दु:खी छु, पिडामा छु विश्वकप हारेपछि झन् आलोचनाको सिकार भएँ: नेइमार जुनियर (भिडियोसहित)
काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियर सेन्ट परिस जर्मनको ट्रनिङ सेसनमा फर्किएका छन् । विश्वकपमा बेल्जियमसित हारेपनि उनी पहिलो पटक ट्रेनिङ फर्किएका हुन् । नेइमारले विश्वकपमा हार बेहोरेपछि चौतर्फी आलोचनाको सिकार हनुपरेको बताएका छन् । उनले गोलडटकमसँग कुरा गर्दै भनेका छन्- ‘म सबै कुरामा आलोचित भैरहेको छु, चाहे मैले जे बोले, पनि जे गरे पनि । तर मैले यसलाई प्रयोग गरिरहेको छु । मैले धेरै समय आलोचनाको बारेमा सोचेको छु । तर म अझै विश्वकपको कुरा गर्न चाहान्छु किनभने म अझै यसको पिडामा छु । म धेरै दुखी छु, यो समय मेरो लागि धेरै कष्टकर समय हो, म सधै भन्दै आइरहेको छु जब मैले सान्तोस क्लब छोडे, मैले इस्टाग्राममा लेखेँ, जब मैले बार्सिलोना छोडे मैले इस्टाग्राममा लेखेँ र विश्वकपको बारेमा पनि लेख्दैछु, जहाँ मलाई मेरा शब्दहरु लेख्न सजिलो लाग्छ । जब मलाई मनिसले माया गर्छन मेरो मनमा शान्ती मिल्छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गर्यो
काठमाडौं । एलजीले पूर्व फुटबल खेलाडिहरुलाई सम्मान गरेको छ । एलजीले फुटबल विश्वकप शुरु हुनु अघि नै एल सलुटस् मास्टर अफ फुटबल क्याम्पियन सञ्चालन गरेको थियो । यस क्याम्पियनमा एलजीले काठमाडौ लगायत अन्य मुख्य सहरहरुमा गरको थियो । यसमा पूर्व फुटबल खेलाडिहरुसँग बसेर अन्र्तक्रिया तथा पुुराना फुटबल म्याचहरुसँग हेरेको थिए । एलजीले राजु काजि शाक्य, वाईवि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको छ । उनीहरुको फुटबलमा नेपालप्रति योगदान गरेकोमा उनीहरुलाई सम्मान गरेको हो । साथै, यस कार्यक्रममा दुई जना बम्पर विक्लि ड्र अन्तर्गत ४३ इन्चको स्मार्ट टिभीको विजेता घोषित गरको छ । पोखराका जय प्रकाश सापकोटा र भक्तपुरका कोमल प्रसाद तेस्रो तथा चौथो हप्ताको विजेता घोषित भएका छन् ।
‘अब पैसाको लागि टाउको बेच्दिन’: नेइमार जुनियर
काठमाडौं । ब्राजिलका स्टार खेलाडी नेइमार जुनियरले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएजी) नछोड्ने बताएका छन् । किर्तिमानी मूल्यमा रियल म्याड्रिड जाने हल्ला चलेपछि नेइमारले पिएसजी नछोड्ने बताएका हुन् । म्यड्रिडले क्रिष्टियानो रोनाल्डो बेचेपछि नेइमार किन्ने तयारी गरेको थियो । उनका लागि रियलले किर्तिमानी ३१० मिलयन युरो प्रस्ताव समेत गर्ने तयारी गरेको थियो तर नेइमारले सबै कुरा झुटो भएको दाबी गरेका छन् । नेइमारले फक्स स्पोर्टसँग कुरा गर्दै भनेका छन् -‘मेरो पिएसजी छोड्ने कुनै प्लान छैन किनकी मसँग अझै ४ वर्षको सम्झौता रहेको छ । जति कुरा बाहिर आयो त्यसमा सत्यता छैन यो सबै मिडियाको हो-हल्ला मात्र हो । चुनौतिहरु अझै बाँकी छन्, मैले उच्च गोलकर्ताको रुपमा आफ्नो नाम लेखाउनु छ । म अब टाउको फेर्न सक्दिन चाहे जुनकुनै वस्तुसँग, मलाई विश्वास छ, यो सिजन मेरो निकै सफल सिजन हुनेछ । मैले यो भनिरहदाँ पिएसजीका मिडियाहरु रमाइरहेका छन् । यो कुरा सबैलाई थाहा छ म पिएसजीप्रति कति गम्भिर छु ।’ उनले थपेका छन् -‘भर्खरै विश्वकप जितेर आएका केलियन एम्बाप्पेलाई बधाई दिन चाहान्छु । जो सर्वोकृष्ट युवा खेलाडी बनिसकेका छन् । उनीसँग म प्रत्येक दिन भेट्दा उनमा नयाँ क्षमता म देख्ने गर्छु । नेइमार २२२ मिलियन युरोमा एक वर्षअछि पिएजी गएका थिए ।’