एससीटीद्वारा लोगो परिवर्तन : नयाँ लोगोसँगै सेवा सुधारको घोषणा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिजले नयाँ लोगो सार्वजनिक गरेको हो । नयाँ लोगो सार्वजनिकसँगै आफ्ना सेवाहरूमा सुधारको घोषणा गरेको छ । नेपालबाट सञ्चालित यस कम्पनीले ’क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । एससीटीले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे र यस मार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै आएको छ । एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको कम्पनीले जनाएको छ ।
स्टाइलिस भिडियो खिच्न सकिने उच्च क्वालिटीको क्यामेरासहितको भि-२३ सार्वजनिक
काठमाडौं । भिभोले नेपाली बजारमा उच्च क्लालिटीको क्यामेरा र मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजी भएको नयाँ फाइभजी मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यान दिँदै फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरूको सहजताका लागि लेयाएको फवनले पिक्चर–पर्फेक्ट बताउने कम्पनीको दाबी छ । उच्च–रिजोल्युसनको ५० एमपी पोट्र्रेट सेल्फी क्यामेरा हुँदा जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी नआउने कम्पनीले जनाएकझ छ । फ्रन्ट क्यामेरामा भएको आँखा अटोफोकस विशेषताका कारण प्रयोगकर्ताहरूलाई आकर्षणको केन्द्रबिन्दु बनाउँदछ । साथै रातको समयमा प्रकाशको मात्रा नपुगेको ठाउँमा तस्बिर खिच्दा दिउँसोको जतिकै क्लालिटीको आउने डुअल–टोन स्पटलाइटः स्पटलाइट पोट्र्रेट + स्पटलाइट पोट्र्रेटमार्फत लाइटिंग मिलाई फोटो खिच्न सकिन्छ । साथै, सुपर नाइट सेल्फी र सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता यसमा छन् ।
एनसेलले ल्यायो २५ रुपैयाँमा २५० मिनेट बोल्न पाइने इन्डलेस कम्बो प्याक
काठमाडौं । नयाँ वर्षको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको छ । यो योजना वैशाख ५ गतेदेखि सञ्चालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरू सञ्चालनमा ल्याएको हो । डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम प्राप्त गर्दछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक सुरु गर्न सक्छन् । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र २५ रुपैयाँमै लिन सक्छन् ।