मलेसियामाथि नेपालको सानदार जित, दीपेन्द्रसिंह ऐरीको किर्तिमानी
काठमाडाैं । मलेसियामाथि नेपालकाे सानदार जित भएकाे छ । दीपेन्द्र सिंह ऐरीले शानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हाे । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले एक सातामै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले २२३ रन बनाएको थियो । नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाईनल पुग्यो । अब फाईनल खेल सोमबार हुनेछ ।
नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य, दिपेन्द्र ऐरीको शतक प्रहार
काठमाडाैं । नेपालले मलेसियलाई २२४ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको हाे । दीपेन्द्र सिंह ऐरीकाे ११० रनकाे मद्दतमा कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो । दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यस्तै, रोहित पौडेलले पहिल टी२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए । आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउन हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे ।
तीन खेलाडीको कीर्तिमानसँगै पपुवा न्युगिनीविरुद्ध नेपाल विजयी
नेपाल, मलेसिया र पपुपा न्युगिनी बीचको त्रिकोणात्क खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले पराजित गरेको छ । आज टीयू मैदानमा भएको खेलमा गतिका बलर करण केसीको कीर्तिमानी ह्याट्रिक गरेका छन् । करण नेपालबाट टि२० आईमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् त्यस्तै दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले नयाँ कीर्तिमान बनाएका छन् । उनीहरूले खेलको १९औं ओभरमा ३२ रन बनाएका छन् । नेपाली क्रिकेटमा यो एक ओभरमा भएको अहिलेसम्मकै धेरै रन हो । २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.४ ओभरमा १६६ रनमा अलआउट भए । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ४७ बलमा ६२ रनको योगदान दिए । नेपालका करण केसीले ५ विकेट लिए । अभिनाश बोहरा र सोमपाल कामीले समान २ विकेट लिए । कप्तान सन्दीपले एक विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३३ सर्वाधिक ६६ रन बनाए । डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा ३३ रनको विष्फोटक इनिङ खेले । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।