म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’
३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’ ‘जसले मलाई भाग्यमानी ठान्छन्, उनीहरुलाई के थाहा मेरो मिहिनत’ उपासना भन्छिन्- ‘हुनसक्छ, लकले पनि साथ दिनुपर्छ । तर म बिहानैदेखि राती अबेरसम्म अफिसको काम गर्छु । कुनै दिन राती ४ बजेसम्म अफिसमा बसेर काम गरेको छु ।’ उनकी छोरी ७ महिनाको भइन् । अहिलेपनि घरबाट बिहान ८ः३० बजे निष्कनु र बेलुका ९/१० बजे घर पुग्नु उनको दैनिकी हो । ‘छोरी ममीले हेर्नुहुन्छ । एक जना सहयोगी राखेकी छु’ उनले लामो स्वास फेरिन् र भनिन्- ‘गाह्रो छ ।’ किन ? ‘यति सानो बच्चा घरमा छोडेर अफिसमा १२/१४ घण्टा काम गर्छु । तपाईं आफै भन्नुहोस् न ।’ उनले सोचलाई तत्काल बदलिन् । ‘तर म ह्यापी छु । घर छ । परिवार छ । आफ्नो देशमा काम गर्न पाएको छु ।’ पढाई र जबको सिलसिलामा एक दशकभन्दा बढी विदेशमा बसेकाले होला, देशमा बसेर काम गर्न पाउनुलाई पनि उनले खुशीको रुपमा प्रकट गरिन् । भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम गर्दा तलब, अतिरिक्त सुविधा, बोनस सहित वर्षमा ६० लाख रुपैयाँसम्म कमाइ हुने गरेको तर नेपालमा त्यो भन्दा धेरै कम भएको उनले बताइन् । तर उनी खुशी देखिन्छिन् । भन्छिन्- ‘मलाई नेपालमै ठिक छ । आफ्नै देशमा काम गर्न पाइएको छ । घर छ । परिवार छ । पहिचान छ ।’ देश र पहिचानको कुरा गर्नु, भारतमा भन्दा कम पैसा भए पनि नेपालमा काम गर्दा खुशी हुनुमा अर्को कारण पनि रहेछ । भन्छिन्- ‘भारतका कम्पनीहरुमा कार्यकारी प्रमुख पदमा रहेर काम गर्ने अवसर नेपालीलाई हमेसा मिल्दैन । नेपालभित्र टप लेबलमा बसेर काम गर्न पाइने अवसर प्रशस्त छ । मलाई पैसाले भन्दा रिकग्निशनले बढी सन्तुष्टि दिन्छ ।’ पाँच वर्षअघि कसैले तिम्रो चाहाना के हो भनेर प्रश्न गर्यो भने उनी भन्थिन्- ‘मेरो चाहाना भीपी (भाइस प्रेसिडेन्ट) बन्ने ।’ डेपुटी सीईओ भईसकेपछि उनको चाहना फेरिएको छ । ‘अहिले कम्पनी कसरी राम्रो बनाउने भन्ने चाहना छ । काम राम्रो गर्नेलाई अवसर आइहाल्छ ।’ नेपाली युवा पुस्तामा आफै उद्यमी बन्ने आकांक्षा धेरैमा पलाएको छ । तर उपासनाले विजनेशमा आफ्नो रुचि नभएको बताइन् । ‘आफै बिजनेश गर्दिन । चाहेको भए बाबाको विजनेश नै चलाउँथे ।’ शिक्षित परिवारमा जन्म विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ काठमाडौंको कुलेश्वरस्थित शिक्षित परिवारमा जन्मेकी उपासना । हजुरबुबा पण्डित पनि, स्कूलको प्रधानाध्यापक पनि । बुबा व्यवसायी । आमा बैंकर्स । एमबीएपछि उनलाई बैंकमा काम गर्न मन थियो । नसोचेको क्षेत्र जनरल इन्स्योरेन्समा उनी डुबिन् । उनले स्कूल शिक्षा डिएडीबाट लिइन् । प्लसटु डनबास्कोबाट । बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर काठमाडौं कलेज अफ म्यानेजमेन्टमा गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् । पहिलो काम भारतको पुनेस्थिति कमेन्स इन्डिया नामक कम्पनीमा गरिन् । गाडीको इन्जिन लगायत मेरिनरी सामान उत्पादन गर्ने यो कम्पनीमा उनले ९ महिना काम गरिन् । उपासनाको विवाह हुने भयो । केटा नेपाली नै हुन् तर बम्बईमा बस्थे । त्यहाँ औषधि कम्पनीमा चीफ फाइनान्स अफिसर थिए । विवाहसँग उपासना पनि बम्बई बस्ने भईन् । तर काम गरिरहेको कम्पनीको शाखा बम्बईमा अफिस थिएन । उनले अफिस छोडिन् । विवाह लगत्तै उनले बम्बईमा आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन्, प्रडक्ट मेनेजर भएर । इन्डियाको टप फाइभ कलेजबाट पासआउट भएकोले राम्रो पाेजिशन दियो कम्पनीले । बैंकले गराउने बीमा पाेलिसी (बैंक्यास्याेरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले । ‘तीन वर्षमा बढुवा हुने कम्पनीको नियम भए पनि मैले एक/दुई वर्षको बीचमा प्रमोशन पाए । म सिनियर प्रडक्ट म्यानेजर भए । नेतृत्व विकास गर्ने कम्पनीको योजनाभित्र मैले ग्रुप लिडर हुने मौका पाए । बीमा भित्र फाइनान्स बाहेक सबै जिम्मेवारी हेर्ने मौका पाए । प्रडक्ट डेभलपमेन्ट, रिइन्स्योरेन्स, आईटी म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गरेँ’ उनले अनुभव सुनाइन् । उक्त कम्पनीमा काम गरेको ३ वर्ष भएको थियो । उनलाई भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा जोइन भइन् । भाेडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । त्यतिबेला उपभोक्ताहरु पोष्टपेड छोडेर प्रिपेडमा जान थालेका थिए । ‘पोष्टपोड छोडर प्रिपेडमा जाने ग्राहकलाई कसरी रोक्ने, भोडाफोन छोडर अरु टेलिकमको सर्भिस लिन खोज्नेलाई कसरी रिटेइन गर्ने भन्ने जिम्मेवारी काँधमा आयो’ उनले भनिन्- ‘नयाँ ग्राहक कसरी वृद्धि गर्ने भन्ने पनि थियो ।’ भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा आईसीआईसीआई काम गर्दाको उपासनाको मेन्टरले भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम शुरु गरे । पूर्व मेन्टरको अफरमा फेरी उपाशना जनरल इन्स्योरेन्स कम्पनीमा फर्किन् । ‘इन्स्यारेन्स जानेको क्षेत्र पनि भयो । मलाई इन्स्योरेन्समा फेरी फर्कन मन लाग्यो । म भारतीय एक्जामा जोइन भएँ ।’ भारतीय एक्जामा दुई वर्ष काम गरेपछि उनी नेपाल फर्किन् र सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धक भइन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । गत मंसिरदेखि उनी यूनाईटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरिन् । उनले छोटो अवधिमा ६ कम्पनी परिवर्तन गरेको देखियो । जसलाई राम्रो मानिदैन । तर उपासनाले आफ्नो बचाउँ गरिन् । ‘कमेन्समा काम गर्नु मेरो चाहाना थिएन । कलेजको सिस्ष्टमबाट जानु परेको हो । आईसीआईसीआई मैले राम्रो अवसर पाएको हुँ । ३ वर्षसम्म काम पनि गरे । तर मलाई कन्जुमर इडिस्ट्रजमा काम गर्ने चाहानाले म भाेडाफोन गए । भारतीय एक्साबाट फर्कदा म अब जनरल इन्स्योरेन्समा नै काम गर्छु भनेर फर्किए । त्यसपछि म निरन्तर जनरल इन्स्योरेन्समा छ । उनी थप्छिन्- ‘मलाई धेरैले भन्छन्- तिमी त धेरै स्थीर भयौं । मलाई लाग्छ- युनाईटेडमा कम्तिमा ५ वर्ष काम गर्छु । दोस्रो, म जनरल इन्स्योरेन्स भन्दा बाहिर जान्न । उनले आँटिलो प्रस्तुति राखिन् । ‘मलाई पैसा भन्दा रिकग्निशनले मनपर्छ । जुन क्षेत्रमा म छु, त्यो क्षेत्रमा मलाई राम्रो ज्ञान छ । जोसँग जे विषयमा ज्ञान छ उसले त्यहि क्षेत्रमा मात्र रिकग्निशन पाउँछ । बैकिङ क्षेत्रबाट धेरै अफर र अवसर आएको तर नगएको उनको भनाई छ । ‘मैले धेरै वर्ष बीमामा काम गरे । विदेशमा, नेपालमा । अब म यो क्षेत्रमा नै काम गर्छु । सोचमा परिवर्तन ल्याउन सक्छु ।’ कुराकानीको क्रममा अब उनी बीमा क्षेत्रको समस्याको जडमा पसिन् । ‘बीमा जबर्जस्ती गर्नुपरेको छ । बीमा कम्पनीले पैसा लग्यो । बीमा गरेर केही पाउने होइन भन्ने माइन्डसेट छ । बीमा गर्नु भनेको पैसाको बर्वादी मात्र हो भन्ने बीमितलाई परेको छ । यस्तो सोचमा परिवर्तन गर्न सकिन्छ’ उनले भनिन्- ‘नेपालमा खराब अनुभवहरु पनि छन् । बीमा दावी भुक्तानी पाउन धेरै गाह्रो भएको भएको उपभोक्ताको अनुभव छ । त्यसमा हामीले सुधार थालिसकेका छौं ।’ उनले अपनाएको नयाँ शैलीबारे पनि भनिन् । ‘पहिला बीमा गर्दा पोलिसीमा लेखिएका सबै कुरा बुझाउँछौं । बीमा दावी गर्दा कति पाइन्छ, त्यो सबै बुझाउँदैछौं । दोस्रो, हामी हेल्पलाईन राख्दैछौं । बीमा दावी आओस् वा नआओस्, ग्राहक सेवा दिनुपर्छ । २४ सै घण्टा सेवा दिन्छौं । टाउको दुख्यो, कहाँ उपचार गर्ने ? हामी ग्राहकलाई सुझाव दिन्छौं । गाडी ठोकियो । कहाँ जाने ? के गर्ने ? हामी सबै भनिदिन्छौं । बीमा दावी आयो भने स्वास्थ्य बीमाको ७ दिनभित्र, मोटर बीमा १५ दिनभित्र भुक्तानी दिने याेजना छ । हामी नयाँ प्रडक्ट पनि ल्याउँदै छौं, जहाँ डिडक्सन कम होस्, ग्राहकलाई वेष्ट अफ मनि भन्ने फिल गर्नु नपरोस् । उनी व्याख्या गर्दै गईन् । हामी कहाँ बीमा पोसिली बेच्ने तरिका ठिक छैन । किन्नेले पनि, बेच्नेले पनि सस्तो पोलिसीमा फोकस भयो । गोदामको बीमा दोकानको रेटमा गरिन्छ, गराइन्छ । सस्तो बीमाको बेफाइदा बीमितलाई बुझाउने प्रयास जरुरी छ । हामीले कर्पोरेट क्लाइन्टलाई एक्स्पर्टबाट बुझाउने काम शुरु गरेका छौं । एक जना स्टाफलाई पठाएर ल हेर है मात्र भनेका छैनौं । मेडिकल इन्स्योरेन्स र मोटर इन्स्योरेन्समा नयाँ अभ्यास गर्दैछौं । ५५ प्रतिशतको ग्रोथ युनाईटेड इन्स्योरेन्स स्थापनाको क्रममा ५औं कम्पनी हो । बिजनेशको हिसावले कुनै बेला टप थ्रीमा पर्थ्यौं । यो कम्पनीको प्रमोटर ठूला र सफल व्यवसायीक संस्था छन् । हामीसँग युवा कर्मचारी छन् । कर्मचारी पनि बीमाबाट मात्र नभई अरु क्षेत्रबाट पनि आएका छन् । हामीले राम्रो शुरुवात गरिसकेको छौं । चालु आर्थिक वर्षमा ५५ प्रतिशतले विजनेश ग्रोथ भएको छ । हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं ।
माक्सकाे लागत ८ रुपैयाँ, बिक्री ७ रुपैयाँमा, उपभाेक्ताकाे हातमा सित्तैमा
काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको पत्तै हुँदैन’ विकासन्युजसँगको कुराकानीमा पहिलो वाक्य हो उनको । घर–फ्याक्ट्री आवतजावत नियमित छ उनको । पछिल्लो समय उनी माक्स उत्पादन र वितरण कार्यमा व्यस्त छन् । ‘बधाई छ तपाईलाई संकटको बेलामा पनि राम्रो व्यवसाय थाल्नु भयो । नाफा पनि राम्रो भएको होला’ विकासन्युज प्रतिनिधिले उनको तारिफ गरे । तर दीपकले आधा स्वीकार गरे, आधा अस्वीकार । ‘बधाई दिनुभयो । धन्यवाद । तर नाफा लिएर व्यापार गरिरहेको छैन । घाटा खाएर समाज सेवा गरिरहेको छु’ उनले जवाफ दिए । किन र कसरी ? प्रश्न स्वभाविक भयो । ‘हामीले शुरुमा निःशुल्क वितरण गर्ने प्रयोजनको लागि निम्बस ग्रुपबाट प्रति माक्स ७ रुपैयाँमा किनेर वितरण थालेको थियौं । पछि भारतबाट हामीले माक्स बनाउने मेसिन ल्यायौ । शुरूमा त्यसकाे पनि लागत प्रति माक्स ७ रुपैयाँ आयो । हामीले लागत मूल्यमा नै बेच्ने निर्णय गर्यौ’–उनले भने । ‘माक्स मेसिनले बनाउँछ । त्यसको लागत ५ रुपैयाँ २५ पैसा पर्छ । माक्सको इलास्टिकको जोडिको ७५ पैसा पर्छ । इलास्टिक मान्छेले सीउनु पर्छ । प्रतिमाक्स सिलाउने खर्च शुरूमा १ रुपैयाँ मात्र थियाे । हामीले ७ रुपैयाँ मूल्य तय गर्यौं’ उनले प्रष्ट्याउदै भने–तर पछि कामदारले १ रुपैयाँमा काम मानेनन् । माक्समा इलास्टिक लगाउने मान्छे नै नपाएपछि प्रतिपिस २ रुपैयाँ दिएर काम लगाएको छु । अहिले लागत प्रतिपिस ८ रुपैयाँ परेको छ । तर घाटा नै खाएर भएपनि ७ रुपैयाँमा बेचिरहेको छु ।’ घाटा कहिलेसम्म खाने त ? प्रश्न फेरी उठ्यो । ‘आईएमएस ग्रुपले संस्थागत सामाजिक उत्तरदाहित्व सम्झेर काम गरिरहेकाे छ । यो हाम्रो नियमित विजनेश पनि होइन । जब बजारमा सर्बसाधारणले सहज रुपमा र सरल मुल्यमा माक्स पाउन थाल्छन्, हामी उत्पादन बन्द गछौं’ उनले भने । अहिले माक्स उत्पादन गरिरहेको मेसिन एक गार्मेन्ट व्यवसायीसँगको साझेदारीमा राखिएको उनले बताए । अवस्था सामान्य भएपछि उक्त उद्योगले कपडा उत्पादन थाल्ने उनको भनाई छ । उक्त उद्योग लगाउन र ५ टन कच्चा पदार्थ किन्दा करिब १ करोड रुपैयाँ लगानी भएको उनले बताए । उनकाे कम्पनीले हाल दैनिक ५० हजार पिस माक्स उत्पादन गरिरहेकाे छ । माक्स बनाउन प्रयोग हुने फेब्रिक बाँकी भएपनि त्यसको इलास्टिक (कानमा बाँध्ने डोरी) सकिन लागेकोले उत्पादन नै राेकिने हाे कि भन्ने उनकाे चिन्ता छ उपभोक्तालाई सित्तैमा ८ रुपैयाँ लागत, ७ रुपैयाँमा बिक्री, उपभोक्तालाई सित्तैमा । सुन्दा अपत्यारिलो लाग्छ तर दीपककाे माक्स उत्पादन र बिक्री चक्र यसरी नै चलिरहेकाे देखिन्छ । प्रतिपिस ८ रूपैयाँ लागत भएकाे माक्स आफूले प्रति पिस ७ रुपैयाँ बेचिरहेकाे र उपभाेग गर्नेले सित्तैमा पाईरहेको उनले बताए । ‘हामीले ७ रुपैयाँमा बेचेको माक्स बजारमा बिक्री भईरहेको छैन’ उनले प्रष्ट्याउदै भने –‘सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रहरीलाई गरी करिव १ लाख पिस सित्तैमा वितरण गर्यौ । बाँकी सबै निजी अस्पताल, बैंक, नगरपालिका, गाउँपालिका वा सामाजिक संस्थालाई बेचिरहेका छौं । अस्पताल र बैंकहरुले आफ्ना कर्मचारी निःशुल्क वितरण गरेका छन् । नगरपालिका, गाउँपालिकाले आफ्ना कर्मचारीलाई र स्थानीयलाई निःशुल्क वितरण गर्न लगेका छन् । र, अरू माक्स सामाजिक कार्य गर्ने संस्थाहरुले लगेका छन् ।’ आईएमएसमा माक्स किन्न अडर गर्ने संघ संस्थाको चाप उच्च छ । कारण पनि उनले खुलाए । ‘एउटा संस्थाले हजार पिस माक्स सित्तैमा बाँढ्दा उसको खर्च ७ हजार रुपैयाँ मात्र हो । थोरै खर्च गरेर धेरै जनालाई सहयोग गर्न पाएकोमा संघ संस्थाका प्रतिनिधिले माक्स वितरणालाई प्राथमिकता दिएका छन् । ‘हामीसँग किनेर उपभोक्तालाई बेच्छु भन्नेलाई हामी बेच्दैनौ । फ्रिमा बाँड्नेको माग हुँदासम्म मात्र उत्पादन गर्छौं’ उनले भने । अहिले दैनिक १० लाख माक्स उत्पादन गरे पनि बिक्ने उनले बताए । तर आफूहरुले दैनिक ५० हजार पिस मात्र उत्पादत तथा बिक्री वितरण गरिरहेको उनको भनाई छ । कम्पनीको उत्पादन क्षमता दैनिक ७० हजार पिस भए पनि हाल दैनिक ५० हजार पिस मात्र उत्पादन हुने गरेकाे उनले बताए । उत्पादन कार्यमा आइएमएस ग्रुपले लगानी गरेको छ भने वितरणको काममा नेपाल चेम्बर अफ कमर्शले समन्वय गरेको उनले बताए । अनलाईन बिक्रेता सस्तो डिलसँग सामान किनेर सेलपेबाट भुक्तानी गर्नेलाई १० वटासम्म माक्स सित्तैमा दिइने पनि उनले बताए । लकडाउन तपाईलाई लागेको रहेनछ, लेखकले विट मार्दै भने । छैन । उनले दैनिकी पुरै सुनाए । ‘विहान उठेर एक्सरसाइज गर्छु । नुवाइधुवाई गर्छु । हलुका ब्रेकफाष्ट लिन्छु त्यसपछि दिउँसो के के गर्ने प्लान बनाउँछु । खाना खाएर सबैभन्दा पहिला ललितपुरस्थित लुभुमा रहेको फ्याक्ट्रीमा जान्छु । संक्रमणको जोखिम नहोस भनेर अहिले ड्राइभर राखेकाे छैन, आफै ड्राइभ गर्छु । एक टिप सामान लिएर अफिसमा झर्छु । दिनभर अफिसको काम गर्छु । साँझ घर फर्कन्छु ।’
विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिताः भविष्य कोरौं, एक लाख जितौं
काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने, महामारीको प्रतिकारका लागि नयाँ सोच, विचार अगाडि सार्ने र सरकारलाई पनि सहयोग गर्ने उद्देश्यले स्वतन्त्र लेखन प्रतियोगिता गर्न लागिएको विकासन्युजको प्रवद्र्धक कम्पनी विकास मिडियाले जनाएको छ । स्वतन्त्र लेखन ‘कोरोना महामारी र हाम्रो भविष्य’ विषयमा केन्द्रीत हुनुपर्नेछ । यसमा कोरोना महामारीको विश्वव्यापी अवस्था, नेपालको अवस्था, यसबाट बच्ने उपायहरु, यस महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु, नेपालमा अगाडि देखिएका चुनौतिहरु, यसले विश्वलाई दिएको सन्देशहरु, विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु, मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु, मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु, वातावरण र जीवजगत्मा पर्ने असर लगायतका विषयहरु समेट्नु पर्नेछ । स्वतन्त्र लेखनको साथ विषयबस्तु सँग मेल खाने फोटोहरु (कम्तिमा १ र बढीमा ५ वटा) पठाउनु पर्नेछ । यस प्रतियोगितामा इच्छुक नेपालीले आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कविता वा अन्य शैलीमा आफ्ना प्रस्तुती राख्न सक्नेछन् । यस खुला स्वतन्त्र लेखन प्रतियोगितामा सबै नेपाली नागरिकले भाग लिन पाउनेछन् । १८ वर्षभन्दा कम उमेरका तर नागरिकता लिन बाँकी रहेका विद्यार्थीहरुले पनि भाग लिन पाउनेछन् । प्रवासमा बसेको नेपाली नागरिकहरुले पनि यस प्रतियोगितामा भाग लिन पाउनेछन् । सकारात्मक सोच र सिर्जनात्मक स्वतन्त्र लेखनलाई उच्च प्राथमिकता दिइने छ । उत्कृष्ट लेखकलाई १ लाख पुरस्कार प्राप्त लेख रचनाहरुको तीन चरणमा छनौट हुनेछ । पहिलो चरणमा सम्पादकीय तहबाट प्रकाशन योग्य लेख रचना छनौट गरि विकासन्युजमा प्रकाशित गरिनेछ । दोस्रो चरणमा पाठकको प्रतिक्रिया, फेसबुक सेयर, ट्वीट तथा कमेन्ट र सम्पादकीय मूल्याङकनका आधारमा छनौट गरिनेछ । तेस्रो चरणमा स्वास्थ्य, साहित्य, आर्थिक लगायतका क्षेत्रमा प्रसिद्ध व्यक्तिहरु सहभागि विज्ञ समूहको मूल्याङकन, पाठक प्रतिक्रिया र सम्पादकीय मूल्याङकनको अङ्कभार जोडबाट छनौट हुनेछ । प्रतियोगितामा प्रथम हुने रचनाको लेखकलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने छ । द्वितीय र तृतीय हुने लेखकहरुलाई ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ । फरक फरक विधामा उत्कृष्ट एक/एक जनालाई आकर्षक उपहार र प्रमाणपत्र प्रदान गरिनेछ । २०७७ असार २९ गते सोमबार भानु जयन्तीको दिन उत्कृष्ट स्वतन्त्र लेखनको छनौट, घोषणा तथा पुरस्कार प्रदान कार्यक्रम आयोजना गरिने भएको छ । सर्तहरु स्वतन्त्र लेखन कम्तिमा आलेख, निबन्ध, कथा, नाटक, संस्मरण कम्तिमा १५०० र बढीमा ३००० शब्दको हुनुपर्नेछ भने अन्य प्रस्तुतिको लागि न्युनतम सीमा तोकिएको छैन । यसअघि अन्य माध्यममा प्रकाशन भइसकेका लेख/रचना स्वीकार्य हुने छैन । अरुको सिर्जना चोरी भएको पाइएमा त्यसको जिम्मेवारी लेखकले नै लिनुपर्नेछ । लेखकले आफ्ना सिर्जना माइक्रोसफ्ट वर्ड फाइलमा नेपाली भाषामा (फन्ट–प्रिति, साइज–१६ प्वाइन्ट) टाइप गरी [email protected] मा इमेल गर्नुपर्नेछ । २०७७ बैशाख ७ गतेसम्म इमेलमा प्राप्त स्वतन्त्र लेखनहरु प्राप्त भएको मिति/समयका आधारमा सूचिकरण गरी स्तरीय सिर्जनाहरु विकासन्युजको स्वतन्त्र लेखन विशेष पेजमा प्रकाशित गरिनेछ । पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।