युएईसँग नेपाल ४८ रनले पराजित
काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग नेपाललाई ४८ रनले पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १६८ रनमा अल आउट भयो । उक्त लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो ।
एफसी चितवनले आइतबार रूकी हण्ट सञ्चालन गर्दै
चितवन । चितवन फुटबल क्लब ‘एफसी चितवन’ले आइतबार चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिद्वारा सञ्चालित एफसी चितवनले उत्कृष्ट खेलाडी छनोटका लागि रूकी हण्ट आयोजना गर्ने भएको हो । आउँदो अप्रिल ८ तारिखबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिस्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ खेलाडी छनोट गर्न लागिएको आईएमई ग्रुपले जनाएको छ । चितवन फुटबल सङ्घको समायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा फुटबल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउने आयोजकले जनाएको छ । यसरी छनोटमा पर्नेमध्ये उत्कृष्ट एकजना खेलाडीले एनएसएलमा एफसी चितवन टिमबाट खेल्न पाउनेछन् ।
लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा, भाेलि यूएईसँग खेल्ने
काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन वटै म्याच जितेको छ । नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा सहभागी हुने अवसर पाउनेछ ।