्याे ? हो । शेखर गोल्छाले विराटनगरमा पुगेर एउटा सार्वजनिका कार्यक्रमबाटै वर्तमान अध्यक्ष राणाले आफ्नो कार्यकालमा ठूलो भ्रष्टाचार गरेको, कुनै पनि हिसाबकिताब नराखेको र महासंघको व्यवस्थापन देखेर आफूलाई लाज लागेको जस्ता अभिव्यक्ति दिनुभएको थियो । उहाँले आफू अध्यक्ष भएर आएको ६ महिनाभित्रै हर हिसाबको सम्पूर्ण अडिट गरेर सब कुरा सार्वजनिक गर्ने पनि बताउनुभएको छ । उहाँ आफै पनि वरिष्ठ उपाध्यक्ष जस्तो पदमा भएको मान्छे आफ्नै संस्थाको बारेमा किन यसरी बोल्नुभयो भन्ने सबै कार्यसमितिका व्यवसायी साथीहरुलाई लागेको छ । उहाँ एउटा गुटको नेतृत्व गरेर चुनावमा हाेमिनु भएकाे छ । भाेट तान्नकाे लागि राजनीतिमा विपक्षी दलका नेताले जस्ताे भाषण दिनु भएकाे छ । उहाँ अहिले वरिष्ठ उपाध्यक्ष जो आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । याे विषय तपाइले उहाँलाई साेध्नुहाेस्, उहाँले नै जवाफ दिनु हाेला । वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छा आगामी निर्वाचन पछि स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । तर उहाँ आफ्नाे टिमलाई जिताउन र तपाइहरूकाे टिमलाई हराउन कस्सिएर लाग्नु भएकाे छ । तपाइँहरु निर्वाचित हुनुभयो भने अध्यक्ष गोल्छासँगको सम्बन्ध कसरी अगाडि बढ्नेछ ? साधारणसभापछि नेतृत्व शेखर गोल्छाले लिँदै हुनुहुन्छ । अहिलेको कोरोना संकटले थलिएको र नयाँ चुनौती थपेको अर्थतन्त्रलाई पुनर्जीवन दिएर मात्र पुग्दैन कि नेपाललाई समृद्ध बनाउने योजनाका सारथी निजी क्षेत्रलाई हेर्ने नीति निर्माताको चश्मा फेरिनै पर्छ । यसका लागि हामी निजी क्षेत्र नै एक आपसमा झगडा गरेर बस्यौं भने हाम्रो अन्तरविरोधमा अरुले खेल्न सक्छ । यसैले साधारणसभापछि महासंघमा पक्ष विपक्ष भन्ने नै हुँदैन र हुनु हुँदैन । अध्यक्षलाई सफल बनाउनु भनेको महासंघलाई पनि सफल बनाउनु हो र त्यसका लागि खुला हृदयले नै सहयोग गर्नुपर्छ र नेतृत्व लिनेले पनि फराकिलो छाती बनाउनै पर्छ भन्ने मेरो भनाइ हो । जहाँसम्म शेखरजीको को कुरा उठाउनुभएको छ यहाँले त्यो उहाँले विचार गर्ने कुरा हो । भोलि काम गर्न उहाँलाई टिम त पक्कै चाहिएला । त्यसबखत पछुतो नहोस् मात्र भन्छु म त ।
गरिबको छोरो, दिपेन्द्रको साथी, प्रधानमन्त्रीसँग टक्कर
तेह्रथुमको अति गरिब परिवारमा जन्मेका । छात्रवृतिमा बुढानीलकण्ठबाट स्कुल तह र ए-लेवलको शिक्षा हासिल गरेका, छात्रवृतिमा नै बेलायतबाट फिजिक्समा डिग्री हासिल गरेका । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका । बुढानीलकण्ठमा २६ वर्ष शिक्षण गर्दै प्रिन्सिपलबाट अवकाश लिएका र हाल काठमाडौं वर्ल्ड स्कूलमा प्रिन्सिपलको जिम्मेवारी समालेका केशरबहादुर खुलालको जीवनी असल नागरिकका लागि प्रेरणादायी छ । उनको जन्म २०२७ सालमा तेह्रथुमस्थित छतरओर्खेमा भएको थियो । त्यो गाउँमा धनी परिवारले पनि आफ्ना उत्पादनले बढीमा ६ महिना मात्र पेटभरी खान पाउँथे । धेरै परिवारमा ३/४ महिनाको लागि मात्र पुग्ने अन्न खेतबारीमा उत्पादन हुन्थ्यो । बाँकी अवधि फर्सी, सखरखण्ड, फलफूल खान्थे । रासायनिक मल प्रयोग हुन थालेपछि उनीहरुको जीवनस्तर उकासिँदै गयो । तीन दिदी, एक दाइ, केशर कान्छो । बुबा धेरै जसो कामको लागि भारततिर जाने । आमा गृहिणी, छोराछोरीको लालनपालनमा खट्ने । परिवारका सबै सदस्य निरक्षर । ‘बुबाको सानिमाको छोरा प्राविको मास्टर । उहाँको छोरा मेरै उमेरको । उहाँले बुबालाई के भन्नुभएछ भने कान्छोलाई अक्षर चिनाउने भए म कहाँ पठाईदिनु । मेरो छोरालाई सँगै अक्षर चिनाउँछु’ खुलालले आफ्नो शिक्षाको प्रारम्भ सुनाउँदै भने ‘बुबाले मलाई पठाउनु भयो । त्यहि मैले काठको फल्याकमा माटोको धुलो राखेर क ख ग चिनेको, कोरेको । त्यहीको स्कूलमा हामी पढ्न जान थाल्यौँ । स्कूल जाँदा पाटी र रातो माटोको डल्लो बोकेर जानुपर्दथ्यो । सबैको चलन त्यही । आ-आफ्नो पाटी अगाडि राख्यो । माटोले क ख ग लेख्यो । त्यसरी चिनेको मैले अक्षर ।’ ६ महिनापछि खुलाल घर फर्के । त्यसपछि बुबाको सानिमाको छोराको घर जान मन लागेन । ‘कारण मलाई नै थाहा छैन’ उनले भने- ‘सायद केटाकेटीको लागि घर नै रमाइलो भयो होला ।’ उनी छिमेकी दाजुहरुको पछि लागेर घरबाट करिव एक घण्टा टाढा रहेको नवीन शिक्षा सदन, थाक्छामारामा पढ्न जान थाले । ५ महिना एक कक्षामा पढे । वार्षिक परीक्षा आयो । तर परीक्षा दिन पाएनन् । कारण बुबाले स्कूलमा नाम लेखाइदिनु भएको रहेनछ । ‘घरमा आएर कुरा गरेँ। भोलिपल्ट बुबा स्कूल गई एक जना शिक्षकलाई भनी नाम लेखाईदिनु भयो । बाँकी परीक्षा दिएँ । त्यही स्कूलमा नियमित पढ्न थाले’ खुलालले एकसरो आत्मकथा सुनाउँदै गए । त्यही क्रममा बुढानीलकण्ठ स्कूलबाट छात्रवृतिको लागि एक टोली विद्यार्थी छान्न तेह्रथुम पुग्यो । त्यतिबेला बुढानीलकण्ठ स्कूलले प्रत्येक वर्ष २५ जिल्लाबाट राम्रो पढाई भएका तर विपन्न परिवारका केटाकेटीलाई छात्रवृति दिएर विद्यार्थी छनौट गर्दथ्यो । ‘पढाई राम्रो थियो । कक्षामा प्रथम हुन्थेँ । शिक्षकहरुले मलाई छात्रवृतिको लागि जाँच दिन जान भन्नुभयो । म गएँ । जाँच दिएँ । फर्किएँ ।’ बालपना सुनाउँदै उनले भने- ‘एक जना शिक्षकले मेरो घरको बारेमा सोधेर फर्म पनि भर्नु भएको थियो । सोधेको कुरा भनेको थिएँ । त्यहाँ के भइरहेको छ, मलाई थाहा थिएन ।’ त्यसको ५/६ महिनापछि बुबालाई आवा (टेलिग्राफ) आयो । त्यसको सन्देश थियो ‘छोरा छात्रावृतिको लागि सूचिमा परेको छ । जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई भेट्न जानु ।’ ‘सीडीओलाई भेट्नु भनेपछि बुबा आत्तिनु भयो । तर गाउँमा भारतीय मुलकका एक शिक्षक हुनुहुन्थ्यो । त्यो क्षेत्रकै सबैभन्दा सम्मानित व्यक्ति । उहाँले बुबालाई सबै बताइदिनु भयो । छात्रवृति पायो भने छोरोले काठमाडौंमा पढ्न पाउँछ, पछि धेरै राम्रो हुन्छ भनेर बुझाउनु भयो’ अनविज्ञताको अवस्था सुनाउँदै उनले भने- ‘त्यतिबेलासम्म मलाई पनि काठमाडौं भनेको थाहा थिएन । बुबालाई पनि थाहा थिएन । त्यो गाउँबाट हाम्रो हेडमास्टर बाहेक कोही पनि काठमाडौं आउनु भएको रहेनछ ।’ बुबाले सीडीओ भेट्नु भयो । सीडीओले के कस्तो छ भनेर सोध्नु भएछ । ४ जना सर्टलिष्टमा छोराको नाम परेको, त्यसबाट पनि एक जना छनौट हुने कुरा जानकारी दिनुभएछ । बुबा घर फर्कनुभयो । त्यसको २ महिनापछि म छनौटमा परेको खबर आयो । ‘पढाईको हिसावले चारै जना राम्रो तर अति विपन्न परिवारको बच्चा भनेर मलाई छनौट गरिएको रहेछ’ पछि आफूले बुझेको कुरा खुलालले सुनाए । त्यसपछि गाउँमा उनको खुबै चर्चा भयो । ‘राजाले छानेको, राजाको स्कूलमा पढ्न पाउने भयो, यस्तै यस्तै ।’ ९ वर्षको उमेरमा नै उनी काठमाडौं आउने भए । काठमाडौंमा त जाने तर कसरी ? खुलालको परिवारलाई थाहा थिएन । हेडसरले दुई/तीन दिन हिँडेर धरान जानुपर्ने र धरानबाट बस चढेर काठमाडौं जानुपर्ने बताएका थिए । अब खर्च कसरी जुटाउने ? खुलालको परिवारमा अर्को समस्या उर्जागर भयो । फेरी हेडसरले बुढानीलकण्ठ स्कूलमा चिठ्ठी लेखिदिनुभयाे- ‘खर्चको समस्या भयो भनेर ।’ बुढानीलकण्ठ स्कूलले बाटो खर्च भनेर १०० रुपैयाँ टेलिग्राममार्फत पठायो । धरानबाट काठमाडौं आउन बस भाडा ७४ रुपैयाँ लाग्ने रहेछ । ‘मलाई आउन खर्च पुग्यो । बुबाको लागि आफैले जो गर्नुपर्यो’ घट्नाक्रम बताउँदै उनले भने- ‘आसामका आफन्तले आफ्ना छोराछोरीलाई छोटो भएपछि बुबालाई पठाइदिएका पुराना कपडा लगाएर म काठमाडौं आएको थिए ।’ ‘बुढानीलकण्ठमा मलाई जिम्मा लगाएर बुबा फर्कनु भयो । म ४ कक्षामा पढ्न थालेँ’ उनले भने- ‘त्यतिबेला राजाको छोरो बुढानीलकण्ठमा पढ्छन् भन्ने ठूलो चर्चा थियो । तर राजाको छोरा को हुन् मलाई थाहा थिएन । ३/४ महिनापछि मैले थाहा पाएँ, मेरो कक्षाको साथी दिपेन्द्र राजा विरेन्द्रको छोरा रहेछन् ।’ उनी आश्चर्यमा परे । ‘मैले राम्रो अवसर पाएको छु । राम्रो पढ्नुपर्छ । मेरो दिमागमा त्यति थियो ।’ उनी भन्छन्- ‘मैले अन्य अवसरहरु उपयोग गर्न जानिन । अहिले मेरा विद्याथीहरुलाई भन्छु, पढ्नु पर्छ, पढाईलाई प्राथमिकतामा राख्नुपर्छ । तर अरु अवसर पनि सदुपयोग गर्दै जानुपर्छ ।’ १० कक्षा पढ्दै गर्दा एसएलसी पछि ए-लेवल पढ्ने धोको पलायो । उनी पढाईमा अझ केन्द्रीत भए । एसएसलीको रिजल्ट आयो । केशर बहादुर खुलालले ७४ प्रतिशत अंक ल्याए । दिपेन्द्रको नम्बर ७२ प्रतिशत आयो । ‘दिपेन्द्र पढाईमा तगडा नै थिए । पढाइ बाहेक उनी अरुमा पनि तगडा थिए । उनको स्वभाव अरु विद्यार्थी जस्तै थियो । पढ्ने, खेल्ने, बद्मासी गर्ने ।’ उनले भने । उनले यति भनेपछि हाम्रो कुराकानी दिपेन्द्रतिर मोडियो । दिपेन्द्र कस्ता थिए ? दरवार हत्याकाण्डमा उनको संलग्नताको सम्भावना के हो ? दिपेन्द्रका प्रेमिका को हुन् ? दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहन्थ्यो ? प्रश्नहरु मनमा उब्जिए । कुराकानीको क्रममा खुलालले दिपेन्द्रलाई ‘ऊ, आउँथ्यो, भन्थ्यो, सुनाउँथ्याे’ जस्ता शुन्य आदरार्थी शब्द प्रयोग गरेका छन्, जसले उनीहरु बीचको तँ, ऊ लेवलको साथी सम्बन्धलाई संकेत गरेको छ । कक्षा ४ देखि एसएलसीसम्म सँगै पढेकाले त्याे स्वभाविक पनि हाे । ‘म बुढानीलकण्ठको टिचर भएर आएपछि पनि ऊ भेट्न आउथ्याे । उसलाई पनि म ठूलो मान्छे भन्ने सोच थिएन । दिपेन्द्र राज परिवारको पहिलो सदस्य हो जसले सर्वसाधारणसँग हात मिलाउने, अंकमाल गर्ने गर्दथे । हामी सबै बराबर भन्ने शिक्षा उसलाई बुढानीलकण्ठले दिएको हो’ दिपेन्द्रको आनीबानीबारे संक्षेपमा खुलालले टिप्पणी गरे । दिपेन्द्र र दिव्यानी सम्बन्ध सहपाठीले युवराज दिपेन्द्र राम्रो मान्छे थिए भन्दै गर्दा १९ जेठ २०५८ को दरवारहत्याकाण्ड स्मरण गर्नै पर्यो । जहाँ दिपेन्द्रले गोली चलाएको सरकारी रिपोर्ट छ । खुलालले पत्याएका छन् त ? प्रश्न उठ्यो । ‘त्यतिबेला पनि मैले केही पत्रकारलाई अन्तरवार्ता दिएको थिएँ । त्यतिबेलादेखि अहिलेसम्म मेरो एउटै विचार छ । दिपेन्द्र साधारण मान्छे हो । उनी युवराज भएकोले हामीले धेरै अपेक्षा गर्नु अर्को पाटो भयो । मैले धेरै स्कूल र कलेजहरु भिजिट गरेँ, पढाएँ । सबै विद्यार्थीको उमेर, स्वभाव, गतिविधि उस्तै हुन्छ । ऊ पनि अरु जस्तै विद्यार्थी हो । एउटा विद्यार्थीले जस्तो बदमासी गर्दथ्यो, उसले पनि त्यस्तै गर्दथ्यो । ऊ भद्र भलाद्मी होइन । तर उसले गरेको बदमासी अरुलाई घात हुने प्रकृतिको पनि हुँदैनथ्यो । ऊ चञ्चले विद्यार्थी हो । १७/१८ वर्षको उमेरमा अरुले जे गर्छन्, दिपेन्द्रले पनि गर्ने त्यहि हो’ खुलाल बोल्दै गए । ‘तर म एउटा कुरा भन्छु । यदि दिपेन्द्र राजा भएको भए नेपालले जनतालाई बुझ्ने राजा पाउँथ्यो । त्यो हामीले गुमायौं’ उनले भने- ‘दिपेन्द्रलाई जनता बुझ्ने बनाउनु बुढानीलकण्ठको योगदान हो । तर उनी राजदरवारको संस्कारमा अभ्यस्त नहुनु पनि बुढानीलकण्ठको योगदान हो ।’ खुलालको अनुसार दरवारभित्रको विधि व्यवहारप्रति दिपेन्द्र असन्तुष्ट थिए । ‘दरवारमा त यस्तो गर्नुपर्छ, किन गर्नु परेको होला ? उसले प्रश्न गर्दथ्यो । ४०/५० वर्षका मान्छेहरु बसेका हुन्छन् । निर्णयको अपेक्षा मसँग गर्दछन् । मैले के निर्णय दिनसक्छु उनीहरुको लागि ? दिपेन्द्रले मसँग फ्रस्टेशनको कुरा गर्थ्याे । ऊ हामी जस्तै साधारण मान्छेको रुपमा प्रस्तुत हुन्थ्यो, युवराज जसरी होइन । उनले फेरी जोड दिए । ‘दिपेन्द्र राजा भएको भए, जनताको राजा हुन्थे । हामीले थाइल्याण्डको जस्तो प्यारो राजा पाउँथ्यौं ।’ युवराज दिपेन्द्र राजपरिवारसँग उसले परिवारको हत्या गर्यो वा गरेन त ? यो प्रश्नको विश्वासिलो जवाफ अब नआउने खुलालको विश्लेषण छ । दिपेन्द्रले हत्या गरेन भन्दा पनि एक थरिले पत्याउलान्, अर्को थरिले पत्याउँदैनन् । ‘गर्यो’ भन्दा पनि एकथरिले पत्याएका छन्, अर्काथरिले पत्याएका छैनन् । केशरबहादुर खुलालको निष्कर्ष छ- ‘उसले हत्या गर्ने सम्भावना पनि देख्छु, उसको नाममा अरुले हत्या गरेको त्यत्तिकै सम्भावना देख्छु ।’ दिपेन्द्रले हत्या गरेको सम्भावनाका आधार के छ ? खुलाल भन्छन्- ‘जे कारणले उसले गर्यो भनिएको छ नि, त्यो बारेमा उसको प्रश्न आईरहन्थ्यो । उसमा फ्रष्टेशन थियो । अरु सबैले आफूले छानेको बिहे गर्न पाउने, मैले किन नपाउने ? हामीसँग पनि उसले प्रश्न गर्थ्याे । दिव्यानीसँगको सम्बन्धको बारेमा दिपेन्द्रले कुरा गर्थे ? प्रेम सम्बन्ध कोट्याउने प्रश्न उठ्यो । ‘कुरा भाथ्यो । मसँग मात्र होइन, हामी साथीहरुसँग भाको थियो । ‘हैन अरु सबैले आफ्नो (श्रीमती) छान्न पाउने, मैले किन नपाउने ?’ उसको यो प्रश्न मलाई जायज लाग्छ, उसको एङ्गलबाट हेर्दा । तर हामीले हेर्दा ऊ त राजकुमार हो । ऊ राजाको छोरा हो । त्यसकारण उसले यसो गर्नुपर्छ, भन्छाैं । तर हामीले के बिर्सनु भएन भने ऊ पनि मान्छे हो, हाम्रा जस्तै उसको पनि चाहानाहरु हुन्छन् ।’ दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहेको थियो ? त्यसमा पनि रानी ऐश्वर्याले ? दिपेन्द्रले साथीहसँग के कुरा गरेका थिए ? यो पनि सहपाठीलाई मौका पर्दा सोध्नै पर्याे । ‘मैले सुनेअनुसार ‘गरिमासँग’ । गरिमा राणाले मेरै जुनियर पारस सिंहसँग विवाह गरिन्। पारसपनि बुढानीलकण्ठ कै प्रडक्ट हो। मैले सुनेअनुसार गरिमाले शुरू मै दरवारसँग सम्बन्ध जाेड्न चाहेकी पनि थिइनन् ।’ मानिसहरु राजा महेन्द्रले नाति पढाउन बुढानीलकण्ठ खोलेका थिए भन्छन् । उनले फरक प्रसंग उठाए । ‘तर मलाई त्यस्तो लाग्दैन । नजन्मेको नातिका लागि भोटो कसैले पनि सिलाउँदैन । दिपेन्द्र त आठौं व्याचका विद्यार्थी हो । नातिको लागि नै बनेको थियो भने अर्कै भिजनमा बन्थ्यो । जतिबेला नेपालमा जातिय भेदभाव ज्यादै थियो, आर्थिक, समाजिक विभेद व्यापक थिए । त्यतिबेला राजा महेन्द्रले बेलायतकी महारानीसँग यी सबै विभेद अन्त्य गर्ने खालको स्कूल मागे’ खुलालको बुझाई छ कि- ‘ठूला मान्छेलाई भनेर विभेदको अन्त्य हुँदैन । साना केटाकेटीहरुबाटै विभेदको अन्त्य गर्न बुढानीलकण्ठ स्कूल स्थापना भएको हो ।’ पहिलो व्याचदेखि नै धनीको छोरा छोरी र अति तन्नमको छोराछोरी सबैले बुढानीलकण्ठमा पढेका उनले बताए । सबै जातजातिका छोराछोरी त्यहाँ आए । जात थाहा नहोस् भनेर नै बुढानीलकण्ठमा पहिलो नामले बोलाइन्थ्यो । नाम जुधेको अवस्थामा रोल नम्बरले छुट्याइन्थ्यो । आर्थिक हैसियत फरक नदेखियोस् भनेर उठ्दा देखि सुत्दासम्म एउटै ड्रेस लगाइन्थ्यो । राजाको छोरा दिपेन्द्रले पनि हामीले जस्तै लुगा लगाए । एउटै भान्छामा खाए । त्यही काठको कडा खाटमा कपासको डसनामा सुते । राजाको छोराको थर पनि खुलाइएन । ८३२ दिपेन्द्र, ८०४ केशर । स्कूलको पहिचान यत्ति हो । अहिले पनि यहि व्यवस्था छ । त्यहि भएर त ऊ राजाको छोरा रहेछ भनेर थाहा पाउन पनि धेरै महिना लाग्यो । दीपेन्द्र र केशर सामूहिक फाेटाेमा उनले फेरी महेन्द्रको तारिफ गरे ‘महेन्द्रले जति दुरगामी सोच र योजनाका साथ काम गरे, त्यसरी काम अहिले पनि भएको छैन ।’ बेलायतकाे यूनिभर्सिटी टपर फेरी हामी केशरको पढाईमा जाऔं । उनले बुढानीलकण्ठमा ए-लेवल पनि पढ्ने मौका पाए । त्यहि बेला बेलायत सरकारले बुढानीलकण्ठ स्कूल नेपाल सरकारलाई हस्तान्तरण गर्ने नीति लियो । बुढानीलकण्ठकाे लागि आवश्यक जनशक्ति नेपाल भित्रै तयार गर्ने व्रिटिस सरकारको प्रस्ताव राजदरबार र व्रिटिस काउन्सिलबाट स्वीकृत भएपछि नेपालमा पहिलो पटक ए-लेवलको पढाई शुरु भएको रहेछ । ए-लेवलमा टप फोरमा परेकालाई बेलायत सरकारको स्कलरशिपमा बेलायतमै व्याचलर पढाउने, टिचर्स ट्रेनिङ गराउने नीति थियो । बेलायत पढ्न जानुपूर्व फर्केपछि कम्तिमा ५ वर्ष बुढानीलकण्ठमा पढाउनै पर्ने सर्त मान्नुपर्दथ्यो । त्यतिबेला बीएससी गर्नु भनेको ठूलो कुरा थियो । मास्टर गर्नु पर्दैन थियो । स्कलरशिपमा बेलायत पढ्न जाने र फर्केर बुढानीलकण्ठमा पढाउनेतर्फ केशरको ध्यान केन्द्रीत भयो । ए-लेवलमा टप फोरमा पर्ने ध्ययसहित पढाईमा केन्द्रीत भए । ‘म्याथ त मैले बुझेर नै पढेको हो । फिजिक्स त पुरै घोकेर पढेको’ उनले भने- ‘रिजल्ट ठिकै आयो । म ७औं नम्बरमा परेँ ।’ स्कलरशिप टप फोरमा पर्ने ४ जनाले पाउने । उनी सातौंमा परे । चाहे जस्तो भएन । उनी एक वर्ष खाली बस्नुपर्ने भएको थियो । तर बुढानीलकण्ठमा भोलुन्टर टिचरको रुपमा पढाउने मौका पाए । ए-लेवलको परीक्षा दिएपछि नतिजा नआउँदासम्म सबै विद्यार्थीे विभिन्न देशका अब्बल कलेजहरुमा स्कलरशिपको लागि एप्लाई गरे । ‘ए-लेवलको टपरले क्यामव्रिज यूनिभर्सीटिमा स्कलरशिप पाए । म भन्दा अगाडिका अरु दुई जनामा पनि एक जना हार्डवर्ड र एक जना एमआईटी पुगे ।’ उनले भने- ‘अब म बेलायतको स्कलरशिपमा पढ्न पाउने भएँ ।’ केशरबहादुर खुलाल बेलायतमा गएर फिजिक्स पढ्न थाले । ‘जिन्दगीमा म पहिलो पटक ढुक्क भएँ । अब व्याचलर डिग्री पास गरि हालिन्छ । फर्केपछि बुढानीलकण्ठमा जागिर पक्का भईहाल्यो’, केशरले भने- ‘अर्को कुरा पनि त्यतिबेलै कन्फर्म गरेको हुँ, अब म जिन्दगीभर टिचर । किनकी ३ वर्ष व्याचलर पढ्ने । त्यसपछि एक वर्ष टिचर्स ट्रेनिङ लिने । त्यसपछि बुढानीलकण्ठमा ५ वर्ष टिचिङ गरेपछि अरु केही गरिँदैन ।’ बेलायत पढ्न थालेपछि उनलाई मनमा केही डर पलायो । कक्षामा उनी एक्लो विदेशी । उनी प्रति सबै टिचरहरुको एटेन्सन भयो । ‘फस्ट टर्ममा मैले ठिकै नम्बर पाएँ तर वार्षिक परिक्षामा म यूनिभर्सिटी टपर भएँ’, खुलाल भन्छन्- ‘त्यसपछि मलाई सबैले चिन्ने नै भए । बडाे खुशीका साथ पढाई सकियो । तीनै वर्ष म यूनिभर्सिटी टपर भएँ ।’ बेलायत पढ्दा हिउँमा केशर ‘विश्वविद्यालयको टपर थिएँ । मैले बेलायत वा अरु कुनै पनि देशमा अवसरहरु पाउन सक्थेँ । तर म आफ्नो प्रतिवद्धतामा अडिक हुने मान्छे । मैले ५ वर्ष बुढानीलकण्ठमा पढाउने प्रतिवद्धता लिखित रुपमा नै शिक्षा मन्त्रालयमा गरेको थिएँ । त्यसैले दायाँबाँयाँ सोचिन ।’ त्यसपछि एलेवलमा कसरी पढाउने भनेर एक वर्ष टिचर्स ट्रेनिङ लिएर उनी नेपाल फर्किए । फिजिक्स पढाउन थालेँ । साधारण टिचर्सबाट प्रमोशन हुँदै हुँदै प्रिन्सिपल भए । ‘प्रिन्सिपल पनि म खुला प्रतिस्पर्धाबाट भएको हुँ । प्रोफेशर डा. सुरेशराज शर्मा छनौट समितिको अध्यक्ष हुनुहुन्थ्यो’ उनले भने- ‘बुढानीलकण्ठमा २६ वर्ष पढाएँ । अन्तिम समयसम्म पनि मैले फिजिक्स नै पढाएँ ।’ पाठ्यक्रम निर्धारण समिति, परीक्षा नियन्त्रण कार्यालय लगायत शिक्षा क्षेत्रका विभिन्न निकायले उनलाई पटक पटक जिम्मेवारी पनि दिँदै आएको छ । ‘मलाई राष्ट्रले यो ठाउँमा ल्यायो । मैले सकेको राष्ट्रलाई सहयोग गर्नुपर्छ’ उनले भने । ‘मसँगै पढेका धेरै साथीहरु विदेशमै बसे । हामी थोरै मात्र नेपालमा छौं’ उनले भने- ‘मलाई लाग्छ राष्ट्रले म माथि लगाएको ऋण तिरेँ । अब आफूखुसी काम गर्न चाहान्छु ।’ उनी काठमाडौं आएको ४१ वर्ष भयो । पढाउन थालेको २७ वर्ष भयो । ‘संसारका धेरै देश घुमियो । धेरै कुरा देखियो, सिकियो । मान्छेलाई जति भएपनि पुग्ने रहेनछ’ उनले भने–‘मैले त अहिलेसम्म घर बनाउन पनि सकेको छैन । कहि न कहि व्यवस्था भएको छ । सरल तरिकाले बाँच्न पुगे भयो ।’ छोरी भारतमा ब्याच्लर पढ्दै छिन् । छोराले गत वर्ष ए-लेवल सकेका छन् । अहिले नर्थ वेष्टर्न यूनिभर्सिटीमा फूलस्कलशिप पाएर अमेरिका जाने तयारीमा छन् । ‘छोराछोरीको पढाई राम्रो छ । उनीहरु विस्तारै सेटल हुँदैछन् । श्रीमती जब गर्छिन् ।’ उनले परिवारिक जीवनबारे खुलाउँदै भने- ‘सपना ठूलो छैन । सानो परिवार, खुसी परिवार ।’ २६ वर्ष पढाएको । बुढानीलकण्ठकाे जागिर । प्रिन्सिपलबाट अवकाश लिएको । काठमाडौंमा घर बनाएको छैन भन्दा केही जिज्ञासा राख्नै पर्यो । किन र कसरी ? उनी खुल्दै गए । ‘बुढानीलकण्ठको टिचरलाई बस्न, खान, छोराछोरीलाई पढाउन सुविधा हुन्छ । हातमा पैसा धेरै आउँदैन’ उनले भने- ‘जति पैसा आउँछ, अलिअलि आफ्ना खर्च हुन्छन्, अलि अलि घरमा खर्च हुन्छ । पहिलो कमाई बुबाआमाको ऋण तिर्नमा गयो । परिवारमा सानो तिनो सहयोग गर्दा मेरो कमाई सकिन्थ्यो । बुबालाई तराई झर्ने रहर भयो । अढाई कठ्ठा जग्गा किनेर सानो घर बनाई दिएँ । दाई निरक्षर हुनुहुन्छ । उहाँ पहाडमै हुनुहुन्छ । उहाँको लागि पनि मैले केही गर्न सकेको छैन । मैले राष्ट्रको लागि जति गरे, आफ्नाजनको लागि केही गर्न सकेको छैन ।’ ‘सम्पत्तिको नाममा ६ आना जग्गा जोडेको छु । घर बनाएको छैन ।’ बैंक व्यालेन्स नि ? ‘छैन । नेगेटिभ छ । छोराछोरीको पढाईमा खर्च भयो ।’ ‘छोरो छोरीको पढाईमा अब खर्च हुँदैन । बुढानीलकण्ठमा भन्दा यहाँको कमाई अलि बढी पनि छ । अब बचत हुन्छ होला’ उनी भविष्यमा घर बनाउन सकिन्छ कि भन्ने आँटमा पुगेका छन् । जीवनको एक पाना उतारेपछि खुलालसँग अर्को प्रश्न साेधियो, ‘जीवन के हो ?’ ‘बढो गाह्रो प्रश्न’ उनले भने- ‘म दार्शनिक होइन । बाँच्ने कसरी ? के मा सन्तुष्ट हुने त्यसमा भर पर्छ ।’ ‘म भविष्यमा यसो गर्छु भनेर योजना बुन्ने मान्छे पनि होइन । जे आउँछ, त्यो गर्दै जाने । त्यसैले पनि म कतिपय ठाउँमा पछाडि परे कि जस्तो लाग्छ । दोस्रो, सानै देखि म सिद्धान्तमा हिड्ने मान्छे परे । त्यसले कतिपय ठाउँमा फाइदा गरेको छ । कतिपय ठाउँमा धोका पनि भएको छ ।’ ‘म पब्लिक रिलेशनमा कमजोर छु । भोलि यो मान्छे मलाई चाहिन्छ भनेर आजैदेखि भूमिका बाँध्ने काम म जान्दिन । त्यसले मलाई धेरै ठाउँमा धोका दिएको छ । तर मलाई पश्चाताप छैन’ उनी भन्छन्- दोस्रो, इमान्दार बन्नैपर्छ । जेमा पनि नढाँटी काम गर्नुपर्छ । घुम्दैफिर्दै एकदिन आउँछ ।’ सिद्धान्त आफैमा धेरै माझिएर, खारिएर आएको हुन्छ । सिद्धान्तमा नहिड्दा धोका पाउनेहरु धेरै छन् तर सिद्धान्तमै हिँडेकोले धोका कसरी भयो प्रिन्सिपल केशर बहादुर खुलाललाई ? प्रश्न स्वभाविक रुपमा उठ्छ । ‘सिद्धान्तमा हिड्नुपर्छ भन्नेमा म अडिक छु । बुढानीलकण्ठले हामीलाई त्यहि शिक्षा दियो । तर बुढानीलकण्ठमा पढेको विद्यार्थी बेलायत वा युरोपमा वा विधि र पद्धतिमा चलेको समाजमा सजिलै एडजस्ट हुन्छन् । तर नेपालमा हुँदैनन्’ उनले समाजको विकासको अवस्था र यहाँको प्रणालीमा खोट रहेको संकेत गर्दै भने । उनले भने- ‘मेरो समकक्षी वा मैले पढाएको विद्यार्थी सबैको एउटा निष्कर्ष छ कि अरु स्कूलमा पढेका विद्यार्थीलाई विदेशमा कल्चरल सक् हुन्छ, बुढानीलकण्ठमा पढेको विद्यार्थीका लागि नेपालमा कल्चरल सक् हुन्छ । त्यो मलाई पनि भएको छ । नेपालमा कसरी काम गर्नुपर्छ र कसरी काम गराउनुपर्छ भनेर सिक्न आफूलाई धेरै गाह्रो भएको अनुभव उनले सुनाए । ‘सहि काम गर, मिहिनेत गरे, त्यसको नतिजा राम्रो आउँछ, बुढानीलकण्ठमा हामीले सिक्यौं । तर नेपालमा यो लागू हुँदैन’ उनले निष्कर्ष सुनाउँदै भने- ‘नेपालमा चट्याइ, फट्याइ चल्छ, जान्नुपर्छ । बुढानीलकण्ठमा जे पढ्नुभयो र पढाउनु भयो, काठमाडौं वर्ल्ड स्कूलमा त्यहि पठाउनु हुन्छ कि चट्याइ, फट्याई ? प्रश्न उठायौं । ‘अहिले आएर जीवनमा जे जति सिकेँ त्यसको आधारमा म दुई कुरा पढाउँछु, एउटा फिजिक्स, जुन बुढानीलकण्ठमा जे पढाउँथे, त्यही पढाउँछु । दोस्रो, जीवनका कुरा पढाउँदा २६ वर्षमा जे सिकेँ, त्यो मिसाएर पढाउँछु । पत्रकार सुवास घिमिरे, विवेकशिल साझा पार्टीका उज्जवल थापा, त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन पेशा समेत गर्दै पोखरामा जलमहल होटल खोलेका दिनेश प्रसाई, डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, चिकित्सक डा ज्ञानु आचार्य, डा गोपाल सापकोटा लगायत उनका विद्यार्थीहरु देशविदेशमा राम्रो स्थानमा पुगेका छन् । प्रधानमन्त्रीसँग टक्कर बुढानीलकण्ठमा उनले जसरी पढ्ने मौका पाए, अरुको लागि त्यो मौका छ ? वा ठूलाबडाको हालिमुहाली ? उनीसँग अन्तिम प्रश्न गर्यौं । ‘बुढानीलकण्ठ राष्ट्रको सम्पत्ति हो । त्यसमा प्रधानमन्त्रीदेखि सामान्य नागरिकको हक बराबर छ’ उनले भने । ‘६ वर्ष म बुढानीलकण्ठको प्रिन्सिपल भए । त्यस अवधिमा कसैको भनसुन वा लोभ प्रलोभनमा पारेर विद्यार्थी भर्ना गराए भनेर कसैले एक जना पनि मेरो अगाडि उभ्याउन सक्दैन । यो मेरो च्यालेन्ज हो’ उनी जोशिए । पहुँचवालासँग ६ वर्षसम्म संघर्ष गरेको उनले बताए । ‘एक दिन तत्कालिन प्रधानमन्त्रीले मलाई फोन गरेर उहाँको विद्यार्थी भर्ना गर्न भन्नुभयो । मैले सिधै भने, ‘प्रधानमन्त्रीज्यू, मैले हजूरबाट यस्तो आशा गरेको थिइन । मैले त ‘तपाईं बुढानीलकण्ठको प्रिन्सिपल हुनुहुन्छ, यो राष्ट्रको धरोहर हो । यसलाई जोगाउन नियम, नीतिमा चल्नु है भनेर भन्नुहुन्छ भनेर आशा गरेको थिए । मैले ठाडै भने । प्रधानमन्त्रीको नाम नभनौं । मन्त्रीहरु त कतिसँग झगडा गरियो, गरियो । मलाई बुढानीलकण्ठको त्यो कुर्सीमा बस्दासम्म गाह्रो भयो । तर अहिले मलाई गर्व लाग्छ मेरो आफ्नो कामप्रति ।’ ‘मन्त्री वा प्रधानमन्त्री हुने बित्तिकै यो राष्ट्रका राम्रा चिजविज सबै उनीहरुको हुनुपर्ने ? त्यो उसको अधिकार हो ?’ आम मानिसले जस्तै उनले प्रश्न गरे । ‘उहाँले भनेको व्यक्तिलाई भर्ना गरिदिनु भनेको त आवाज नभएको व्यक्तिको अवसर खोसिनु हो नि ? म काठमाडाैं वर्ल्ड स्कूलमा त्यो भन्दिन । यहाँ यहाँका लगानीकर्ताले भनेका व्यक्ति सजिलै भर्ना हुन सक्छन् । तर बुढानीलकण्ठमा त्यस्तो अधिकार कसैलाई पनि छैन । यस्तो सिद्धान्त बोकेपछि नेपाल जस्तो देशमा गाह्रो हुन्छ, विदेशमा त्यस्तो हुँदैन ।’ सिद्धान्त र व्यवहारमा उनी प्रष्ट देखिए ।