यी हुन् भारतका करोडौं कमाउने १५ क्रिकेटर
एजेन्सी । विश्व क्रिकेट खेल जगतमा भारतको नाम सधैं शीर्ष स्थानमै आउने गर्छ । विश्वकप क्रिकेटमा भारतले दुईपटक उपाधि पनि हासिल गरिसकेको छ । आइतबार पनि अष्ट्रेलियासँग विश्वकपको ट्रफी उचाल्ने रणनीतिका साथ खेल खेलिरहेको छ । भारतमा क्रिकेटकाे क्रेज यतिविधि छ कि प्रत्येक मानिसले यो खेलबारे चासो राख्छन् । भारतीय क्रिकेटमा ठूलो धनराशी खर्च हुने गर्छ भने क्रिकेट खेलाडीले करोडौं पारिश्रमिक पाउने गर्छन् । क्रिकेटका नामुद खेलाडीहरू विभिन्न व्यापारिक विज्ञापनमा पनि देखिने गर्छन्, जसबाट उनीहरूले करोडौं आम्दानी गरिरहेका छन् । त्यसबाहेक भारत क्रिकेट काउन्सिल (बीसीसीआई) ले उनीहरूलाई वार्षिक, सिजन र प्रत्येक खेलका लागि छुट्टाछुट्टै गरी करोडौं पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । भारतीय क्रिकेटका १५ महँगा खेलाडीबारे यहाँ चर्चा गरिएको छ : १. रोहित शर्मा भारतीय क्रिकेट कप्तान रोहित शर्मा श्रेणीमा सबैभन्दा माथि छन् । रोहितलाई वार्षिक अनुबन्धका लागि ७ करोड भारतीय रूपैयाँ र प्रतिम्याच फिसको ५० प्रतिशत बोनस पनि दिइन्छ । उनी भारतीय क्रिकेट खेलाडीमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन् । रोहितले आईपीएलमा प्रतिसिजन १६ करोड पाउँछन् । २. विराट कोहली भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहली धनी क्रिकेटरमध्ये दोस्रो नम्बरमा पर्छन् । उनले अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु पाउँछन् । उनलाई आरसीबीबाट प्रतिसिजन १५ करोड भारु प्राप्त हुन्छ । ३. जसप्रित बुम्राह दायाँ हातका फास्ट बलर जसप्रित बुम्राहको बीसीसीआईले प्रिमियम क्रिकेटमा ए प्लस श्रेणीमा राखेको छ । उनलाई ७ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा उनले एमआईबाट १२ करोड लिन्छन् । ४. रवीन्द्र जडेजा क्रिकेट स्टार अलराउन्डर रवीन्द्र जडेजा क्रिकेटका तीन फर्म्याटका हिस्सा हुन् । बीसीसीआईले उनलाई प्रिमियर क्रिकेटमा ए श्रेणीमा राखेको छ । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ७ करोड भारु लिन्छन् । उनले आईपीएलमा चेन्नई सुपरकिङ्सबाट प्रतिसिजन १६ करोड भारु लिन्छन् । ५. मोहम्मद समी क्रिकेटर मोहम्मद समी ग्रेड ए श्रेणीका एकमात्र बलर हुन् । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ५ करोड भारु दिइन्छ । उनले आईपीएलमा गुजरात राइडर्सबाट ६.२५ करोड भारु प्राप्त गर्छन् । ६. हार्दिक पाण्डेय अलराउन्डर हार्दिक पाण्डेय ग्रेड ए श्रेणीका हिस्सा हुन् । उनलाई वार्षिक ५ करोड भारु अनुबन्ध तथा म्याच फिसका रूपमा दिइन्छ । हार्दिकले प्रतिम्याच ६ लाख र ३ लाख पाउँछन् । आईपीएलमा उनले प्रतिसिजन १५ करोड रुपैयाँ लिन्छन् । ७. रविचन्द्र अश्विन भारतका प्रमुख ट्रेनर रविचन्द्र अश्विनलाई बीसीसीआईले ग्रेड एमा राखेको छ । उनलाई वार्षिक ५ करोड म्याच फिस र अनुबन्धका लागि दिइन्छ । उनलाई प्रतिटेस्ट म्याचका लागि १५ लाख दिइन्छ । उनी आईपीएलमा राजस्थान रोयल्सबाट हरेक सिजन ५ करोड भारु लिन्छन् । ८. सूर्यकुमार यादव क्रिकेटर सूर्यकुमार यादव वर्तमानमा भारतका सबैभन्दा राम्रा ब्याट्सम्यान हुन् । उनलाई टी ट्वान्टी फर्म्याटमा ग्रेड बीमा राखिएको छ । उनलाई वार्षिक अनुबन्ध र म्याच फिसका लागि ३ करोड भारु दिइन्छ । मुम्बई इन्डियन्सबाट उनले प्रतिसिजन ८ करोड भारु लिन्छन् । ९. केएल राहुल भारतीय क्रिकेटका पूर्वउपकप्तान केएल राहुल २०२२ मा ग्रेड एका हिस्सा बनेका थिए । पछिल्लो समय उनको निराशाजनक प्रदर्शनका कारण ग्रेड बी श्रेणीमा राख्ने निर्णय गरिएको छ । उनी क्रिकेटका तीनै फम्र्याटका हिस्सा छन् । राहुललाई आईपीएलमा सिजनका रूपमा १७ करोड भारु दिइन्छ । १०. श्रेयस ऐयर बलर श्रेयस ऐयर क्रिकेटको तीनै फम्र्याटमा खेल्छन् । उनलाई ग्रेड बी श्रेणीमा ३ करोड भारु वार्षिक अनुबन्ध र म्याच फिसका रूपमा दिइन्छ । उनले आईपीएलमा कोलकाता नाइट राइडर्सका क्याप्टेनका रूपमा प्रतिसिजन १२.२५ करोड भारु लिन्छन् । ११. शुभमन गिल भारतीय क्रिकेट खेलाडी शुुभमन गील सबै फर्म्याटका ब्याट्सम्यान हुन् । उनी अहिले ग्रेड बीमा छन् । उनले म्याच फिस र अनुबन्धका रूपमा वार्षिक ३ करोड रुपैयाँ पाउँछन् । उनलाई आईपीएलमा गुजरात राइडर्सबाट प्रतिसिजन ८ करोड भारु दिइन्छ । १२. मोहम्मद सिराज दाहिने हातका फास्ट बलर मोहम्मद सिराज टेस्ट म्याच र एक दिवसीय म्याचमा भारतीय बलरका रूपमा परिचित छन् । अहिले उनी ग्रेड बीमा छन् । उनलाई ३ करोड भारु म्याच फिस र अनुबन्धका रूपमा दिइन्छ । आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर्सबाट प्रतिसिजन उनले ७ करोड भारु लिन्छन् । १३. इसान किसन भारतीय टिमका विकेट किपर तथा ब्याट्सम्यान इसान किसन जसले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी डबल सेन्चुरी बनाएर भारतको महत्वपूर्ण खेलाडीमा नाम सामेल गरेका छन् । उनले हालै वेस्टइन्डिजविरुद्ध डेब्यु गरेका थिए । इसान ग्रेड सीमा छन् । उनले म्याच फिसका रूपमा वार्षिक १ करोड भारु लिन्छन् । मुम्बई इन्डियन टिमबाट प्रतिसिजन १५.२५ करोड भारु दिइन्छ । १४. शार्दुल ठाकुर भारतीय फास्ट बलर शार्दुल ठाकुर दाहिने हातका मध्यम फास्ट बलरका साथै दायाँ हाते ब्याट्सम्यान हुन्। महाराष्ट्रको पालघरमा जन्मेका शार्दुलले सन् २०१५ मा आईपीएलमा डेब्यु गरेका थिए र हाल कोलकाता नाइट राइडर्सबाट खेल्छन् । भारतीय टेस्ट म्याच र एक दिवसीय म्याचका रेगुलर बलर हुन् उनी । २०२३ मा शार्दुलको ग्रेड सीबाट ग्रेड बीमा डेब्यु गरिएको थियो । ठाकुरलाई उनको अनुबन्ध र म्याच फिसका लागि वार्षिक १ करोड भारु दिइन्छ । उनी कोलकाता नाइट राइडर्सका पनि हिस्सा हुन् । जहाँ सिजनका लागि उनलाई १०.७५ करोड भारु दिइन्छ । १५. कुलदीप यादव बायाँ हात स्पिनर बलर कुलदीप यादव भारत क्रिकेट काउन्सिल (बीसीसीआई) को सम्झौताअनुसार ग्रेड सीमा छन् । उनलाई अनुबन्धका रूपमा वर्षको १ करोड भारु दिइन्छ । आईपीएलमा उनलाई दिल्ली क्यापिटलबाट हरेक सिजन २ करोड भारु दिइन्छ । यसबाहेक उनले हरेक टास्क म्याचका लागि १५ लाख, एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि ६ लाख र टी ट्वान्टी म्याचका लागि ३ लाख भारु पारिश्रमिक लिन्छन् ।
महिला टी–२० सिरिज : जापानसामु जितका लागि ११६ रनको लक्ष्य
काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि अहिले खेल भइरहेको छ । नेपालले जापानसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनायो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा जापानले १४ ओभरमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ । बलिङतर्फ नेपालकी सङ्गिता राई र इन्दू बर्माले एक एक विकेट लिएकी छिन् ।
एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान
काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । त्यस्तै कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरिएको समितिले जनाएको छ । कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्र र टोकन अफ लभ प्रदान गरिएको छ । सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वक्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । समितिले जाजरकोट भूकम्पप्रभावितलाई सहयोग पनि गरेको छ । समितिले फाइबरको सिरक ८३५ थान र पि. फम मेट ९०० थान तथा दाल १ किलो र नुन १ किलो राखेर प्याक गरिएका ४०० वटा प्याकेट चामल हस्तान्तरण गरेको हो । मारवाही समुदायको धार्मिक र सामाजिक परम्पराअनुसार समाजका बन्धुवान्धव भेला भई एक आपसमा शुभकामना आदानप्रदान गरी भाइचाराको सम्वन्ध अभिवृद्धिका लागि हरेक बर्ष दीपावली स्ने समारोह आयोजना गर्ने गरिन्छ ।