आज रामोस भर्सेस रोनाल्डो र सलाह भर्सेस सुवारेज
काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर रोनाल्डो र उत्कृष्ट डिफेन्डर रामोस प्रतिस्पर्धा हुने भएको हो । खेलको २ दिन अघि स्पेनको प्रशिक्षक जुलियन लोपेटेगुइलाई बर्खास्त गरेपछि रामोसले विश्वकप अघि आफुलाई मलामी जानु परेको जस्तो अनुभव भएको बताएका छन् । प्रशिक्षक बर्खास्तबारे मार्कासँग प्रतिक्रिया दिदैं रामोसले यसबाट आफु दुखि भएको भन्दै विश्वकपको अन्त्य खुशिसाथ गर्न चाहेको बताए । यस्तै बेलुका नेपाली समय अनुसार ५ ४५ बजेबाट शुरु हुने उरुग्वे र इजिप्टको खेलमा लुइज सुवारेज मोहमद सलाह एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । तर इजिप्टका सञ्चार माध्यमले भने सलाह उरुग्वे विरुद्धको खेलमा खेल्न नसक्ने बताएका छन् ।
धादिङमा मेसी र अर्जेन्टिनाको समर्थनमा मोटरसाइकल र्याली
काठमाडौं । धादिङमा विश्वकप २०१८ को चर्को चहल पहल शुरु भएको छ । विश्वकप शुरु हुन केहि घण्टा बाँकी रहँदा अर्जेन्टिना समर्थकहरुले मेसी र उनको टीम अर्जेन्टिनालाई समर्थन गर्दै मोटरसाइकल र्याली निकालेको हो । साँझ ५ बजे ससाहबाटबाट शुरु भएको र्याली पुच्छार बजार बिच बजार हुँदै शहर परिक्रमा गरेको अर्जेन्टिनाका समर्थक अर्जुन कमार श्रेष्ठले बताए । र्यालीमा समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्ने दाबी गरेका थिए । र्यालीमा ४५ वटा मोटरसाइकलले सहभागिता जनाएको थियो ।
फुटबल टेनिस होइन, मेसीलाई रोक्नी कुनै सुत्र छैन: इभान राकेटिक
काठमाडौं । क्रोयोसियका मिडफिल्डर इभान राकेटिकले २०१८ को विश्वकपमा अर्जेन्टिनाका मेसीलाई रोक्ने कुनैपनि सुत्र नहुने बताएका छन् । स्पेनीस अनलाईन मार्कालाई अन्तर्वाता दिदैं राकेटिकले मेसी जादुमई खेलाडी भएको बताएका हुन् । राकेटिकले मेसीबारे बोल्दै भने-“मेसीलाई रोक्ने सुत्र कसैले पाउन सक्दैन । यो मेरा लागि अरुका लागि जो कसैका लागि वास्तवमै कठिन छ । हामी उनीसँगै हाम्रो क्षमताको आधारमा तुलना गर्छौ । एक उत्कृष्ट खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि ठूलो भाग्य हो । तर हामी कति खतरनाक छौं त्यो उनले बुझिसकेका छन् । साच्चिनै उनले विश्वकप जित्नेछन र देखाउनेछन् को हुन् मेसी, तर फुटबल टेनिस हाेइन, मेसी एक्लैको लबबाबले कप जित्न सक्दैनन् । कपको लागि ३२ देशको ३२ सपना छ । यदि अन्तिममा उनले कप जित्छन् भने त्यसमा हामी मेसीका लागि खुशि हुनेछौं । यदि उनी उत्कृष्ट छन् यदि कोहि उत्कृष्ट छ उसले एउटा कप जितोस वा ५० हजार ! एउटा विश्व कपले को हुन् मेसी भनेर चिनाउँदैन । मेसी र राकेटिक बार्सिलोना फुटबल क्लबबाट सँगै फुटबल खेल्दै आएका छन् ।”