एसवाई बजारले इन्टरकलेज फुटसल टुर्नामेन्ट गर्ने, पहिलो हुनेलाई एक लाख पुरस्कार
काठमाडौं । एसवाई बजार कम्पनीले फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ । कम्पनीले पहिलो पटक इन्टरकलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको हो । विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागिएकाे एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए । फुटसल प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत कलेज पढ्ने विद्यार्थीहरू सहभागी हुन सक्ने छन् । निर्देशक गोसाईका अनुसार फुटसल प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा जेठकाे २८ र २९ गते हुँदैछ । कम्पनीले सो फुटसल प्रतियोगितामा ३२ भन्दा बढी कलेजका विद्यार्थीको टिमको उपस्थिति रहने अपेक्षा राखेको छ । सो प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक कलेजले टिमको नाम कम्पनीमा दर्ता गर्नुपर्ने पनि गोसाईले बताए । टिम दर्ता जेठ ११ गते भित्र गरिसक्नु पर्ने छ भने दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने उनकाे भनाइ छ । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख, दाेस्राे हुनेले ५० हजार र तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने गोसाईले विकासन्युजलाई बताए ।
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता
काठमाडौं । एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै नेपाल ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्न सफल भएको छ ।
वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट खेल प्रभावित
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । तेस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ । रासस