महिला साफ च्याम्पियनसिप : साँझ ५ बजे नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै, टिकट शुल्क कति ?

काठमाडौं । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५ः०० बजे सुरु हुने भएको छ । सोमबार साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको हो । नेपाल र बंगलादेश पहिलो पटक उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन् । महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको बताइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर कायम भएको छ ।

नेपाल र बंगलादेशको खेल सञ्चालन गर्न ५० लाख लाग्ने, हेर्न ५ सय र १ हजारको टिकट

काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल संचालन गर्न ४८ लाख ६५ हजार रुपैयाँ बजेट लाग्ने एन्फाले जनाएको छ । असोज ११ गते दशरथ रंगशालामा  नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुँदैछ । एन्फाले खेल हेर्ने दर्शकका लागि साधारण प्यारापिटतर्फ ५०० र भीआईपी प्यारापिटतर्फ १००० रुपैयाँको टिकट तोकेको छ । मैत्रीपूर्ण खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ ।

आइएनजी फुटसल टोर्नामेन्ट सम्पन्न, विजेताले पाए एक-एक लाख रुपैयाँ

कमलपोखरी । पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९ को उपाधी हेराल्ड र इस्लिङटल कलेजले हात पारेका  छन् । टोर्नामेन्टको पुरुषतर्फ हेराल्ड र महिलातर्फ इस्लिङटल कलेजले उपाधी हात पारेको हो । विजेता टिमले सम्मान पत्र, पदक र ट्रफीसँगै एक(एक लाख नगद पुरस्कार पाएका छन् । कर्मचारीलाई प्रोत्साहन गर्न आइएनजी ग्रुपले ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ गरेको जनाएको छ । उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोली सहभागि थिए । प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए  । फुटसल प्रतियोगिताको ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा भएको थियो । प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजले इएनजी स्किललाई हराउँदै उपाधि हात पारेको थियो । त्यस्तै, महिला टोलीतर्फ इस्लिङ‍्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको थियो ।