दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।
मेसी, रोनाल्डो, सुवारेज र ग्रीजम्यान मध्ये एक जना मात्रै सेमिफाइनलमा, को पुग्लान ?
काठमाडौं । रसिया विश्वकप २०१८ का समुह चरणको खेल सकिनै लाग्दा अब प्रि क्वाटरफाइनलको हिसाब शुरु भएको छ । नयाँ फुटबल राष्ट्रहरुको कडा चुनौति पार गर्दै अन्तत पुरानै शक्ति राष्ट्रहरु अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । प्रिक्वाटर फाइनलको खेल तालिका अनुसार विश्व चर्चित फुटबल स्ट्राइकरहरु लियोनल मेसी र एन्टोनी ग्रीजम्यान, क्रिष्टियानो रोनाल्डो र लुइज सुवारेज एक अर्का विरुद्ध भिड्ने भएका छन् । ग्रुप ए को बिजेता बन्दै उरुग्वेले ग्रुप बी को उपविजेता पोर्चुगलसँग भेट पक्का गरेको हो भने ग्रुप सीको बिजेता बन्दै फ्रान्सले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । तालिका अनुसार फ्रान्स र अर्जेन्टिना मध्ये १ र उरुग्वे र पोर्चुगल मध्ये १ राष्ट्र अन्तिम ८ मा पुग्नेछ । सेमिफाइनलका लागि ति दुई विजेता राष्ट्रबिच नै प्रतिस्पर्धा हुनेछ । विश्वकप अन्तर्गत बुधबार जर्मनी र ब्राजिलले अन्तिम १६ का लागि सघर्ष गर्दै छन् ।
अरुले के हेरे थाहा छैन मैले अर्जेन्टिनाका खेलाडी केटी जस्तै रोइरहेको हेरेँ : सिमे भर्सलजको
काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् । उनले भने क्रोयोसियाका मिडीयाले मलाई कसरी हेरे त्यो मलाई थाहा छैन, तर मैले विपक्षी खेलाडीहरु केटी जस्तै रोइरहेको देखेँ । हामी उत्कृष्ट अवसर बनाउने प्रयास गरिरहेका थियौं । तर उनीहरु पटक पटक केटी जस्तै रोइरहे । प्रशिक्षक साम्पाउलीले हामी माथि हाबी हुने रणनिति बनाएका थिए तर हामीले त्यसलाई सजिलै असफल बनाउन सफल भयौं । उनीहरु मैदानमा लड्दै केटी जस्तै राइरहेका थिए । यो दृश्य मैले पटक पटक हेरेँ । मलाई विश्वास उनीहरुले अर्को खेल राम्रो खेल्नेछन् ।