मेयरकप हेर्न नगरले दियो सार्वजनिक बिदा
फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले बताए । मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ । संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए । पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए । मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले दुई लाख २१ हजार १०० रुपैयाँ र रनिङ कप पाउनेछ । उपविजेता टोलीले एक लाख ११ हजार १०० रुपैयाँ र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँसहित कप प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेसनको कुर्सी अभियानमा मेधावी कलेजकाे १ लाख सहयाेग
काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शङ्खमूलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ । कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेको छ । फाउण्डेसनले कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने बताएको छ । फाउण्डेसनकाे अनुसार कुर्सी अब आफ्नै नाममा, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ ।
मेडिसिटी अस्पतालले एन्फाका खेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्ने
काठमाडाैं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरे । यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडिहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ । खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडिहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।