लालफित्ताले बाँधिएका उद्यमी र धनीविरोधी समाज

कृत्रिम बौद्धिकता (एआई)को दुनियाँमा तहल्का मच्चाइरहेको डीपसीकलाई नेपाली उद्यमीहरूले भोग्नु परेको चुनौतीहरू के-के हुन् ? भनेर सोध्दा संक्षेपमा ८ बुँदामा जवाफ लेखिदियो । दोस्रो बुँदामा प्रशासनिक बाधाहरू उल्लेख गर्‍यो, जहाँ भ्रष्टाचार र लालफित्ताको समस्या उल्लेख छ । भ्रष्टाचार सधैं सुनिएको शब्द हो, तर लालफित्ता शब्द नयाँ लाग्यो । शब्दकोषमा यो शब्द पाइएन, अर्थ बुझिएन । फेरि डीपसीकलाई लालफित्ताको समस्या भनेको के हो ? भनेर प्रश्न गर्दा उसले भन्यो, ‘लालफित्ताको समस्या भन्नाले सरकारी कामकाजमा देखिने बेवास्ता, ढिलासुस्ती र अनावश्यक रूपमा लामो प्रक्रिया अपनाउने बानी बुझिन्छ । यसले काम गर्ने प्रक्रियालाई धेरै समय लिने, जटिल बनाउने र कामको गुणस्तर घटाउने समस्याहरू सिर्जना गर्छ । जसले समय बर्बाद गर्छ । काम छिटो गर्नका लागि घुस दिनुपर्ने हुन्छ । लालफित्ताको समस्याले व्यवसायीहरूलाई ठूलो असर गर्छ किनभने उनीहरूले व्यवसाय सुरु गर्न, लाइसेन्स प्राप्त गर्न, वा अन्य कानूनी प्रक्रिया पूरा गर्न धेरै समय बिताउनुपर्छ । यसले उनीहरूको समय र पैसा दुवै बर्बाद गर्छ ।’ लालफित्ताको समस्या विशेष गरी सरकारी कार्यालयहरूमा देखिन्छ, जहाँ कागजातहरू धेरै चरणहरूमा पुग्नुपर्छ र प्रत्येक चरणमा ढिला हुन पुग्छ । सरकारी कर्मचारीहरूले आफ्नो काममा ध्यान दिँदैनन् । उनीहरूमा काम गर्ने इच्छा ज्यादै कम हुन्छ । कर्मचारीहरू आफ्नो कामको लागि जवाफदेही हुँदैनन् । नेपालको लालफित्ता प्रणाली सञ्चालन गर्न ८ लाखभन्दा बढी मानिस सक्रिय छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार संघीय सरकार मातहतमा ३ हजार २७७ सरकारी कार्यालय छन् । प्रदेश सरकार मातहतमा १ हजार २७० कार्यालय छन् । स्थानीय सरकार मातहतमा ७ हजार ४९५ कार्यालय छन् । संवैधानिक आयोग, विश्वविद्यालय, समिति, कोष, सरकारी लगानीका कम्पनी, संस्थानसमेत जोड्दा सरकारी कार्यालयहरूको संख्या १२ हजारभन्दा बढी छन् । कर्मचारीले झैं मासिक तलबभत्ता खाने जनप्रतिनिधि मात्र ९ हजार १३२ जना छन् । संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ६९ जना सांसद छन् । ७ वटा प्रदेशमा ५५० जना संसद छन् । मासिक तलबभत्ता खाने पालिका प्रमुख ७५३, उपप्रमुख ७५३ र वडा अध्यक्ष ६ हजार ७४२ जना छन् । माथिल्लो तहमा हुने निर्वाचनबाट चुनिने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, प्रदेशमन्त्रीसहित प्रतिनिधिमूलक सरकारी अधिकारीहरूको तथ्याङ्क खोज्ने हो भने त्यसमा सयौंको सूची थपिन्छ र १० हजारको हाराहारीमा पुग्छ । मानिस तलब नखाने तर बैठक भत्तासहित विभिन्न सरकारी सुविधा लिने वडा सदस्य २६ हजार ७९० जना रहेका छन् । सबै जोड्दा करिब ३६ हजार जनप्रतिनिधि छन् । त्यसबाहेक हरेक राजनीतिक दलमा रहेका हजारौं प्रतिनिधिहरूले पनि विभिन्न स्वरूपमा राज्यकोषबाट लाभ लिएर आफू पालिन्छन् र परिवार पाल्छन् । सांसद पदमा पराजित निकटतम प्रतिद्वन्द्वी, पालिका प्रमुखमा पराजित निकटतम् प्रतिद्वन्द्वी, ठूला दलको केन्द्रीय पदाधिकारीमा उम्मेदवार भएका तर पराजित भएका कुनै पनि राजनीतिक व्यक्ति निर्वाचन पछि कुनै पेसा व्यवसाय नगरी जीविकाेपार्जन गरिरहेका छन्, परिवार पालिरहेका छन् । जसरी चुनाव हारेका सर्लाहीका नेता राजेन्द्र महतो पाथीभरा क्षेत्रमा पुगेर केवलकार बन्न अवरोध गरिरहेका छन्, त्यसैगरी निर्वाचनमा पराजयपछि नेताहरू जलविद्युत् परियोजनामा अवरोध गर्ने, सडक पुल निर्माणमा अवरोध गर्ने, ठूला उद्योग कारखाना सञ्चालनमा अवरोध गर्ने र उद्यमी वा ठेकेदारसँग वार्गेनिङ गरेर चन्दा असुली धन्धामा लाग्ने गरेको छर्लङ देख्न सकिन्छ । जसरी प्रा. डा गोविन्द केसीलाई अगाडि सारेर मेडिकल कलेज व्यवसायीहरूको पत्तासाप प्रयास भयो, त्यसैगरी सार्वजनिक छवि राम्रो भएका मात्रलाई अगाडि सारेर स्वार्थपूर्तिका लागि विकासमा अवरोधको खेतीपातीमा लाग्नेहरू राजनीति र लालफित्ता प्रणाली बुझेका तर जिम्मेवारी नपाएकाहरूको समूह नै हुने गरेको छ। जनप्रतिनिधि र दलीय प्रतिनिधिको आर्थिक हैसियत व्यापारीको भन्दा कम छैन । प्रधानमन्त्री केपीशर्मा ओलीको गाडी, घर, घडी र जीवनशैली विनोद चौधरीको भन्दा महँगो छ । शेरबहादुर देउवा जीवनशैली सुभल अग्रवालको भन्दा महँगो छ । मीनबहादुर गुरुङको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनशैली महँगो छ । कुनै पनि पालिकाको अध्यक्षको जीवनशैली त्यस क्षेत्रको सफल व्यापारीको जीवनशैलीभन्दा महँगो हुन्छ, सस्तो पाइँदैन । ३६ हजार जनप्रतिनिधिसहित ८ लाख सरकारी मान्छेबाट देश विकास हुँदैन । देश विकासका लागि चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, सिद्धार्थ राणा, विजय बहादुर शाह, सुलभ बुढाथोकी, गुणचन्द्र विष्ट, विरेन्द्र बस्नेत, शेखर गोल्छा, राजेश अग्रवाल, लक्ष्मण न्यौपाने, गगन प्रधान जस्ता एक हजार उद्यमी चाहिएको छ । हाम्रा जनप्रतिनिधिले देश विकासमा के-के योगदान गरे भनेर बहस हुँदैन । शरतसिंह भण्डारी २० पटक मन्त्री हुनुलाई उनको सफलता मानियो, उनलाई महान भनियो । तर, उनले देश र जनताका लागि के कति काम गरे भनेर न सरकारी सयन्त्रले प्रतिवेदन बनाए, न शरतसिंह भण्डारीले जनतालाई जवाफ दिन आवश्यक ठानेका छन् । नेताहरूले कति पटक चुनाव जिते र कति पटक प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर भए वा पार्टी नेतृत्वमा पुगे भन्ने विषयलाई सफलताको मानक बनाएर हेरिन्छ । अदालतबाट भ्रष्टाचारी ठहर भएर, जेलबाट निस्किदा पनि खुमबहादुर खड्कालाई पुरिनेगरी कार्यकर्ताले माला लगाएर स्वागत गरे, जयप्रकाश गुम्तालाई पनि त्यही गरे । ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार डेनमार्क विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देश हो । यो देशका प्रधानमन्त्री, मन्त्री वा उच्च सरकारी अधिकारीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ भन्दैनन् । डेनमार्क जनताले नै भन्छन्, पूर्ण विश्वास गर्छन् कि डेनमार्क सरकारले भ्रष्टाचार गर्दैन । हाम्रा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा होस् वा चौरमा सम्बोधन गर्दा होस्, पटक-पटक भन्छन्- ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ ।’ प्रधानमन्त्री ओलीको यो भनाइ सर्वसाधारणले पत्याउँदैनन् । ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२४ को रिपोर्टमा १८० वटा देश समेटिएको छन्, जहाँ डेनर्माक १ नम्बरमा हुँदा नेपाल १०८ नम्बरमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाललाई ‘भ्रष्टसूची’मा राखेको छ । फाइनान्सियल एक्सन टाक्स फोर्सले नेपाललाई ‘ग्रे-लिष्ट’मा राखेको छ । आईकाओले नेपाललाई ‘ब्याल्कलिष्ट’मा राखेको छ । अब देशका प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, सचिव, मेयर वा कुनै पनि सरकारी कर्मचारीले भ्रष्टाचार छैन, सुशासन छ भनेर मानिसले पत्याउने छैनन् । आममानिसको मन मष्तिस्कमा स्थापित हुँदैछ कि नेता भन्नेबित्तिकै भ्रष्टाचारीको नाइके, कमचारी भन्नेबित्तिकै लालफित्ताको नाइके । भ्रष्टाचारीका नाइके र लालफित्ताका नाइकेलाई नागरिक आवाज कसरी दबाउने भन्ने चिन्ता छ । त्यसैको उपज स्वरूप सामाजिक सञ्जाल नियमन विधेयक संसदमा पुगेको छ । डीपसीक, च्याटजीपीटी, टिकटक, फेसबुकको प्रयोग कसरी रोक्ने भन्ने चिन्ताले भ्रष्टाचारीका नाइके र लालफित्ताका नाइकेलाई सताएको छ । उनीहरू अहिले जे चाहिरहेका छन्, त्यो सफल हुनेछैन । नेपाली समाजले राणा निरङ्कुश पनि पल्टायो । पञ्चायत पनि पल्टायो । ज्ञानेन्द्र शासन पनि पल्टायो । केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डले कुनै पनि नाममा निरङ्कुशता लाद्न खोजे भने त्यसलाई नेपाली समाजले पल्टाउने नै छ । अक्सिजनबिना मान्छे छिनभर बाँच्न नसके जस्तै खुलापन, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, सम्पत्तिको स्वतन्त्रता, सूचना प्रविधिको प्रयोग नेपाली समाजका लागि अपरिहार्य भैसकेको छ । लेख्दैमा, बोल्दैमा पाइलापाइलामा जेल र जरिवाना गर्ने कल्पनासहित वर्तमान सरकारले जुन सामाजिक सञ्जाल नियमन विधेयक अगाडि बढाएको छ, त्यो पहिलो चरणमा संसदबाट अस्वीकृत हुन्छ । अनपेक्षित रूपमा स्वीकृत भयो भने पनि त्यो कार्यान्वयन नहुने निश्चित छ । बलपूर्वक कार्यान्वयन गर्न थालियो भने सरकार ढल्छ, फेरि लोकतन्त्र ब्यूँतिन्छ । नयाँ सरकारको पहिलो निर्णय हुने छ  सामाजिक सञ्जाल नियमन कानुन खारेज गर्ने । लालफित्ताको बन्धनमा उद्यमी प्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार सन् २०२५ जनवरी अन्त्यसम्म २ हजार ७६५ जनासँग एक अर्ब अमेरिकी डलरभन्दा बढीको सम्पत्ति छ । सबैभन्दा धेरै अर्बपति अमेरिकाबाट छन् । २०२४ को अन्त्यमा ७०० भन्दा बढी अर्बपति अमेरिकाका छन् भने ५०० भन्दा बढी अर्बपति चिनियाँ छन् । भारतमा १६० भन्दा बढी र जर्मनीमा १३० भन्दा बढी डलर अर्बपति रहेका छन् । फोर्ब्सको सूचीमा नेपाली एक जना विनोद चौधरी मात्र छन् । एक अर्ब ८० करोड डलरसहित चौधरी सूचीको १ हजार ८६३ औं स्थानमा छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति पनि नेपालमा भन्दा विदेशमा बढी छ । नेपालको कानुनले चौधरीको सम्पत्तिको ठूलो हिस्सा अवैध हो भन्छ तर यसबारे लालफित्ता प्रणाली मौन छ । लालफित्ता प्रणालीमा उद्यमीको उदय हुनै कठिन छ । भए पनि टिक्न कठिन छ । पियुशबहादुर अमात्य, मथुरा मास्के, सुधीर बस्नेत, इच्छाराज तामाङ, जीतबहादुर श्रेष्ठ, विनोद श्रेष्ठ, चण्डीराज ढकाल, रवीन्द्र प्रधान लगायत उद्यमीको अवशान हुनुमा लालफित्ता प्रणालीको योगदान सबैभन्दा धेरै छ। पछिल्लो समय उदाएका चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, गुणचन्द्र विष्ट, वीरेन्द्रबहादुर बस्नेत, सुलभ बुढाथोकी, विजयराज भण्डारी, सुलभ अग्रवाल, गगन प्रधान लगायत उद्यमीहरूलाई पनि लालफित्ता प्रणालीमा टिक्क र अगाडि बढ्न कठिन छ । केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, गगन थापा, योगेश भट्टराई, जर्नादन शर्मा ३६ हजार जनप्रतिनिधिसहित ८ लाख कर्मचारीबाट देशको आर्थिक मुहार फेरिने छैन । देशविकासका लागि चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, सिद्धार्थ राणा, सुलभ बुढाथोकी, गुणचन्द्र विष्ट, विरेन्द्र बस्नेत, शेखर गोल्छा, विजय बहादुर शाह, लक्ष्मण न्यौपाने राजेश अग्रवाल, गगन प्रधान, जस्ता एक हजार उद्यमी चाहिएको छ । डेनमार्कका प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ भन्दैनन् । त्यहाँ जनताले नै भन्छन्, पूर्ण विश्वास गर्छन् कि डेनमार्क सरकारले भ्रष्टाचार गर्दैन । हाम्रा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दा होस् वा चौरमा सम्बोधन गर्दा होस्, पटक-पटक भन्छन्- ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ ।’ प्रधानमन्त्री ओलीको यो भनाइ सर्वसाधारणले पत्याउँदैनन् । ट्रान्सपरेन्सी इन्टरनेशनलको डेनर्माकलाई १ नम्बरमा राख्दा नेपाललाई १०८ नम्बरमा राखेको छ । उनीहरूले हो वस्तु तथा सेवाको उत्पादन गर्ने, पुँजी निर्माण गर्ने, रोजगारी दिने, राज्यलाई कर तिर्ने । उनीहरू नै हुन् समाज बदल्न दिनरात कर्म पनि गर्ने, चिन्ता पनि गर्ने र सही नतिजा पनि दिने । तर, दुर्भाग्य, हाम्रो समाज नेतालाई देउता मान्ने, व्यवसायीलाई राक्षस ठान्ने सोंचमा लिप्त छ । उद्यमीलाई माफिया, नाफाखोर, करमारा, ठग मात्र देख्छ हाम्रो समाजले । देश धनी होस् भन्ने आकांक्षा राख्ने तर व्यक्ति धनी देख्नै नसक्ने सामाजिक चरित्र छ नेपालमा । जब देशमा धनी नै कोही हुँदैन भने देश कसरी धनी हुन्छ ? जब व्यवसायीको व्यवसाय बढ्छ, उनी थप व्यवसाय विस्तार गर्न थप उद्देलित हुन्छन् । व्यवसायबाट आएको नाफा विस्तार गर्नमै केन्द्रित हुन्छन् । उनीहरूले नाफा कमाएर न विदेशी बैंकमा थुपार्छन् न त सिरानीभित्र राख्छन् । त्यसलाई ‘रिइन्भेष्ट’ गरेर थप व्यवसाय विस्तार तथा नयाँ उद्योग व्यवसाय खोल्नतर्फ लाग्छन् । त्यसले थप रोजगारी सिर्जना गर्छ, देशमा नयाँ उद्योग व्यवसायीहरू उदय हुन्छन् । बेरोजगार बनेर हात बाँधेकोले रोजगारी पाउँछ, रोजगारी पाइरहेकाहरूको आम्दानी बढ्छ । सरकारको राजस्व पनि वृद्धि हुन्छ । यसले समाज रूपान्तरण हुन्छ । थप पुँजी र प्रविधि भित्रिन्छ । यसले सिंगो देशको अर्थतन्त्रमा टेवा पुग्छ । तर, व्यवसायीलाई असफल बनाउने प्रवृतिले देशको गरिबी बढ्ने, युवा विदेश पलायन हुने र देशको अर्थतन्त्र संकुचित बन्ने प्रक्रियाको सुरुवात हुन्छ । अहिले नेपालमा भइरहेको पनि यही छ । व्यवसायीलाई हरेक कोणबाट समस्या सिर्जना गरिदिने, व्यवसायमा असहज वातावरण बनाइदिने र काम गर्न पनि घुसको थैली खोज्ने लालफित्ता प्रवृति जबसम्म रहन्छ, तबसम्म देश गरिब नै रहन्छ, भ्रष्टाचारमा १०८औं स्थानको रेकर्ड कायम गरिरहन्छ । समाजको यस्तो सोंच र लालफित्ता प्रवृति रहँदासम्म न उद्यमशीलताको विकास हुन्छ न देशको विकास हुन्छ । लेखकसँग सम्बन्धिन थप लेख सगरमाथा कार्ड बेचौं, जनसंख्या वृद्धि गरौं

पूर्वाधार निर्माणमा सबैले पत्याएका रमेश शर्मा : अर्बौंको व्यापार, हजारौंलाई रोजगारी

काठमाडौं । सन् १९८० तिर रमेश शर्मालाई ‘म निर्माण क्षेत्रमा प्रवेश गर्छु’ भन्ने लागेकै थिएन । बुबा स्व. आरके शर्माले निर्माण व्यवसायमा गरिरहेको दुःखलाई उनले नजिकबाट नियालिरहेका थिए । देशको पूर्वाधार क्षेत्रमा एक अग्रणी व्यवसायीका रूपमा काम गरिरहेका उनका बुबालाई समाजले हेर्ने दृष्टिकोणबाट उनी आजित बनिसकेका थिए । आजभन्दा चार दशकअघिको कुरा स्मरण गर्दै शर्मा भन्छन्, ‘त्यतिखेर निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण पृथक थियो, समाजमा ठेकेदार भनेर तुच्छ किसिमको व्यवहार हुन्थ्यो, त्यो व्यवहारले म आजित थिएँ, मैले यो क्षेत्रमा कहिल्यै काम नगर्ने मनसाय बनाएको थिएँ ।’ तर, एउटा भनाइ छ नि ‘हुने हार दैव नटार ।’ शर्माको जीवनमा पनि यस्तै भयो । एमबीए पढ्न उनी फिलिपिन्स गए । फिलिपिन्सको एडमसन विश्वविद्यालयमा भर्ना भए । त्यहाँ आफूलाई गर्ने व्यवहार र सम्मान बेग्लै पाए । ‘मेरो परिवार निर्माण व्यवसायमा छ भनेर भन्दा कलेजका साथीहरू र शिक्षकहरूले गर्ने व्यवहार नेपालको तुलनामा धेरै फरक पाएँ, तिमी त देश बनाउने मान्छेको छोरा भनेर प्रशंसा गर्न थाले, मैले फिलिपिन्समै गएर आफ्नो बुबाले गरिरहेको व्यवसायको महत्व महसुस गरें,’ शर्माले फिलिपिन्समा पढ्दाको कुरा स्मरण गर्दै भने । श्र्माले त्रिभुवन विश्वविद्यालयबाट सन् १९७९ मा इन्जिनियरिङमा डिप्लोमा र सन् १९८२ मा सार्वजनिक प्रशासनमा स्नातक पास गरेपछि स्नातकोत्तर पढ्न फिलिपिन्स गएका थिए । सन् १९८५ मा उनले एमबीए सकाए । फिलिपिन्समा उनलाई मिलेको सम्मानले पनि नेपालमै फर्किएर बुबालाई साथ दिने र यहाँको निर्माण क्षेत्रमा थप काम गर्ने दृढ संकल्प बोकी स्वदेश फर्किए । ‘मैले एमबीए अध्ययन गर्दासम्म निर्माण क्षेत्रमा काम गर्छु भन्ने सोंचेको पनि थिइनँ, उद्योग क्षेत्रमा केही काम गर्ने योजना बनाइरहेको थिएँ । तर, फिलिपिन्समा पढ्दा मलाई गरिने व्यवहारले मलाई निर्माण क्षेत्रमै लाग्न उत्प्रेरणा मिल्यो,’ शर्मा भन्छन्, ‘नेपालीले बुझेका रहेनछन्, निर्माण क्षेत्र त देश विकासको मेरुदण्ड पो रहेछ ।’ सन् १९५९ नोभेम्बर १ मा जन्मिएका शर्माको घर म्याग्दी हो । अहिले उनी काठमाडौंंमै बसेर शर्मा एण्ड कम्पनीमार्फत देश निर्माणमा जुटेका छन् । शर्मा एण्ड कम्पनी नेपाली निर्माण क्षेत्रको अग्रणी र प्रतिष्ठित कम्पनी हो । देशका ठूल्ठूला पूर्वाधार निर्माणमा यो कम्पनी जोडिएको पाइन्छ । भवन, सडक, राजमार्ग, पुल, सिँचाइ, खानेपानी र फोहोर व्यवस्थापन तथा विमानस्थल निर्माणमा काम गर्दै आएको यस कम्पनीको नेतृत्व तिनै रमेश शर्माले गरिरहेका छन् । सन् १९६६ मा स्थापना भएको यस कम्पनीले आफ्नो निर्माण यात्राको ५८ वर्ष पार गरिसकेको छ र कम्पनीको नेतृत्वका लागि तेस्रो पुस्ता तयार पनि गर्दैछ । रमेश शर्माको छोरा सुलभ पनि अमेरिकाबाट इन्जिनियरिङ पढेर पैतृक व्यवसायमा सक्रिय भएका छन् । शर्मा आफै निर्माण क्षेत्रमा सक्रिय रूपमा लागेको साढे तीन दशक भयो । त्यसअघि सो कम्पनीको नेतृत्व उनको बुबाले गरिरहेका थिए । साढे तीन दशकको अवधिमा शर्माले धेरै आरोहअवरोध अनुभव गरे । आफ्नो निर्माण कम्पनीलाई देशको ‘नम्बर वान’ निर्माण कम्पनी बनाउन तम्सिरहेका छन् । यस निर्माण कम्पनीले निजी, सार्वजनिक, अर्धसार्वजनिक र अन्तर्राष्ट्रिय संस्थाहरूका ठेक्का लिएर सफलतापूर्वक निर्माण कार्य सम्पन्न गर्ने एक परिचित, भरपर्दो र विश्वासिलो कम्पनीका रूपमा आफ्नो छवि बनाएको छ । कुटनीतिक नियोगदेखि विदेशी संस्थाहरूले नेपालमा निर्माण कम्पनी खोज्दा पहिलो विकल्पमा शर्मा एण्ड कम्पनी लिने गरेका छन् । सन् १९९० सालदेखि सक्रिय रूपमा कम्पनीको काम थालेका शर्मा आफ्नो काम र कम्पनीको बिजनेसप्रति पूर्ण सन्तुष्ट छन् । उनलाई कहिलेकाहीं आफ्नै कामले भावुक बनाउँछ, परियोजना निर्माणकर्ताले दिएको ढाडस र सम्मानले उनलाई काम गर्न प्रोत्साहन मिल्छ । उनले गरेका अधिकांश निर्माणका काम समयमै सम्पन्न गरेका छन् । समयमै सम्पन्न गर्न नसकेका कामहरू ज्वाइन्ट भेञ्चरको कारणले भएको हुनसक्ने उनको भनाइ छ । ‘म फिलिपिन्सबाट पढाइ गरेर फर्किएपछि ज्ञानेश्वरमा रहेको जर्मन एम्बेसीको काम गरेका हौं, त्यो काम समयमै सम्पन्न ग¥यौं, काम सम्पन्न गरिसकेको दिन राति नर्वेको कन्ट्र्याक्टर आयो, कति छिटो काम सकेको, कति राम्रो गुणस्तर भनेर प्रशंसा ग¥यो, हामी भावुक बन्यौं,’ शर्मा त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘एउटा क्लाइन्ट र कन्सल्ट्याण्टलाई खुसी बनाउनु भनेको सन्तुष्टि प्राप्त गर्नु हो, पछि उसले अधिकांश कामहरू बिना टेण्डर हामीलाई नै दियो ।’ यस्ता परियोजनाहरू जसलाई शर्माले अहिलेसम्म भुल्न सकेका छैनन् । सूर्यविनायक–धुलिखेल सडकखण्ड आजभन्दा २५ वर्ष अगाडि शर्मा एण्ड कम्पनीले नै बनाएको थियो । जसको कालोपत्र अहिलेसम्म उप्केको छैन । अहिले सो सडकको स्तरोन्नति भइरहेको छ । छेउछाउमा सडक चौडा गर्ने काम भएपनि बीचको पिच अझै छ । यसले उनलाई सन्तुष्टि दिन्छ । अहिले सडक निर्माण भएको ६ महिनामै कालोपत्रे उप्केको, कमसल निर्माण सामग्री प्रयोग गरेको लगायत समाचारहरू जताततै सुनिन्छन् । तर, शर्माको कम्पनीले गरेको परियोजनामा अहिलेसम्म यस्तो समस्या झेल्नु परेको छ । आफ्नो यात्राको ६ दशकसम्म कमसल काम भयो भन्ने आरोपसहित कुनै अड्डाअदालत पनि धाउनु परेको छैन । ‘अझै पनि देशमा ९० प्रतिशत व्यवसायी राम्रो काम गर्नेहरू छन्, गलत गर्ने १० प्रतिशत व्यवसायीका कारण सिंगो निर्माण क्षेत्र बदनाम बन्नु परेको हो, शर्मा एण्ड कम्पनीले अहिलेसम्म जेजति काम गरेको छ, त्यसमा सबै क्लाइन्टहरू खुसी छौं,’ उनी भन्छन्, ‘हाम्रो कामले उनीहरू खुसी हुँदा पृथक किसिमको सन्तुष्टि मिल्छ ।’ देशका ठूला परियोजनामा हात आफ्नो ५९औं वर्षको यात्रामा शर्मा एण्ड कम्पनीले दर्जनौं ठूला आयोजनाहरू सफलताका साथ निर्माण सम्पन्न गरेको छ । आफूले निर्माणको जिम्मा लिएको यस कम्पनीले अहिलेसम्म पश्चाताप गर्नु परेको छैन । कुनै बेला नम्बर वान निर्माण कम्पनीको ताज पनि यही कम्पनीले पहिरिएको हो । अहिले उच्च पाँच कम्पनीमध्ये भित्र पर्छ । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका परियोजनाहरू यस कम्पनीले निर्माण गरेको छ । देशको ‘क’ वर्गको यस निर्माण कम्पनीले अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पनि ज्वाइन्ट भेञ्चरमा काम गर्दै आएको छ । वीर अस्पतालको नयाँ सर्जिकल भवन, भैंसैपाटीको मेडिसिटी अस्पताल, नागरिक लगानी कोषको भवन, सिंहदरबारमा रहेको महान्यायाधीवक्ताको कार्यालय, राहदानी विभाग, कैलालीको गेटा मेडिकल कलेज, रोयल नर्वेजियन एम्बेसी, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सेन्ट्रल पार्क हाउजिङ, पुतलीसडकको स्टार मल, कमलपोखरीको सिटी सेन्टर, रोज भिलेज कोलोनी, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल, चिरायु नेशनल हस्पिटल, सीतापाइला हाउजिङ र मेट्रो अपार्टमेन्ट परियोजना शर्मा एण्ड कम्पनीले निर्माण सम्पन्न गरेका महत्वपूर्ण भवनहरू हुन् । ठेकेदार भन्दै बुबालाई समाजमा होच्याएको देख्दा रमेश शर्मालाई बुबाले गरेको व्यवसायमा कुनै पनि हालतमा नलाग्ने सोंचको विकास भएको थियो । जब रमेश उच्च शिक्षा हासिल गर्न फिलिपिन्स गए, कलेजमा साथी र कलेजका प्रोफेसरहरूले ‘देश बनाउने मान्छेको छोरा’ भनेर गर्वका साथ चिनाउन थाले तब उनले निर्माण व्यवसायीको महत्व बुझे र यसै क्षेत्रमा लाग्ने निर्णयमा पुगे । वीर अस्पतालको सर्जिकल भवन कोरोनाको समयमा निर्माण भएको हो । अन्य निर्माण व्यवसायी कोरोनाको कहरले निर्माण ठप्प भइरहेको अवस्थामा रमेश शर्माले भने कोरोनाको समयमा बिरामीहरूले समयमै सुविधासम्पन्न उपचार पाउन् भनेर दिनरात खटेर वीर अस्पतालको सर्जिकल भवनको निर्माण सम्पन्न गरे । ‘म आफै मैदानमा खटेर काम गराएँ, पटक पटक कोरोना संक्रमण पनि भयो । तर काम समयमा नै सम्पन्न भयो,’ शर्मा भन्छन्, ‘उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई मञ्चमा नै बसाउनु भयो । मन्त्रीले नबोले पनि हुन्छ, तपाईंले बोल्नुपर्छ भन्नु भयो । उहाँले मेरो कामको खुलेर प्रंशसा गर्नुभयो ।’ यस्तै, भैरहवाको कार्गो टर्मिनल भवन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरक्राफ्ट पार्किङ र अन्तर्राष्ट्रिय टर्मिनल भवनको स्तरोन्नति र धनगढी विमानस्थलको टर्मिनल भवन निर्माण पनि यसैले गरेको हो । १३५ किलोमिटरको मदन भण्डारी सडकखण्ड, भैरहवा–तौलिहवा सडक, तामाकोसी–मन्थली–खुर्कोट सडक, अरनिको राजमार्ग, तानसेन–स्याङ्जा सडक र अत्तरिया–महेन्द्रनगर सडक पनि शर्मा एण्ड कम्पनीकै नेतृत्वमा सम्पन्न भएको हो । गुहेश्वरीको पानी प्रशोधन केन्द्र र भरतपुर खानेपानी परियोजना पनि यही कम्पनीले निर्माण सम्पन्न गरेको हो । कम्पनीले अहिले पनि दर्जनौं परियोजनाको निर्माण गरिरहेको छ । बर्दिबास–निजगढ क्षेत्रको रेलको ट्र्याक, तमोर, रातु, जनकपुर रतुवा, मदन भण्डारी राजमार्ग तथा हुलाकी राजमार्गको विभिन्न ठाउँमा यस कम्पनीले पुल निर्माण गरिरहेको छ । कम्पनीले बुटवलको होटल स्याफरोन, चौधरी ग्रुपको ललितपुरमा रहेको पाँचतारे होटल होलिडे इन, धरानको बीपी कोइराला हस्पिटल, राष्ट्रपति भवनको रेष्टोरेसन तथा इन्टेरियरको काम, भक्तपुरको जिल्ला अदालत, सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रेक्ट्रोफिटिङ र निर्माणाधीन सुनसरी जिल्ला अदालतको भवन निर्माण गरिरहेको छ । यीमध्ये अधिकांशको काम सम्पन्न भइसकेको शर्माले जानकारी दिए । शर्मा एण्ड कम्पनीले मेलम्ची खानेपानीको पाइपलाइन विस्तार, हुप्सेकोट खानेपानी सप्लाई परियोजना, काभ्रेमा खानेपानी आयोजना तथा दधिकोट भक्तपुरको खानेपानी आयोजना पनि अन्य निर्माण कम्पनीसँग मिलेर निर्माण कार्य गर्दै आइरहेको छ । ‘अहिलेका अधिकांश निर्माण कम्पनीहरू हामीसँग समन्वय गरेर अगाडि बढेका उदाहरण धेरै छन्, आज ती कम्पनीहरू ठूला बनेका छन्, हामीसँग जोडिएर हुर्किएका कम्पनी आज हामीसँगै प्रतिस्पर्धा गरिरहेका छन्, निर्माण क्षेत्रमा हामीले एउटा प्रणाली स्थापित गरेका छौं,’ शर्मा भन्छन्, ‘चाह्यो भने कति छिटो काम गर्न सकिन्छ भन्ने कुरा हामीले सिकाएका छौं ।’ हरेक निर्माणको कामले मान्छेको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्छ । आफूले निर्माण सम्पन्न गरेका अधिकांश परियोजनाले त्यहाँको स्थानीय जीवनशैलीमा देखिएको रूपान्तरणले उनी खुसी हुन्छन् । ‘२०५१ सालमा हामीले भालुवाङदेखि प्यूठान जाँदा बीचमा पुल बनेको थिएन, पछि हामीले नै पुल बनायौं । पहिले दाङ भएर जानु पथ्र्यो, पुल निर्माण भएपछि त्यहाँ विभिन्न व्यापार व्यवसाय सुरु भयो, त्यहाँका मान्छेमा एक किसिमको खुसीयाली छायो,’ शर्मा भन्छन्, ‘यो नै हाम्रो कामको प्रभाव हो, समाजमा ।’ शर्माले सुदूरपश्चिको डोटी, डडेल्धुरा, दार्चुलालगायत जिल्लाहरूमा पुगेर निर्माणको काम गरेका छन् । त्यहाँका जनताको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएका छन् । गाउँ–गाउँमा विद्यालय बनाएका छन् । यस्तो कामले आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ । ‘वीर अस्पतालको नयाँ सर्जिकल भवन होस् वा प्रधानमन्त्री कार्यालयको रेक्टोफिटिङ, नारायणगढ—बुटवल सडकखण्ड होस् वा मदन भण्डारी सडकखण्ड निर्माण यी परियोजनाले कम्पनीलाई खुसी मिल्छ, देशका ठूल्ठूला परियोजनामा शर्मा एण्ड कम्पनीलाई खोज्दा खुसी पनि मिल्छ, जनताको सेवा गर्ने अवसर पनि पाइन्छ,’ उनले भने । अर्बौंको व्यापार, हजारौंलाई रोजगारी देशमा ठूल्ठूला परियोजना निर्माण गरिरहेको शर्मा एण्ड कम्पनीको व्यापार पनि अग्रस्थानमा आउँछ । देशमा ठूलो कारोबार गर्ने कम्पनीको उच्च पाँचमध्येमा यो कम्पनी पनि पर्छ । कम्पनीका अध्यक्ष शर्माका अनुसार पछिल्लो पाँच वर्षमा यस कम्पनीले औसत ६÷७ अर्बको कारोबार गरेको छ । सार्वजनिक तथ्यांकलाई आधार मान्ने हो भने पनि शर्मा एण्ड कम्पनीले सन् २०२३ मा ३ अर्ब ६२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो भने सन् २०२२ मा २ अर्ब ४७ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८८ करोड ३० लाख र सन् २०१९ मा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२३ मा १० अर्ब ७० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको थियो । बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ ऋण लिने निर्माण कम्पनी पनि नेपालमा औंलामा गन्ने मात्रै छन् । शर्मा आफ्नो कम्पनीको कारोबार, प्रविधि तथा दक्ष जनशक्ति नै आफ्नो कम्पनीको बलियो पक्ष रहेको सुनाउँछन् । हाल शर्मा एण्ड कम्पनीमा ४ हजार बढी कर्मचारी कार्यरत छन् । ‘मेरो बुबाले काम गर्ने समयको कर्मचारी पनि अहिले मसँग छन्, उनीहरू सन्तुष्ट भएर नै अहिलेसम्म काम गरिरहेका छन्, एउटा कम्पनी सफल बन्नका लागि जनशक्ति व्यवस्थापन र उनीहरूको सन्तुष्टिमा पनि ध्यान दिनुपर्छ, कम्पनीका लागि कमाइ दिने नै उनीहरूले हो,’ उनी भन्छन्, ‘कर्मचारीको प्रोत्साहन हुने काम गर्न सकियो भने कम्पनी आफै माथि उठ्छ ।’ कर्मचारीका लागि खर्च गर्न कन्जुस्याइँ गर्न नहुने उनको धारणा छ । ‘नेपालमा धेरैले जनशक्तिमा लगानी गर्दैनन्, एउटा कर्मचारीका लागि १२ लाख रुपैयाँ खर्च गरिन्छ भने उसले १२ करोड रुपैयाँ कमाइ दिन सक्छ,’ उनी भन्छन्, ‘त्यसतर्फ हामीले ध्यान नै दिएनौं ।’ उनले काम नै नपाए पनि आफ्नो कम्पनीले कम बिडिङमा भने काम नगर्ने अभ्यास रहेको सुनाए । ‘घटी रेटमा हामी काम गर्दैनौं, कम रेटमा काम गरेर सँगै ४/५ वटा परियोजना अगाडि बढाउने हाम्रो अभ्यास छैन, बरु कम होस् तर गुणस्तरीय र राम्रो रेटमा होस् भन्ने हिसाबले हामी काम गर्छौं,’ शर्माले भने । कम रेटमा काम नगरेकै कारण कुनै वर्ष न्यून कारोबार भएको घटना पनि उनले स्मरण गरे । अहिले नेपाली निर्माण व्यवसायीले ८/१० अर्बको काम पनि गर्न सक्ने हैसियत बनाएको उनको धारणा छ । ‘नेपालीले सुरुङमार्गमा विज्ञता नभए पनि अन्य क्षेत्रमा काम गर्न सक्ने भइसकेका छन् । नेपालीले सबै काम गर्न सक्छन् । धरहरा, झापाको भ्यूटावर सबै काम नेपालीले निर्माण गरेका छन् । तर, सरकारले विकास निर्माणमा नेपाली व्यवसायीलाई विश्वास गर्नुपर्छ, प्रोत्साहन गर्न सक्नुपर्छ,’ शर्मा भन्छन्, ‘३ खर्बको बजेट खर्चले केही हुँदैन, त्यसमा पनि ६०/७० प्रतिशत मात्रै काम हुने प्रवृत्ति छ ।’ हजारबाट सुरु भएको कारोबार आज अर्बौं पुगेकोमा शर्माले खुसी व्यक्त गरे । ‘हामीले सुरुवातमा हजारबाट कारोबार गरेका थियौं, ३१ सालमा म विद्यार्थी हुँदा रामपुर कृषि क्याम्पसको टेण्डर १ करोडको थियो । त्यतिबेलाको एक करोड भनेको अहिलेको १० अर्ब हो,’ उनले भने । शर्माले कमाइभन्दा पनि सबैभन्दा ठूलो सम्पत्ति सद्भावना रहेको सुनाए । ‘गुणस्तरीय सेवा हाम्रो दायित्व हो, यस नैतिकतालाई हामीले उच्च प्राथमिकता दिन्छौं,’ उनले भने, ‘व्यापारमात्र हाम्रो उद्देश्य होइन ।’ खर्च सरकारले गर्छ तर पूर्वाधार निर्माण कस्ट्रक्सन कम्पनीले गर्छ । ठूला पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्दै सरकार, निजी क्षेत्र र अन्तराष्ट्रिय नियोगहरुबाट विश्वास र सम्मान पाएको संस्था हो शर्मा एण्ड कम्पनी, जसले वर्षमा १० अर्ब रुपैयाँसम्मको काम गरेको छ । दर्जनौं संस्थाबाट सम्मानित शर्मा एण्ड कम्पनी विभिन्न निजी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेको छ । यस कम्पनीलाई सन् २०२० मा अर्थमन्त्रालय तथा एसियन डेभलपमेन्ट बैंकले उत्कृष्ट कन्ट्र्याक्टरको रूपमा सम्मान गरेको थियो भने सन् २०१४ मा नेपाल निर्माण व्यवसायी महासंघबाट पनि शर्मा उत्कृष्ट निर्माण व्यवसायीको रूपमा सम्मानित भएका थिए । यस्तै, कम्पनीले अन्तर्राष्ट्रिय एसियाली र पश्चिम प्रशान्त ठेकेदार संघहरूको महासंघबाट गोल्ड मेडल र सन् २०२१ मा भौतिक पूर्वाधार मन्त्रालयबाट सम्मानित भएको थियो । बहुराष्ट्रिय ब्राण्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि शर्मा एण्ड कम्पनीलाई सम्मान गरेको छ । आईएसओ सर्टिफाइड यो कम्पनीका अध्यक्ष शर्मा सन् २००० मा तत्कालीन राजा वीरेन्द्र शाहबाट गोर्खा दक्षिण बाहु विधामा सम्मानित भएका थिए । यस्तै, नेपालको निर्माण क्षेत्रमा लामो अनुभव तथा उत्कृष्ट काम गरेको भन्दै शर्मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवा श्री पदकबाट विभूषित समेत भएका छन् । २०८० मा उनी किर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त पनि भएका थिए । शर्मा नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् । निर्माण व्यवसायी संघबाट महासंघमा रूपान्तरण भएपछिको पहिलो अध्यक्ष बन्ने अवसर पनि उनले पाएका थिए । उनी तीन कार्यकाल महासंघको कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिकामा पनि रहे । शर्माको निर्माण व्यवसायसँगै अन्य क्षेत्रमा पनि लगानी छ । युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ अस्पतालको अध्यक्षसमेत रहेका उनी गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीसमेत हुन् । उनले ऊर्जा, चिकित्सा, शिक्षा, र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । ‘निर्माण क्षेत्रमा बुबाको परिचित नाम थियो, पाँच दशकअघि देशको नम्बर वान निर्माण कम्पनी थियो । एउटा गुडविल भएको कम्पनीको नेतृत्व गर्ने अवसर पाएँ । बुबाको सम्बन्धकै कारण म यो क्षेत्रमा सफल भएको महसुस हुन्छ, सानै उमेरमा महासंघको नेृत्व गरें,’ उनी भन्छन्, ‘उहाँको कारणले सन् १९९७ मा संघलाई महासंघ बनाएर काम गरियो, अहिले जुन सम्पत्ति र सम्बन्ध कमाएको छु, यसमा म निकै खुसी छु ।’ ‘लो बिडिङ’ एक समस्या शर्मा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष हुँदा विश्व बैंकले लो बिडिङलाई हटाउनुपर्छ भन्ने विषय अगाडि सारेको थियो । तर, त्यो सम्भव नभएको उनी बताउँछन् । नेपालमा लो बिडिङले एउटा समस्या नै सिर्जना गरेको उनको तर्क छ । ‘नेपालमा थोरै पैसाले ठूलो बिडिङ गर्ने अभ्यास छ, कम बिडिङ भएपछि काम पनि गुणस्तरीय बन्दैन, त्यसमा पनि आसेपासेहरूको हालिमुहाली हुने प्रवृति छ । यो गलत अभ्यास नरोकिँदासम्म समस्या नै हुन्छ,’ उनी भन्छन्, ‘लो बिडिङलाई टेण्डर दिँदा धेरै ठाउँ काम बिग्रिएको छ ।’ राजनीतिक पहुँच र चिनजानका हिसाबले प्राविधिक मूल्यांकनमा पास हुने अभ्यास पनि शर्माले सुनाए । अहिले देशमा रहेका २४ हजार निर्माण व्यवसायी आवश्यक हो वा होइन भन्ने विषयमा पनि बहस हुनुपर्ने उनको भनाइ छ । अहिले स्थानीय तहले पनि ‘डी’ वर्गको निर्माण कम्पनीको अनुमति दिने व्यवस्था छ । स्थानीय तहबाट गलत अभ्यास भइरहेको अनुभव शर्माले सुनाए । ‘आफन्तलाई डी वर्गको अनुमति दिने र स्थानीय तहको पूर्वाधारको काम तिनै कम्पनीलाई दिने प्रवृति छ, उनीहरूले राम्रो काम गर्न सक्दैनन्, त्यसले पनि राम्रो काम गर्ने ९० प्रतिशतको टाउकोमा भार आइरहेको छ,’ लो बिडिङले गर्दा विभिन्न निर्माण सामग्री महँगो हुँदा लो बिडिङमा परेकाहरू मारमा पर्छन्, त्यसपछि काम नै अगाडि बढ्दैन ।’ सरकारको नियमले १५ प्रतिशतभन्दा बढी भेरिएसन गर्न नपाइने व्यवस्था गरेको छ । ‘यसले गुणस्तरीय काम हुँदैन, कोरियामा औसत बिडिङ छ, कसले पाउँछ भन्ने नै अन्योल हुन्छ । यस्तो किसिमको बिडिङ नेपालमा पनि आवश्यक छ,’ उनी भन्छन्, ‘निर्माण क्षेत्रमा पनि विधागत रूपमा काम गर्ने व्यवस्था हुनुपर्छ ।’ निर्माण व्यवसायीलाई करको समस्याले पनि पिरोलेको शर्माको गुनासो छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १.५ प्रतिशत टीडीएससँगै विभिन्न निकायमा तिर्नुपर्ने गरी कुल ३४ प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । ‘हामीले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्दैनौ, बाहिरबाट कच्चा पदार्थ ल्याएर नेपालमा काम गर्न कठिन छ,’ उनी भन्छन्, ‘सरकारले निर्माण क्षेत्रलाई प्रोत्साहन नगर्नुको विकलप छैन ।’ अहिले सरकारले निर्माण व्यवसायीको बक्यौता नतिर्दा पनि केही समस्या सिर्जना भइरहेको शर्माले बताए । ‘नेपाली निर्माण व्यवसायीले अब ठूलो परियोजनामा पनि हात हाल्नुपर्छ, सरकारले ५० करोड रुपैयाँसम्म भुक्तानी नदिँदा पनि कम्पनी आफ्नै पुँजीले चलिरहेका छन् । यो भनेको अब हामी ठूलो पुँजीमा पनि काम गर्न सक्छौं भन्ने संकेत हो । बैंकले कम ब्याजदरमा लगानी गर्ने वातावरण बन्यो भने नेपाली पनि कर्णाली पुल, सुरुङमार्गजस्ता ठूला परियोजना निर्माण गर्न सक्षम छन्,’ उनले भने । अस्थिर राजनीति र सरकारको नीतिगत व्यवस्थाले निर्माण क्षेत्रमा समस्या भइरहेको शर्माको गुनासो छ । ‘सिमेन्ट र क्लिङक्र नेपालमै छ । यस्ता उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्छ, जलविद्युतमा पनि प्राथमिकता दिनुपर्छ, त्यसले निर्माणमा पनि सपोर्ट गर्छ,’ उनी भन्छन्, अहिले नकारात्मक कुरा हावी हुँदा सबैको ध्यान त्यतै छ ।’ व्यवसायीलाई सहयोगी नीति नबन्दा निर्माण क्षेत्रले एउटा उचाइ नलिएको शर्माले गुनासो गरे । सरकारले साथ र समन्वय गर्न सकेमा यो क्षेत्रले एउटा लय समात्ने उनको धारणा छ । ‘समयमै रुख काटिँदैनन्, विद्युतको पोल सारिँदैन, काम छिटो बनेन भने निर्माण व्यवसायीलाई दोष दिइने प्रवृति छ,’ उनी भन्छन्, ‘राम्रो काम गर्नेलाई प्रशंसा र गलत गर्नेलाई कारवाही नगरेसम्म सुधार हुँदैन ।’ अब जलविद्युतमा लगानी गर्ने शर्माको योजना छ । सुरुङमार्गमा हात हाल्ने उनको व्यावसायिक रणनीति छ । ‘मेरो छोरा सुलभले पनि अमेरिकाबाट इन्जिनियरिङको पढाइ सकेर नेपालमै फर्केर मलाई साथ दिइरहेका छन्,’ उनी भन्छन्, ‘सकेसम्म कुनै पनि नेपालीको छोराछोरी रोजगारीको लागि विदेश नजाने वातावरण बनाउनुपर्छ, सबैले हातेमालो गरेर देश निर्माणमा लाग्यो भने एक दिन देश पक्कै बन्छ ।’

द्वन्द्वकालको बाध्यता, बेल्जियमको सङ्घर्ष र स्वदेशमा औद्योगिक सफलता

काठमाडौं । हरियाली जङ्गल, कतै गमक्क परेका बाक्ला ठुला रुखहरू । कतै स(साना झाडीहरू । हेर्दै सुन्दर देखिने पहाडको फेँदीमा छस तीन तले आधुनिक डिजाइनको ठुलो भवन । हरियाली जङ्गलको बिचमा सेतो रंगले छुट्टै आकर्षण थपेको छ । वरिपरि स-साना केही भवन, नजिकै बगिरहेको खोलाले झन् सुन्दरता थपेको छ । सहरको भीडभाडभन्दा केही पर जहाँ शान्त स्वच्छ र सफा वातावरण छ । यही दृश्य हो ( ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड’ को । चितवन जिल्लाको जुगेडीमा अवस्थित यस कम्पनीले नेपाली स्वास्थ्य क्षेत्र तथा फार्मा इतिहासमा पहिलो पटक सर्वसाधारण जनताको लगानी स्वामित्व सुरक्षित गर्ने कामको इतिहास रच्यो । वर्षौं पहिलेदेखि स्थापित नेपाली औषधी उद्योगहरू धरासायी बन्दै गर्दाको समयमा औषधी उद्योगका क्षेत्रबाट अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुर्‍याउने, नेपाललाई औषधीमा आत्मनिर्भर गराउने र विदेशमा समेत औषधी निर्यात गर्ने दृढ अठोटका साथ स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्पू मूल मन्त्रबाट सञ्चालित उद्योग हो- ओम मेगा श्री । अत्याधुनिक प्रविधिसहित सुरु भएको यो उद्योग जुन ठाउँमा स्थापित छस यसले स्वच्छता, नवीनता र औद्योगिक उत्कृष्टताको सङ्केत गर्छ । उद्योगसम्म पुग्ने घुमाउरो नागवेली बाटो र वरपरको हरियाली वातावरणले त्यहाँ उत्पादित औषधीहरू पनि उच्च गुणस्तरको छ भन्ने झल्को दिलाउँछ । भवनको पूर्व दक्षिणको भागमा गेट र सेक्युरिटी कोठा छ । त्यसैको दायाँपट्टि तीन लाख क्षमताको ‘वाटर ट्याङ्क’ छ । जुन कहिलेकाँही पानीको आवश्यकता पर्दा पानीलाई प्रशोधन गर्नका लागि विकल्पमा राखिएको हो । त्यसपछि लाम्चो देखिने भवन तत्कालका लागि क्यान्टिनको रूपमा सञ्चालित छ । यो पुरै भवन २२ हजार ६ वर्ग फिटको प्लिन्थमा बनेको छस जसले ओगटेको जमिन झण्डै ५६ हजार वर्गफिटमा रहेको छ । पृष्ठभूमिमा लेखिएका हरफका मुख पात्र हुन् उद्योगका सञ्चालक अर्जुनकुमार श्रेष्ठ । जसले स्नातकोत्तर पढ्दैगर्दा औषधी क्षेत्रमा काम गर्ने अवसर पाए । त्यही अवसरमा थाहा थियो कि नेपालमा औषधीको मूल्यमा कति मनलाग्दी थियो । उनलाई काम गर्दै जाँदा लाग्थ्यो दोब्बर तेब्बर होइन, तोकिएकै मूल्यमा नागरिकले गुणस्तरीय औषधी पाउनुपर्छ । उनले वि।सं २०५१ देखि नै यसका लागि आफै केही गर्नुपर्छ भन्ने दृढ सङ्कल्प गरेका थिए । त्यही सङ्कल्प सुरु गर्न श्रेष्ठले सुरु गरेको व्यवसाय हो- ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड । स्वदेश हुँदै विदेशमा समेत विभिन्न व्यवसाय गरिरहेका उनले यो औषधी उत्पादनलाई मुख्य व्यवसायका रूपमा अगाडि बढाएका छन् । ‘मैले जबदेखि औषधीको विषयमा थाहा पाएँस आफै काम गर्न सुरु गरेँ, त्यो दिनदेखि नै प्रण गरेको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘मैले प्रण गरेको कुरा आज आएर यथार्थमा परिणत हुँदा निकै खुसी लागेको छस अब स्वदेशमा मात्र होइन, हामीले उत्पादन गरेको औषधी विदेशमा समेत पठाउने उद्देश्य हो ।’ ६ दर्जन औषधी उत्पादन औषधी उत्दापनका लागि तीन सयभन्दा बढी सर्ट लिस्ट गरी झन्डै ६ दर्जन उत्पादन अनुमित लिई अगाडि बढेको यस कम्पनीले हाल कार्डियो, डाइबिटिज र जनरल गरी ३७ औषधीको बजारीकरण गरिसकेको छ । प्रारम्भमा कार्डियो-डाइबिटिज हुँदै हाल जेनरल प्रडक्टमा काम गरिरहेको ओम मेगाश्रीका अध्यक्ष एवम् सञ्चालक श्रेष्ठ भन्छन्, ‘कार्डियो डाइबिटिज औषधी बजारमा आउँदै गर्दा फाइनान्सियल रूपमा अप्ठ्यारो हुन सक्छ भन्ने थाहा थियो किनकि चिकित्सकले प्रिस्काइब गरिसकेपछि मात्र यो औषधी बिक्ने हो । तथापि हामीले यसैमाध्मबाट यात्रा आरम्भ गर्‍यौँ ।’ नेपालमा हाल ७० देखि ८० औषधी उद्योग छन् । तीमध्ये कतिपय उद्योगको अवस्था निराशाजनक छ । धेरै उद्योग बन्द हुने अवस्थामा छन् । नेपालमा अहिले ५५ प्रतिशत बढी औषधी विदेशबाट आयात हुन्छ । नेपाली उत्पादनले बजारको मात्र ४५ प्रतिशत औषधी धान्दै आएका छन् । आयातित औषधीको प्रयोगको गुणस्तर र चर्को मूल्यको मारमा अहिले पनि नागरिक परेका छन् । अर्जुन अहिले आयात भइरहेका जति पनि औषधी छन्, ती औषधी स्वदेशी फर्मास्युटिकल्सले उत्पादन गर्न सक्यो भने आयतित औषधीलाई प्रतिस्थापन गर्न सकिने धारणा राख्छन् । उनी भन्छन्, ‘आर्थिक हिसाबले कुरा गर्ने हो भने २९ देखि ३० अर्बको औषधी मात्र नेपाली फार्मा उद्योगहरूले कभरेज गरेका छन्स बाँकी वैदेशिक औषधीले ।’ उनले ओम मेगाश्री फर्मास्युटिकल्सले आयातलाई कम गर्ने र आगामी दिनमा निर्यात गर्ने उद्देश्य राखेको बताए । कर्मका यात्री अर्जुन अर्जुन श्रेष्ठको घर पर्वत जिल्लाको देवीस्थान हो । ७ जना दाजुबहिनीमध्ये श्रेष्ठ सबैभन्दा कान्छा हुन् । उनले कक्षा १० सम्म पर्वतकै जनता मा।वि।मा पढे । पढाइमा उनी अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो भएनन् । उनलाई पढाउने शिक्षकले एसएलसीमा बोर्ड १० भित्र पर्ने दाबी गरेका थिए । तर, गुरुले सोचे जस्तो उनको एसएलसीको नतिजा राम्रो आएन । वि।सं २०४६ सालमा एसएलसी पास भइसकेपछि उनी काठमाडौं आए । उनको योजना काठमाडौं आएर विज्ञान विषय पढ्ने थियो । यो कुरा उनका बुवालाई समेत थाहा थिएन । विगतको कुरा स्मरण गर्दै श्रेष्ठ भन्छन्, ‘म काठमाडौं आउँदा बुवालाई समेत थाहा थिएन, कसैलाई नभनी एक्लै हिँडें ।’ श्रेष्ठका माइला बुवा सर्वोच्च अदालतमा रजिष्ट्रार थिए । उनका कान्छा बुवा पनि काठमाडौंमै थिए । उनी माइला कान्छाबासँगै काठमाडौंमा बसेर त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना भए । त्यो बेला आइएस्सीको ट्युसन फी जम्मा १९ रुपैयाँ थियो । त्यो पनि उनले तिर्न पर्दैन थियो । उनी भन्छन्, ‘त्यो बेला पर्वत दुर्गममा पर्थ्योस कक्षामा पनि जेहेनदार र दुर्गमको विद्यार्थी हुँदा मलाई छुट हुन्थ्यो ।’ उनलाई पढ्दा आर्थिक समस्या भएन । उनले त्रिचन्दमा आइएस्सी पास गरिसकेपछि बिएस्सीका लागि तानसेन फर्किए । यी र यस्ता आरोह-अवरोहको नालीबेली अर्जुनद्वारा लिखित ‘अर्जुनदृष्टि’ जीवनका पाँच दशकु पुस्तकमा लिपिबद्ध भएका छन् । म्याग्दी पुग्दा लिएको सङ्कल्प स्नातकोत्तर पढ्दैगर्दा श्रेष्ठलाई विदेश जान मन लाग्यो । उनले अष्ट्रेलिया जाने तयारी गरे । विदेश जान ठिक्क परिरहेको बेला उनले काठमाडौं पोस्टमा एउटा विज्ञापन देखे । विज्ञापन थियो ‘एस ल्याब्रोटिज’ कम्पनीको, जसले चार जना मेडिकल रिप्रेजेन्टेटिभ मागेको थियो । उनीसँग केही समय अझ बाँकी थियो । उनी विज्ञापनलाई पच्छयाउँदै अन्तर्वार्ता दिन गए । चार जना माग गरिएको ठाउँमा ७२ जना उम्मेदवार थिए । अन्तर्वार्ता दिँदा जम्मा दुई जना उत्तीर्ण भए । जसमा एकजना श्रेष्ठ थिए । ७२ जनामध्ये उनी छनोट भए पनि उनलाई आफूमा विशेष केही गर्न सक्ने क्षमता छ भन्ने अनुभव भयो । श्रेष्ठले तत्काल अष्ट्रेलिया जाने योजना रद्द गरे । तलब पनि राम्रै थियो । उनले करिब डेढ वर्ष उक्त कम्पनीमा काम गरे । त्यसपछि उनले आफ्नै व्यवसाय सुरु गरे । उनले मेडिकल रिप्रेजेन्टेटिभको रूपमा काम गर्दै जाँदा नागरिकले औषधीको चर्को मूल्य कति तिर्नुपर्छ र उनीहरूले कति गुणस्तर औषधी पाउँछन् भन्ने थाहा पाए । त्यसपछि श्रेष्ठले अब नेपालमै औषधी उत्पादन गर्नुपर्छ ताकि नेपाली नागरिकले उचित मूल्यमा गुणस्तरीय औषधी पाउन् भन्ने सङ्कल्प गरे । त्यो समयमा भारतबाट ल्याइने कुनै औषधीको मूल्य १० रुपैयाँ छ भने त्यसको ४० रुपैयाँमा बेच्ने चलन थियो । उनले त्यही बेला म्याग्दीमा औषधी पसल सुरु गरे । उनले जुन मूल्य तोकिएको छ, त्यही मूल्यमा १० रुपैयाँमा बेच्न सुरु गरे । ‘मलाई लाग्थ्यो उचित मूल्य अथवा न्यायोचित मूल्यमा औषधी नागरिकले पाउनुपर्छ,’ उनी भन्छन्, ‘योबाहेक विभिन्न समयमा औषधीमा गुणस्तरको कुरा पनि आइरहन्थ्यो । मलाई यी कुरा सुन्दै गर्दा लाग्थ्यो, म कुनै न कुनै दिन गुणस्तरीय औषधी उचित मूल्यमा ल्याउँछु, जसले उपभोक्तालाई सजिलो हुने छ ।’ म्याग्दीमा औषधी पसल सञ्चालन गरेको ठिक १ वर्षपछि श्रेष्ठले आफ्नो व्यवसाय कुश्मामा पनि विस्तार गरे । त्यो बेला उनले २३ वटा औषधी पसलमा औषधी वितरण गर्थे । औषधी व्यवसाय सुरु गरिसकेपछि उनले वि।सं २०५६ सालमा कुश्मामा पहिलो नर्सिङ होम बनाउने योजना बनाएका थिए । तर, सुचारु गर्न सकेनन् । उनले व्यवसाय फराकिलो बनाउँदै लगे । श्रेष्ठ उद्योग वाणिज्य सङ्घ पर्वतका महासचिव पनि बने । विभिन्न सङ्घसंस्थामा आबद्ध हुँदै गए । देशमा द्वन्द्व चलिरहेको थियो । गाउँमा बसेर काम गर्ने वातावरण थिएन । विद्रोही र सरकारपक्ष दुवैबाट धम्की आउन थाल्यो । अन्ततः द्वन्द्वको चपेटाले उनलाई विदेशी भूमितिर हानिए । बाध्यताले देश छोड्दा श्रेष्ठको व्यापार राम्रो चलिरहेको थियो । उनलाई परदेश जाने सोच त्यति बेला थिएन । तर, स्वदेशमा बस्ने वातावरण भएन । उनी श्रीमती र छोरासहित बेल्जियम पुगे । त्यो बेला नेपालबाट विदेश पुग्नेहरूलाई जुनसुकै देशले वातावरण सहज बनाइदिन्थ्यो । श्रेष्ठको मनमा विदेश गए पनि नेपालमै फर्केर औषधी उद्योग सञ्चालन गर्ने थियो । ‘मेरो तन विदेशमा थियो तर, मन यहीँ थियो,’ उनी भन्छन्, ‘मैले फर्केर पहिले गरिरहेको कामलाई निरन्ता दिनुपर्छ भन्ने थियो ।’ उनी बेल्जियम पुग्दा त्यहाँ रहेको ओमेगा ल्याब्रोटरिजसँग कुराकानी गरे । यो कम्पनीलाई नेपालमा ज्वाइन्ट भेन्चरमा ल्याएर आउने भन्ने उनको योजना थियो । त्यहीअनुसार तयारी भइरहेको थियो । उनले नेपालमा ‘ओम मेगाश्री फर्मास्युटिकल्स नाम पनि मिल्दोजुल्दो हिसाबले दर्ता गरिसकेका थिए । तर, ओमेगा ल्याब्रोटरिजलाई फ्रान्सको ठुलो ग्रुपले अपनायो । त्यसपछि त्यो यात्रा त्यही टुङ्गियो । अहिले पनि अर्जुनले बेल्जियमको फार्मास्युटिकलसँग प्राविधिक सल्लाह लिइरहेका छन् । बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली श्रेष्ठले बेल्जियम पुगेर पनि व्यवसाय नै सुरु गरे । सुरुमा भाषा फरक रहनसहन सबै फरक थियो । उनले सबैभन्दा सहज धेरै मान्छेसँग धेरै बोल्न पनि नपर्ने हुनाले सजिलो व्यवसाय रेस्टुरेन्ट रोजे । उनी बेल्जियममा जर्मन रेस्टुरेन्ट खोल्ने पहिलो नेपाली थिए । उनको व्यवसाय राम्रो चल्दै गयो । श्रेष्ठले त्यहाँ रहेका नेपालीलाई पनि व्यवसायमा लाग्न आग्रह गर्दै काम गर्दै गए । उनले ३० महिना त्यहाँ काम गरिसकेपछि उनलाई गैरआवासीय नेपाली सङ्घमा आबद्ध हुनुपर्छ भन्ने लाग्यो । सन् २००९ देखि उनले नेपाली व्यवसायी सङ्घ बेल्जियमको अध्यक्ष बनेर काम गरे । उनीसँग १२ वर्ष गैरआवासीय नेपाली सङ्घमा काम गरेको अनुभव छ । उनी २१ वर्ष विदेश बसे । तर, अहिले स्वदेश फर्किएका छन् । श्रेष्ठले नेपालमा व्यवसाय गरिरहँदा अहिले पनि उनको परिवार भने बेल्जियममै छ । उनको उतै पनि व्यवसाय छ । बेल्जियमको व्यवसाय श्रीमतीले हेरिरहेकी छन् । उनको जेठो छोरा पनि आफै काम गर्दै व्यवसाय गरिरहेका छन् । दोस्रो पटक नागरिकता नेपाली नागरिकता त्यागेर बेल्जियममा २१ वर्ष बिताएका श्रेष्ठले विश्वका धेरै देश बेल्जियम नागरिक बनेर घुमिसकेका छन् । उनलाई नेपाली पासपोर्ट लिएर विश्व भ्रमण गर्दा र बेल्जियमको पासपोर्ट लिई भ्रमण गर्दाको अनुभव छ । बेल्जियमको नागरिकता लिँदा उनले १ सय ६४ देशमा अनअराइभल भिषा पाउँथे भने नेपाली पासपोर्ट हुँदा यो भिषा पाइँदैन । भन्छन्, ‘नेपाली पासपोर्टबाट विदेश जाँदा पनि भिषाकै लागि लामो समय कुर्नुपर्छ , फेरि निश्चित हुँदैन, बेल्जियमको पासपोर्टले सबै काम एकैचोटि समयमै हुन्छ ।’ श्रेष्ठ आफूलाई दोस्रो पटक नागरिकता लिँदा सारै खुसी लागेको बताउँछन् । ‘पहिलो पटक नागरिकता लिँदा १६ वर्षको थिएँ, केही थाहा नै भएन,’ उनी भन्छन्, ‘दोस्रो पटक लिँदा आफ्नो गुमेको पहिचान पाए झैं भयो । त्यो बेला मलाई सारै नै खुसी लागेको थियो ।’ २८ कम्पनीमा लगानी श्रेष्ठको लगानी हरेक व्यवसायमा छ । औषधी, अस्पताल, हाइड्रो, होटल, रेस्टुरेन्टलगायत व्यवसायमा उनले लगानी गरेका छन् । तर, उनी आफ्नो मुख्य व्यापार औषधी उद्योग रहेको बताउँछन् । उनले पोखरामा स्वीस(नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर सञ्चालनमा ल्याउँदै छन् । जुन अस्पतालले स्वीटजरल्याण्ड युनिभर्सिटी हस्पिटलसँग साझेदारी गरेर विदेशमा बसेका चिकित्सकलाई जोडेको छ । अहिले पनि नेपालका क्यान्सर बिरामीले भारतमा गएर उपचार गरिरहेको पाइन्छ । नेपालमा पनि यसका बिरामीहरू बढिरहेका छन् । यस्तो अवस्थामा अस्पतालमा लगानी गरेको उनले बताए । कावासोतीमा जनरल अस्पताल बन्ने तयारीमा छ । जसको भवन तयार भइरहेको छ । उनी भन्छन्,‘ जस्तो परिस्थिति आयो, त्यहीअनुसार काम गरियो तर, मेरो मुख्य व्यवसाय भनेको औषधी हो ।’ उनले २८ वटा कम्पनीमा लगानी गरेका छन् । तीमध्ये अहिले उनले ७ वटा व्ययसायमा काम गरिरहेका छन् । २०५४ सालदेखि आजसम्म उनको एकल लगानी भएको एउटा व्यवसाय पनि छैन । उनी भन्छन्, ‘जुनजुन ठाउँमा म गएँ त्यहाँको एकजना साथी लिएर व्यवसाय गर्दै आइरहेको छु । म मिलेरै काम गर्नुपर्छ भन्ने मान्यतामा अडिग छु र यसरी नै सफल भएको छु ।’ औषधी निर्यात गर्ने लक्ष्य श्रेष्ठले त्यो बेला देशविदेश घुमेको अनुभवले नेपालमा औषधी उत्पादन गरी निर्यात गर्ने लक्ष्य बनाएका छन् । यसका लागि उनले काम सुरु गरिसकेका छन् । ‘यो यो औषधी निर्यात गर्छौं भन्ने छैन तर त्यहाँको बजार त्यहाँका स्थानीय राज्यको, स्थानीय विभागको नीतहरू के के छन् भन्ने कुरामा हामी अध्ययन गरिरहेका छौँ, कुन राज्यमा कुन औषधी जान सक्छ भन्ने सन्दर्भमा केही समय लाग्न सक्छ,’ श्रेष्ठले प्रस्ट पारे । उनको उद्देश्य अधिकतम औषधी बाहिर जान सकोस् भन्ने रहेको छ । उनले यो फार्मा उद्योगमा बनाउँदाखेरि पनि युरोपियन स्ट्यान्डर्ड पनि मेन्टेन गर्ने तरिकाले गरेको बताए । केही औषधी गुणस्तरहीन आजभोलि गुणस्तरीय स्वास्थ्यको कुरा गर्दा कतिपय व्यक्ति औषधी आफैमा गुणस्तर हुने भन्दै गुणस्तरीय भनिराख्न नपर्ने बताउँछन् । औषधी उत्पादनको क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ भने केही औषधी गुणस्तरहीन हुने बताउँछन् । औषधी पनि गुणस्तरहीन हुन्छ रु भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘अहिले यो प्रश्न धेरैले गर्छन्, तर म ठोकुवाका साथ भन्छु– कतिपय औषधी गुणस्तरहीन हुन्छ ।’ ‘यदि औषधी गुणस्तरहीन हुँदैन भने एउटै औषधी कुनै कम्पनीकोले राम्रो काम गर्ने, कुनैले गर्दैन भने यसलाई के भन्ने रु,’ श्रेष्ठ थप्छन् । उनी प्रिन्सिपल र प्राक्टिकल रूपमा औषधीमा फरक पर्ने दाबी गर्छन् । उत्पादन सुविधा, प्याकेजिङ सुविधा, स्टोरिङलगायत विभिन्न कारणले गुणस्तरमा फरक पार्ने उनी बताउँछन् । औषधीको गुणस्तर कति छ भन्ने कुरा सबैले एउटा प्रक्रिया प्यारामिटर पुर्‍याएर काम गर्नुपर्ने हुन्छ । तर जहाँ औषधी उत्पादन गर्ने ठाउँ कति सुरक्षित छ र औषधी बनाउँदा प्रयोग गरिने कच्चा पदार्थ कस्तो छ भन्ने कुराले पनि औषधीको गुणस्तर आउँछ । श्रेष्ठ यो कुरामा ओम मेगाश्रीले निकै ध्यान दिने गरेको दाबी गर्छन् । उनले आफ्नो कम्पनीमा औषधी प्याकेजिङबाहेक अन्यमा मानव संशाधनबाट काम नगरेको बताए । उनी भन्छन्, ‘यसका लागि हामीसँग नवीनतम प्रविधि र पूर्ण स्वचाचित मेसिनहरू छन्, सबै काम मेसिनबाटै हुन्छ ।’