२७ वटा भुक्तानी सेवा प्रदायकले पाए राष्ट्र बैंकको स्वीकृति, कसको चुक्ता पुँजी कति ?
काठमाडौं । हालसम्म २७ वटा भुक्तानी सेवा प्रदायकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा दिनको लागि अनुमति पाएका हुन् । जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ । काठमाडौंको पानीपोखरीस्थित रहेको उक्त सोलुसनले २०७४ असार ५ गते राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । जसको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । त्यस्तै, २०७४ मै भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा ई सेवा प्राइभेट र प्रभु टेक्नोलोजी प्राइभेट रहेको छ । यी दुबैको चुक्ता पुँजी १०र१० करोड रुपैयाँ छ । २०७५ मा सेलकम प्राइभेट र सीजी पे नेपाल प्राइभेटले अनुमति पाएका हुन् । यी दुईको चुक्ता पुँजी क्रमशः १ करोड ५० लाख र १ करोड रुपैयाँ छ । त्यस्तै, २०७६ सालमा भुक्तानी सेवा प्रदायकको अनुमति पाउनेमा विभिन्न ८ वटा संस्था छन् । जसमा खल्ती प्राइभेट, पे नेप प्रा.लि., क्यु पे प्रा.लि., नेपाल पे टाइम प्रा.लि., स्मार्ट कार्ड नेपाल प्रा.लि., मोहर डिजिटल प्रा.लि., इ नेट पेमेन्ट प्रा.लि. र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.लि. रहेका छन् । कुनको पुँजी कति ? त्यस्तै, अधिकांश संस्थाले २०७७ मा अनुमति पाएका छन् । जसमा कुराकानी पे, पेवेल नेपाल, गोल्डमाइन बिजनेश ग्रुप, वी पे, फिनटेक इन्टरनेशनल, लेनदेन सेवा, डिजी पे प्राइभेट, नेपाल इ बिज म्यानेजमेन्ट, आई पे, आई क्यास प्राइभेट, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी, सुलभ पे प्राइभेट, छिटो पैसा प्राइभेट र सजिलो पे पेमेन्ट सर्भिसेज रहेका छन् । यीमध्ये सबैभन्दा बढी पुँजी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको छ । २०७७ चैत ३ गते मात्रै राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएको कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । त्यस्तै, अधिकांश संस्थाको चुक्ता पुँजी १ करोड रुपैयाँ छ । जुन न्यूनतम पुँजी हो । भुक्तानी प्रणाली सञ्चालकसहित चुक्ता पुँजी त्यसैगरी, हालसम्म भुक्तानी प्रणाली सञ्चालकको रुपमा अनुमति पाउनेमा १० वटा संस्था छन् । जसमा नेपाल क्लियरिङ्ग हाउस, स्मार्टच्वाइस टेक्नोलोजिज, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्, युनियन पे इन्टरनेशन कम्पनी, भिजा वल्र्डवाईड प्राइभेट, नेपाल पेमेन्ट सोलुसन, मास्टरकार्ड एशिया तथा प्यासिफिक प्राइभेट, फोनपे पेमेन्ट सर्भिस, फस्ट पे टेक्नोलोजी प्राइभेट र गेटवे पेमेन्ट सर्भिस रहेका छन् ।
एसईईका विद्यार्थीलाई टेलिकमको उपहार: नि:शुल्क सीम र रिचार्जमा बोनस
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीहरुलाई निःशुल्क सीम लगायत रिचार्जमा बोनस उपहार दिने भएको छ । एसईईमा सहभागी भएका विद्यार्थीहरुले एसईई विद्यार्थी सीम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क प्राप्त गर्न सक्ने छन् । नयाँ सीम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सीम लिइसकेपछि विद्यार्थी रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट एस्ट्रीक १६०० ह्यासट्यागमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्नेछ। नयाँ सीम प्राप्त गरेका विद्यार्थीहरुले मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा विद्यार्थी रजिष्ट्रेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट एस्ट्रीक १६०० ह्यासट्यागमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्नेछ । रजिष्ट्रेसन प्याकबाट विद्यार्थीहरुले नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सक्ने छन् । यसैगरी बोनस अन रिचार्ज प्याक अन्तर्गत रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा प्रयोग गर्न पाउने छन् । कम्पनीकाे अनुसार यो सुविधा तीन महिना अवधिभर लागु हुने छ ।
आईटीभीले ग्राहकहरूको मन जित्छ भन्नेमा विश्वस्त छौं : रमेश सापकोटा
डिस मिडिया नेटवर्कले मंगलबार ‘डिसहोम आईटीभी’ सेवा सुरू गरेको छ । डीटीएच र टेरेस्ट्रियलभन्दा फरक विधि इन्टरनेट प्रोटोकलमा आधारित यो डिसहोम आईटीभीमा दुई सयभन्दा बढी टीभी च्यानल हेर्न सकिने कम्पनीको दाबी छ । मनोरञ्जनात्मक सामग्री, गुञ्जन, सिने हट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता एक्स्क्लुसिभ च्यानलहरु डिसहोम आईटीभीमा हेर्न सकिने कम्पनीको भनाइ छ । त्यससँगै भिडिओ अन डिमान्ड, क्याच–अप टिभी/स्टार्ट ओभर टिभी, युट्युब, टिकटक, फेसबुक लगायतका एप्लिकेसन लगायतको सुविधा हरेको आईटी टीभीको विषयमा हामीले डिसहोमका जनरल म्यानेजर रमेश सापकोटासँग कुराकानी गरेका छौं । हिस मिडिया नेटवर्कले ‘डिसहोम आईटीभी’ सार्वजनिक गरेको छ, डिसहोम आईटीभी भनेको के हो ? यो इन्टरनेट टेलिभिजन हो । हामीले यसलाई ‘डिसहोम आईटीभी भनेर ब्राण्डिङ गरेका छौं । यो इन्टरनेटमार्फत् चल्ने टीभी हो । डाइरेक्ट टु होम (डीटीएच) स्याटेलाइटबाट चल्थ्यो । यो आईटीभी इन्टरनेटमार्फत् ग्राहकको घर–घरमा पुग्ने टेलिभिजन हो । अहिले जसले डिस होमको फाइवरनेट सेवा लिइरहनु भएको छ । उनीहरुले आईटीभीको सेटअप बक्समार्फत् यो सेवा पनि पाउनुहुन्छ । अहिले २६ वटा जिल्ल्लामा फाइबरनेटका ग्राहकहरु हुनुहुन्छ । ति सबै ग्राहकमा आईटीभीको सेवा पुर्याउँछौं । डीटीएच र आईटीभीको सेटअप बक्स अलग–अलग हुन्छ वा एउटै सेटअप बक्समार्फत् ग्राहकले सेवा पाउँछन् ? दुइटैको सेटअप बक्स अलग–अलग नै हुन्छ । डीटीएचका ग्राहकले आईटीभी राख्दा थप सुविधा पाउनु हुन्छ । आइटीभीमा हुने भनेको युटुब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल सहित अन्य एप्लिकेशनहरु छन् । इन्टरनेट टीभीमा सबै कुराहरु हेर्न मिल्यो । डीटीएच कन्टेन्ट क्वालिटीको हिसाबले राम्रो हुन्छ । जुन ठाउँमा डीटीएचको सेवा लिइरहनु भएको छ, उहाँहरुको लागि डिसहोमको आईटीभी पनि महत्वपूर्ण छ । त्यही शुल्कमा उनीहरुले आईटीभी प्रयोग गर्न पाउनुहुन्छ । हामीले अहिले एउटा स्कीम ल्याउँदैछौं । बजार एरियामा डिसहोम, डीसहोम आईटीभी र गाउँमा डिटीएच प्रयोग गर्ने किसिमले हामी स्कीम ल्याउँदैछौं । एउटै मुल्य तिरेर तीन ठाउँमा टीभी हेर्न सक्ने स्कीम हामी ल्याउँदैछौं । डिसहोम आईटीभी प्रयोग गर्ने ग्राहकले मासिक शुल्क कति तिर्नु पर्छ ? आईटीभी एउटा कम्बो प्याकेजमा हुन्छ । इन्टरनेट फाइवरनेटको माध्यमबाटै आईटीभी हुन्छ । कुनै ग्राहकले डिसहोमको सेवा लिनु भयो भने अर्थात उहाँहरुले डीसहोमको आईटीभी सेवा पनि लिन्छु भन्नु भयो भने एक वर्षको रिचार्ज पाउनुहुन्छ । उहाँहरुले सुरुवातको शुल्क तिर्नु पर्दैन । इन्टरनेटको मासिक शुल्क तिरेर नै सेवा लिन सक्नुहुन्छ । एक महिनाको प्याकेज मात्रै लिन्छु भन्नु भयो भने त्यो सेवा पनि हुन्छ । आईटीभीको लागि २४ सय प्सल भ्याट तिर्नु पर्ने हुन्छ । मासिक मुल्यमाा ५०देखि एक सय रुपैयाँसम्म इन्टरनेटको प्याकेज भनेर हामीले थप पैसा लिएर सेवा दिन्छौं । नेपालमा भौगलिक हिसाबले विकट तथा दुर्गम क्षेत्र पनि धेरै छ, इन्टरनेट नै नपुगेका ठाउँमा आईटीभी कसरी पुग्छ ? इन्टरनेटको नेटवर्क जसरी विस्तार हुँदैछ, त्यो विस्तारसँगै आईटीभी पनि सँगै जान्छ । धेरै ठाउँमा डीटीएच पनि हुन्छ । दुर्गम ठाउँमा डीटीएच राम्रो हो । बजार क्षेत्रका ग्राहकका लागि आईटीभी राम्रो टेलिभिजन हो । हामीले विस्तारै सबै ठाउँमा आईटीभी पुर्याउने किसिमले काम गरिरहेका छौं । अहिले डिसहोमसँग लाखौं ग्राहक जोडिएका छन्, अब आईटीभी कत्ति ग्राहकको माझ पुग्छ ? आईटीभी चल्नको लागि इन्टरनेट नै आवश्यक हुन्छ । नेपालभरी नै पुग्ने डिस मिडिया नेटवर्कको लक्ष्य छ । डिसहोमसँगै डिसहोमको आईटीभी पनि सँसँगै अगाडि बढ्छ । जुन हिसाबमा डिसहोमको फाइबरनेट जान्छ त्यही गतिमा आईटीभी पनि जान्छ । अहिलेको नयाँ जेनरेशनस सोसियल मिडिया, इन्रटनेटका विभिन्न प्लेटफर्ममा हुनुहुन्छ । उहाँहरुका लागि आईटीभी लोकप्रिय हुन्छ भन्ने हाम्रो विश्वास छ । आईटीभी सुरु गर्नुभन्दा अगाडि भौतिक पूर्वाधार अति–आवश्यक हुन्छ, त्यसको सबै काम भइसकेको हो ? त्यो सबै काम भइसकेको छ । हामीसँग दुई वर्षको अवधिमा डिसहोम फाइबरनेटका १ लाख ६० हजार हुनुहुन्छ । एउटा डीटीएच प्सल इन्टरनेट र अर्को आईटीभी प्लस इन्टरनेट । एउटै प्लेटफर्म तथा इन्टरेनेटमा दुइटै सेवा पाउनुहुन्छ । डिसहोम सबैको च्वाइस हो । आईटीभी पनि सबैको च्वाइस हुन्छ भन्ने हाम्रो विश्वास छ । यसमा लाइभ टीभी, युटुब लगायतका एप्लिकेशन हेर्न मिल्ने भएको कारण पनि सबैको रोजाइमा पर्छ । यसको ट्रायल (परीक्षण) भइसकेको हो ? यो लेटेस्ट प्रविधि अपग्रेड गरेर नै हो । अहिले जति पनि आईटी टीभी प्रयोग गर्नुहुन्छ यसमा कुनै समस्या आउँदैन । कनै समस्या तथा दुविधा बिना नै डिसहोम आईटीभी चल्छ । डिसहोमको आईटीभी इन्टरनेटबाट सेटअप बक्स जोड्नु भयो भने एकदमै राम्रो हुन्छ । प्रभु टीभीको सेटअप बक्स अपडेट भइसकेको छ । त्यसबाटै सञ्चालन हुने हो । फाइबरनेटका ग्राहकबाट कस्तो प्रतिक्रिया आइरहेको छ ? सबैभन्दा राम्रो प्रतिक्रिया नै डिसहोम फाइबरनेटका ग्राहकको छ । अहिले फाइबरनेट प्रयोग गर्ने ग्राहकहरुले आईटीभी पनि राख्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कहिलेकाहीँ पानी पर्दा पनि टीभीको लाइन जाने भन्ने गुनासो आउँछ, यो समस्या डिसहोम आईटीभीमा आउँछ कि आउँदैन ? त्यस्तो समस्या आउन नदिनका लागि नै डिसहोम इन्टरनेट टीभी ल्याएका हौं । अब पानी पर्दा, बतास चल्दा लगायत कुनै पनि समस्या देखिँदा पनि आईटीभी अवरुद्द हुँदैन । पानी पर्दा रोकिने समस्या संसारभर हो । डीटीएच हाइ फ्रिक्वेन्सी ब्यान्ड हो । जति उच्च भयो पानी पर्दा त्यति नै समस्या आउँछ । तर, अहिले दिनप्रतिदिन त्यसको समस्या समाधान भइरहेको छ । यो आईटीभीमा त्यो समस्या आउँदैन ।