पोखरा थन्डर्सलाई हुण्डाई नेपालको साथ
काठमाडौँ । नेपालको लागि हुण्डार्ई गाडीको एक मात्रअधिकृत बिक्रेतालक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको सातमध्यका एक टिम पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमाप्रायोजन गरेको छ । नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्महुनगइरहेको छ । नेपाल सुपर लिगअखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याट मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमापहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । ह्युन्डाइले विश्वभरनै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्वकपको साथै विभिन्न लिगप्रतियोगिताहरुमापनिप्रायोजन गर्दै आइरहेको छ । यसरीनैै लक्ष्मी ह्युन्डाइले पनिनेपालमा खेलकुदविकाशको लागिविभिन्न खेलकुदहरुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी ह्युन्डाइले बिगतमानेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्मप्रायोजन गरेको थियो । हुण्डाई मोटरले इङ्लिस प्रिमियर लिगसिजन २०१८/१९ देखि४बर्षसम्मकालागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफाप्रतियोगिताहरुमाबिगत १० वर्षदेखि अफिसियलप्रायोजक रहेको छ ।
काठमाडौंमा हुने पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्टको मूख्य प्रायोजकमा किया नेपाल
काठमाडौं । किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने सातवटा टिमको टुर्नामेन्ट हो, जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो । यो बैशाख ११ देखि बैशाख २५ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । किया सधैं खेलको दुनियाँसँग जोडिँदै आएको छ । किया विभिन्न टुर्नामेन्टहरुलाई सफल बनाउन मुख्य प्रायोजकको भूमिकामा सहभागी हुँदै आएको कम्पनी पनि हो । किया अस्ट्रेलियन ओपन, फिफा वल्र्ड कपमा अफिसियल अटोमोटिभ पार्टनर, विश्वकै सबैभन्दा ठूलो प्रोफेसनल फुटबल क्लब तथा युरोपका ५४ मुलुक सहभागी हुने प्रतिस्पर्धा युइएफए युरोपा लिग, नेशनल मोटरस्पोर्टस जस्ता खेलहरुमा आबद्ध छ । त्यसैगरी किया नेपाल पनि नेपाल सुपर लिगले नेपाली फुटबललाई माथि उकास्न मदत गर्नेमा विश्वस्त छ । यो कम्पनी फुटबलको विकासमा योगदान गर्न तथा खेलाडीलाई अझ व्यावसायिक तवरले अघि बढ्न मद्दत गर्न चाहन्छ । किया र धनगढी फुटबल क्लबको साझेदारीसँगै उक्त क्लबका खेलाडीहरुको जर्सीमा कियाको लोगो देख्न पाइने छ । त्यसैगरी, अनलाइन डिजिटल कन्टेन्ट र अन्य गितिविधिमार्फत पनि ब्रान्ड सचेतना जगाइने छ । किया नेपाल प्रतिस्पर्धाका बेला सबै खेलाडीलाई महामारीबाट सुरक्षित राख्न आवश्यक सुरक्षा उपाय र पूर्व सावधानी अपनाउने प्रतिबद्धता जनाउँदछ । कियाले धनगढी फुटबल क्लब टिम जर्सीसँगै आफ्नो नयाँ लोगो पनि देशव्यापी रुपमा सार्वजनिक गर्नेछ ।
एनसेलले लैनचौरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उदेश्य लिएको छ । यो हरित उद्यान काठमाडा ैंमहानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ । उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुलाजिमखाना र बालबालिकाकालागि खेल्ने स्थान लगायतकाविषेशताहरु रहने छन् । यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमाबन्ने छ । एनसेल र काठमाडौं महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्याननिर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । समझदारी अनुसार, एनसेलले काठमाडौं महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसारलैनचौर हरित उद्याननिर्माणको कार्य गरिरेहकोे छ । ग्राउण्ड क्लेरेन्सको कार्य सम्पन्नगरी हालउद्याननिर्माणका लागिमैदानउत्खननको कार्य भइरहेको छ । परम्परागत ढुङ्गेधारा, उद्यानमाआउने मानिसहरुकालागिपार्किङ्, शौचालयसुविधा र सोलार बत्तिको व्यवस्था यस उद्यानका केहीथपविषेशताहरु हुन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, ‘सामाजिकआर्थिक विकासमा योगदान पुर्याउँदै तथावातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिकजिम्मेवारी अन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आएका छौं । यो पहलले समुदायमा स्वस्थवातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धीलक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ ।सरकारसँग सहकार्य गर्दै काठमाडौंको मुटुमा उदाहरणीय हरित उद्याननिर्माणका लागि योगदान पुर्याउनपाएकोमा हामीखुसी छौं ।’ ख्याम तिवारीले यो कामको सहकार्यले आफुहरु खुसी भएको बताए । ‘यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पती हुनेछ, यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,’ तिवारीले भने । यस अघि एनसेलले धनुषाधाम संरक्षितवनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफलकार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षितवनलाई ‘खुल्लाचरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’पनि घोषणा गरिसकेको छ ।