आठ दशकपछि जारी भयो खेलकुद बीमालेख

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा खेलकुद बीमालेख जारी भएको छ । नेपाली खेलकुदको संस्थागत विकास शुरु भएको करिब आठ दशक पुग्न लाग्दा पहिलोपटक खेलकुद बीमालेख जारी भएको हो । विश्वभर धेरै राष्ट्रमा खेलाडीहरू मनोबल बढाउने मद्दत गर्ने खेलकुद बीमालेख भएपनि नेपालमा भने यसको शुरुवात हुन सकेको थिएन । त्यसकारण कयौं खेलाडी घाइते भएपछि आफ्नो खेल करियर बिट मार्न बाध्य हुँदै आएका घटना पनि नेपाली खेलकुदमा छन् । राखेप सदस्यसचिव टंकलाल घिसिङले २०७८ सालमा मंसिर १४ गते पदाभार समालेकै दिन खेलकुद बीमालेखको शुरुवात गर्ने घोषणा गरेका थिए । आफ्नै योजनाअनुरूप राखेपको प्रश्ताव नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको हो । शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै राखेपले खेलकुद बीमालेख जारी भएको जनाएको हो । यससँगै राखेपले नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय शुरु भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले विश्वास व्यक्त गरेका छन् । खेल्ने क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटना समेतको जोखिम न्युनिकरणका लागि बीमासम्बन्धि नीति आवश्यक हुन्छ । खेलाडी तथा खेलकर्मीहरुको पूर्णरूपमा सुरक्षा गर्ने उद्देश्यका साथ खेलकुद बीमालेख जारी भएको छ । राखेप सदस्यसचिव घिसिङले बीमालेखले खेलाडीहरूमा आत्माविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने धारणा राखेका छन् । पछिल्लो समय केही ठूला प्रतियोगिताहरूमा खेलाडीहरुको बीमा गर्न शुरु भएपनि बीमालेख सम्बन्धि स्पष्ट नीतिको अभाव थियो । बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने घिसिङको भनाइ छ । त्यसका लागि सबै संघलाई यसको कार्यान्वयन अघि बढ्न निर्देशन दिने उनले बताए । बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छ । पहिलो न्युन जोखिम (टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ, स्क्वास), सामान्य जोखिम (ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती साईक्लिङ तथा तेस्रो जोखिमयुक्त (मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्याफ्टिङ एन्ड क्यानोई, क्वालाइविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल) छन् । साथै, दुर्घटनाका कारण तत्काल वा १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्थाप नि गरिएको छ । राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा पनि बीमालेखअन्तर्गत समावेश हुने राखेप सदस्यसचिव घिसिङको भनाइ छ । राखेपले घटना भएको ३० दिनभित्र जानकारी गराउने पर्ने बीमालेखमा उल्लेख रहेको जनाएको छ ।

डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीलाई प्रदान

काठमाडौं । डिशहोमले आईतबार १० डिसेम्बर, २०२३ मा भैसेँपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परीसद भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव-पारस खड्का, मुख्य प्रशिक्षक-मोन्टी देसाई, कप्तान-रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरु पनि उपस्थित भएका थिए । २९ अक्टोवर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो । एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो । नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भईसकेको त हामी सबैलाई अवगत नै छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोवेम्बर,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो । युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौं । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।’ साथै अबका दिनमा क्यानसँग जोडीएर अघी बढ्ने प्रतिबद्धता पनि जनाएका छन् ।

एनसेल ओपन गल्फ प्रतियोगिता : बाबु शेर्पाले जीते उपाधि

काठमाडौं । एनसेलले गोकर्ण गल्फ क्लबमा मंसिर २२ र २३ माआयोजना गरेको ‘एनसेल ओपन गल्फ प्रतियोगिता’ शनिबार सम्पन्न भएको छ । यस प्रतियोगितामा १४३ प्रतियोगिहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा बाबु शेर्पाले उपाधी जितेका छन् । शनिवार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भए । यस प्रतियोगिताको पुरस्कार स्वरुप शेर्पाले ट्रोफि र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभजित्न सफल भएका छन् । ४१ प्वाइन्टसहितबराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याकनाइनमा २३ अंक जोड्दै केसी रनरअप भएका छन् । केसीले पुरस्कार स्वरुप ट्रोफि र फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेका छन् । ३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भएका छन् । आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनिजित्न सफल भएका छन् । उनले ट्रोफिसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि पुरस्कार स्वरुप प्राप्त गरे । त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा तारा कार्की चित्रकार विजयी भएकी छिन् र उनले ट्रोफिसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरेकी छन् । गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिलातर्फको खेलमा रनरअप भइन् । ३७ प्वाइन्टको साथ रविन्द्र पुरुषढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दामाथि) विजयी भएका छन् । त्यस्तै होलको आठ इन्चनजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथमोस्ट बर्डिजको उपाधिजित्न सफल भएका छन् ।