भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक
नेपाल । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनी बताउँछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’ भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जिबी र्याममा थप ८ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेराका विशेषताहरु छन् जसले प्रयोगकर्तालाई कुनै समस्या बिना नै राती सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । भिभो वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई २२ मा ५० एमपी रियर क्यामेरा छ जसबाटराम्रा तस्बिरहरू लिन सकिन्छ । वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । यसकाे भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । दुवै वाई ३५ र वाई २२ मा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई ३५ (८जीवी प्लस १२८जिबी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४ जिबी र्याम र ६४ जिबी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्यो मोबाइल एप, ऋण पनि लिन मिल्ने
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । कोषले ६१औं वार्षिकोत्सवको अवसर पारेर उक्त एप सार्वजनिक गरेको हो । यो एप ग्राहकले आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । यो एफमार्फत ग्राहकले घरमै बसी बसी लोन अर्थात ऋण पनि लिनसक्ने कोषले जानकारी गराएको छ । यसका साथै, यो एपमा विभिन्न सुविधाहरु रहेको छ । भदौ ३१ गते सार्वजनिक भएको यो एप केही दिनमा सञ्चालन ल्याउने कोषको तयारी छ । कोषले यो एपलाई छिट्टै नै प्रयोगमा ल्याउने जानकारी गराएको छ ।
टेलिकमले शुक्रबारदेखि निःशुल्क ई-सिम बाड्ने
काठमाडौं । नेपाल टेलिकमले भदौ ३१ गतेदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ । कम्पनीले सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई-सिम (इम्बेडेड् सिम कार्ड) वितरण गर्ने भएको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी, नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरएबल डिभाइस) हरुमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्ने टेलिकमले जानकारी गराएको छ ।