द ब्रिटिस कलेजले बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने, विजेतालाई ५० हजार

काठमाडौं । द ब्रिटिस कलेजले इन्टर कलेज बास्केटबल टोर्नामेन्ट आयोजना गर्ने भएको छ । बास्केटबल टोर्नामेन्ट यही २६ फ्रेबअरीबाट सुरु हुनेछ । टिबीसी स्पोट्र्स क्लबद्वारा आयोजना हुने यस टोर्नामेन्टमा १६ कलेजका टिमहरुबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजले दिएको जानकारी अनुसार विजेता टिमले ५० हजार नगद पुरस्कार पाउनेछ भने उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । ब्रिटिस कलेजकैबास्केटबल कोर्टमा हुने खेल लिग–कम नकआउट फम्र्याटमा खेलाइनेछ ।उक्त प्रतिस्पर्धामा स्नातकमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागीता जनाउन पाउनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएका विद्यार्थीले भने खेल्न पाउने छैनन् । बास्केटबल टोर्नामेन्टमा सहभागी हुनका लागि १० हजार दर्ता शुल्क लाग्नेछ । त्यस्तै दर्ता गर्ने अन्तिम समय २२ फ्रेबअरी रहेको छ ।

माइपे वालेटबाट आईसीसी विश्वकप लिग २ को टिकट सस्तोमा किन्न सकिने

काठमाडौं । आईसीसी विश्वकप लिग २ नेपाल नामिबिय र स्कटल्याण्ड बिचको त्रिदेशिय क्रिकेट प्रतियोगिताको टिकट माइपे मार्फत खरिद गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको व्यवस्था समेत गरेको छ । खेल आउँदो फागुन २ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुँदै छ । क्यानले सामान्य टिकटको मूल्य १५० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३५० रुपैयाँ निर्धारण गरेकोमा माइपेमार्फत डिजिटल खरिदमा साधारण टिकटको मूल्य १३० रुपैयाँ र भिआईपि टिकटको मूल्य ३२० रुपैयाँ रहेको छ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिए । पछिल्लो समय नेपाल टि२० लिगमा स्पट फिक्सिङका कारणले प्रतियोगिता नै विबादमा परेपछि नेपाली क्रिकेट फ्यानहरु निरुत्साहित भईरहेको बेला सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । लिग २ मा नेपालले अहिलेसम्म २४ खेल खेलेकोमा ८ जित र १४ हार व्यहोरेको छ । नेपाल १८ अंकसहित तालिकाको छैंटौँ स्थानमा छ । नामिबिया ३७ अङ्कसहित तेस्रो र स्कटल्याण्ड ४६ अङ्कसहित शीर्ष स्थानमा छ । माइपे ले सम्पूर्ण नेपाली क्रिकेट समर्थकलाई टियू क्रिकेट मौदान पुगेर नेपाली खेलाडीलाई समर्थन र हौसला प्रदान गर्न समेत आग्रह गरेको छ ।

सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता आजबाट शुरु

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुरमा सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता समुद्घाटन भएको छ । काठमाडौँ उपत्यकाका १७ विद्यालयहरु र काभ्रे जिल्लाबाट नेपाल पुलिस स्कुल, साँगा एक गरी जम्मा १८ वटा विद्यालयहरुले यस प्रतियोगितामा भाग लिएका छन्। लीग कम नकआउट आधारमा सञ्चालन गरिने उक्त प्रतियोगिता विद्यालयका प्रधानाचार्य युवराज पराजुली र विद्यालय समादेशक स.प्र.ना.उ. लक्ष्मी थपलियाबाट संयुक्त रुपमा उद्घाटन गरी खेलको शुभारम्भ गरिएको थियो । उक्त समारोहमा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापकले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । आज भएको उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर विद्यालयलाई ७-० गोल अन्तरले पराजित गरेको छ। जसमा नेपाल एपीएफ स्कुलका अविन वस्यालले – १, रोहित गोले – १, तेन्जिङ्ग शेर्पा – २, डम्बर वि.क. – १, विवेक पश्चिमा थारुले – १ गोल गरेका थिए भने – १ आत्मघाति गोल समेत भएको थियो। आजै सम्पन्न भएको दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई १२ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिक आवासीय महाविद्यालयको तर्फबाट उज्जवल राई – ५, अफ्रेज अलि -३, दिपेश दुर्जन – १, कृष्ण थापा – १, अनुभव पुरी – १ र दक्ष लामाले – १ गोल गरेका थिए । त्यसैगरी भोली २६ गते हुने लिग चरणका खेलहरु निम्न अनुसार रहेको आयोजकले जनाएको छ । १. ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल २. ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विरुद्ध ब्लुम नेपाल स्कुल