वृज सिमेन्टका ब्राण्ड एम्बेसडर श्रेष्ठद्धारा बनेपाको स्कुललाई फुटबल सामाग्री हस्तान्तरण
काठमाडौं । राष्ट्रिय फुटबल टिमका युवा खेलाडी नवयुग श्रेष्ठले बनेपा–८ काभ्रेमा अवस्थित शिक्षा सदन माध्यमिक विद्यालयलाई फुटबल सामाग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा. लि. द्धारा प्रायोजन गरिएको फुटबल सामाग्री वितरण कार्यक्रमबीच उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् । नवयुग श्रेष्ठ वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा विगत एक बर्षदेखि आवद्ध छन् । यस विद्यालयका प्रधानाध्यापक पुकार कर्णजितले विद्यार्थीहरुको चौतर्फी विकासको लागि शिक्षाको साथसाथ सहक्रियाकलाप अझ खेलकुद महत्वपुर्ण विषय रहेकाे बताएका छन् । साथै, उनले यस सार्वजनिक विद्यालयलाई फुटवल सामाग्री प्रदान गरेकोमा वृज सिमेन्टलाई धन्यवाद दिएका छन् । उनले निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला प्रदान हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने बताएका छन् । भविष्य कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुने उनले बताए । यसका साथसाथै वृज सिमेन्टका काभ्रे जिल्लाका आधिकारिक बिक्रेताहरुको उपस्थिति समेत रहेको थियो । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वृज सिमेन्ट इण्डष्ट्रिजले पहिलो चरणमा बनेपाको यस सार्वजनिक विद्यालयलाई छनौट गरिएको सिनियर ब्राण्ड मेनेजर अमित श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यो फुटबल सामाग्री वितरण कार्यक्रम देशका अन्य क्षेत्रहरुमा कार्यन्वयन गर्ने उनले बताए ।
मड्रिड छोडेपछि इटालीको यस्तो घरमा बस्नेछन्, क्रिस्टियानो रोनाल्डो (फोटोसहित)
काठमाडौं । स्पेनिस फुटबल क्लब रियल मड्रिडले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्ने लगभग पक्का भएको छ । रोनाल्डो युभेन्टस् जाने आधिकारी निर्णय नहुदै इटालियन मिडियाहरुले भने रोनाल्डो बस्ने घर सार्वजनिक गरेका छन् । केहिदिन अघि युभेन्टसले रोनाल्डोको लागि १ सय मिलियन युराको प्रस्ताव गरेको थियो । रोनाल्डोका एजेन्टले पनि युभेन्टस्को पदाधिकारीहरुसँग लगातार छलफल गरिरहेको समाचार बाहिर आएपछि रोनाल्डो युभेन्टस् जाने निश्चित जस्तै भएको हो । २०१८ ०१९ को च्याम्पियान्स लिग जिताउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो बालोन डि ओरको प्रमुख दाबेदार हुन् । रोनाल्डो युभेन्टस् जाने भएपछि रियल मड्रिडमा भने नेइमार जुनियर ल्याउने तयारी भएको छ । यसका लागि मड्रिडले पिएसजी सामू ३१० मिलियन युरोको प्रस्ताव गरिसकेको छ । यस्तो छ इटालीमा रोनाल्डो बस्ने घरको फोटो
विश्वकपमा बाजी खेल्ने दश हजार जना पक्राउ
बैंकक । थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन् । उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको जनाइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पनि पाइएको प्रहरीको भनाई छ ।