लिभरपुर फुटबल क्लब किन्ने दौडमा भारतीय धनाड्य मुकेश अम्बानी
एजेन्सी । भारतका दोस्रो धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले छिट्टै इङ्लिस प्रिमियर लिगको पौराणिक फुटबल टोली किन्न सक्ने जनाइएको छ । द मिररको रिपोर्ट अनुसार मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न दौडमा रहेका छन् । लिभरपुल एफसी ३८ हजार करोडमा बिक्री हुन सक्ने रिपोर्टका अनुसार लिभरपुल एफसीको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बेच्ने तयारी सुरु गरेको छ । एफएसजीले लिभरपुल एफसीलाई बेच्न ४ अर्ब पाउण्ड अर्थात ३८ हजार करोड रुपैयाँ मूल्य राखेको छ । अम्बानीले फुटबल क्लब किन्न सो रकम तिर्नुपर्नेछ । रिपोर्टमा मुकेश अम्बानीले लिभरपुल क्लब किन्न इच्छुक रहेको दाबी गरिएको छ । अम्बानीको खेलकुदमा रुचि अम्बानीको कुल सम्पत्ति ७.६ लाख करोड रुपैयाँ बराबर रहेको छ । उनको खेलकुदमा निकै रुचि रहेको छ । त्यसैले एफसी खरिद गर्नको लागि उनले सजिलैसँग पैसा खर्च गर्नसक्ने अनुमान गरिएको छ । इङ्ल्यान्डको लोकप्रिय फुटबल टिम लिभरपुललाई खरिद गर्न अम्बानीले मध्यपूर्व र अमेरिकाका धेरै खरिदकर्तारुसँग प्रतिस्पर्धामा जित हासिल गर्नुपर्नेछ । अम्बानी सन् २०१० मा पनि लिभरपुल किन्न चाहन्थे अम्बानीले यसअघि सन् २०१० मा सहारा इन्डियाका अध्यक्ष सुब्रत रोयसँग मिलेर लिभरपुललाई किन्ने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। त्यसपछि फेनवे स्पोर्ट्स ग्रुपले लिभरपुल क्लबलाई अधिग्रहण गर्यो। रिपोर्टका अनुसार इन्भेष्टमेन्ट बैंकिङ फर्म गोल्डम्यान स्याक्स र वित्तीय सेवा फर्म मोर्गन स्टेनलीलाई अब फुटबल टोली बेच्न मद्दत गर्न नियुक्त गरिएको छ । भारतमा धेरै लोकप्रिय अंग्रेजी प्रिमियर लिग रिपोर्टका अनुसार रिलायन्सका अध्यक्ष एसिया महादेशको सबैभन्दा सफल क्लब मध्येको एक लिभरपुललाई थप बलियो बनाउन टोलीमा लाखौं डलर लगानी गर्न इच्छुक छन्। क्रिकेटसँग लगातार लडाइँ गर्नु परे पनि भारतमा फुटबल सधैँ लोकप्रिय रहेको छ। इङ्लिस प्रिमियर लिग पनि भारतीय फ्यानहरूमाझ निकै लोकप्रिय रहेको छ। लिभरपुल सबैभन्दा धेरै फ्यानहरु भएको क्लब हो । अम्बानीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने टोलीहरू मध्ये एक ‘मुम्बई इन्डियन्स’ किनेपछि विश्वको सबैभन्दा खेल समूहको मालिक भनेर परिचित भएका थिए । हाल रिलायन्ससँग तीनवटा टी–२० टोली छन् रिलायन्स कम्पनीसँग पहिले नै ३ देशमा तीनवटा टी–२० टोली छन् । यसमा बीसीसीआईको आईपीएल, एमिरेट्स क्रिकेट बोर्डको यूएई टी-२० लिग र क्रिकेट दक्षिण अफ्रिकाको टी-२० लिग रहेका छन् । भास्कर दैनिकबाट ।
सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने
काठमाडौं । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पु¥याउन मद्दत पुग्ने विचार व्यक्त गरे । उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर एक सय ७९ रन बनायो । एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव तीन ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए । उनले ८२ बल खेल्ने क्रममा एक छक्का र चार चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिए । बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक÷एक विकेट लिए । यसअघि एपीएफलाई एक सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाए । यस्तै जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले तीन÷तीन तथा किशोर महतोले दुई विकेट लिए । यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । एपीएफ क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो । प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।