टी-२० सिरिजकाे तेस्राे खेलमा नेपालकाे जित, ९ विकेटले मलेसिया पराजित
काठमाडाैं । साेमबार भएकाे त्रिकाेणान्तमक टी-२० सिरिजकाे तेस्राे खेलमा नेपालले जितेकाे छ । नेपालले मलेसियालाई ९ विकेटले जितेकाे हाे । राजधानीमा जारी टी-२० सिरिजमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र १ विकेटको क्षतिमा १२.१ ओभरमा पुरा गरेकाे हाे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटले पराजित गरेको थियो भने आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो । बुधबार नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिदेशीय कपमा नेदरल्यान्ड्सले मलेसियालाई हरायो, भाेलि नेपाल मलेसियासँग भिड्ने
काठमाडाैं । ट्वान्टी–२० क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले त्रिकोणात्मक शृखंलामा आज मलेसियालाई १५ रनले पराजित गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ सय ७६ बनाउन सक्यो । कीर्तिमान बनाएका ओडाउटले कप्तान पिटर सेलारको ९६ रनको कीर्तिमान तोड्दै नेदरल्यान्ड्सका लागि एकै खेलमा सर्वाधिक रन बनाएका हुन् । यस सँगै नेदरल्यान्ड्सका लागि ट्वान्टी–२० क्रिकेटमा पहिलो शतक पनि भएको छ । उनले नट आउट १३३ बनाउँदा ६ छक्का र १५ चौका प्रहारगरेका थिए । यसअघि कप्तान सेलारले स्कटल्यान्डविरुद्धको खेलमा ९६ रनको कीर्तिमान बनाएका थिए । ओडाउटलाई साथ दिएका विकेट किपर ब्याट्सम्यान स्कट एड्वाड्र्सले ३१ तथा बेन कुपरले अविजित २० रन बनाए । मलेसियाका लागि पवनदीप सिंह र अनवार रहमानले १/१ विकेट लिए । १ सय ९२ रनको जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि बिरन्दीप सिंहले ५३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रन बनाएका थिए । त्यस्तै, सार्बिन मुनियान्दीले २८ तथा अमिनुद्धिन राम्लेले २६ रन बाहेक अन्य ब्याट्सम्यान राम्रो स्कोर छुन सकेनन् । नेदरल्यान्ड्सका लागि आर्यन डट, बास डी लिट र सेबास्टियन ब्राटले २/२ विकेट लिए । शृखंलामा दोस्रो खेल खेल्दा पहिलो जित निकालेको नेदरल्यान्ड्स पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो । प्रतियोगितामा भोली नेपाल र मलेशियाबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी सार्वजनिक
काठमाडाैं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै प्राब्धान अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताए । यस्तै क्यानका महानिर्देशक रौनक मल्लले भोलिबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको महानिर्देशक मल्लले बताए । प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण भइसकेको शृखंलाका निर्देशक माधव कर्मचार्यले जानकारी दिए । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।