एनसेलमा १०० रुपैयाँभन्दा बढी रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाइने
काठमाडौं । एनसेल आजियाटाले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । भदौ २८ गते मंगलबारदेखि याे सेवा संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने १० बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्नेछन् । बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइने कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रिचार्ज गरेमा २० बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहनेछ । त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुनेछ । कम्पनीकाे अनुसार यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्नेछन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् ।
डिशहोमको २ टेलिभिजन विज्ञापनले जित्यो कृति अवार्ड
काठमाडाैं । डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ । मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’ र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले कृति अवार्ड पाएकाे हाे । ‘खुसीको कनेक्सन’ ले उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड र ‘क्वालिटीमा नं.वान मासिक शुल्क सबै भन्दा कम’ ले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड पाएकाे हाे ।
मोहन प्रसाद फुयाँलको नेतृत्वमा एनटिनको कार्यसमिती चयन
काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन एनटिनको नयाँ कार्यसमिति चयन भएको छ । मोहन प्रसाद फुयाँलको नेतृत्वमा एनटिनको १५ जनाको कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणिकुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढ़ूगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन भएका छन् । यस्तै, सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि। सी।, सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई। दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक निर्वाचित भएका छन् । साथै, कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन अझ सशक्त ढङ्गले क्रियाशील रहने बताउँदै महाधिवेशनले ११ बुँदे प्रस्ताव पारित गरेको छ । महाधिवेशनमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६०० जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।