भायानेटको इन्टरनेट रिफर गर्दा ३ महिनाको प्याकेजसहित राउटर नि:शुल्क
काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागीले तीन महिनाको इन्टरनेटसँगै एमआइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ । आफ्नो रिफरलबापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाइने भायानेटले जनाएको छ । ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्नुपर्छ । भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले यस नयाँ रिफरल योजनामार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ।
एनसेलसँग मुद्दा लड्न १८ लाखको उपकरण किन्यो कानुन मन्त्रालयले
काठमाडौं । नेपाल सरकार र वहुराष्ट्रिय कम्पनी एनसेलबीचको कर विवाद अन्तराष्ट्रियकरण भएको छ । एनसेलको स्वामित्व खरिदविक्रीमा तिर्नुपर्ने कर नतिरिएको भन्दै सरकारले थप कर असुल गरेपछि एनसेल र उसको लगानीकर्ता कम्पनी अन्तराष्ट्रिय निकायसम्म पुगेका हुन् । एनसेलको स्वामित्व खरिद विक्रीमा तिर्नुपर्ने जति कर नतिरिएको भन्दै सरकारले कर उठाएपछि सो विरुद्ध दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल र उसको लगानीकर्ता कम्पनी एक्जिआटा इन्भेष्टमेन्ट लिमिटेड नेपाल सरकार विरुद्ध इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिसपुट्स (आईसीएसआईडी) गएका थिए । आईसीएसआईडी विश्व बैंक अन्तरगतको निकाय हो । यसले विश्वभर लगानी प्रवद्र्धनको लागि विभिन्न देशका सरकारहरु र लगानीकर्ताबीचको विवाद समाधानको लागि पहल गर्ने गर्छ । आईसीएसआईडीको स्थापना सन् १९६६ मा भएको थियो । यसको नेतृत्व विश्व बैंकको कार्यकारी निर्देशकले गर्ने व्यवस्था छ । नेपालमा कर विवाद भएपछि एनसेल र उसको लगानीकर्ता कम्पनी एक्जिआटा इन्भेष्टमेन्ट लिमिटेडले आईसीएसआईडीमा निवेदन दिएका थिए । सो निवेदन उपर सुनुवाई हुने भएपनि नेपाल सरकारले विभिन्न उपकरण खरिद गरेको छ । कोभिड महामारी तथा अन्य कारणले आईसीएसआईडीले गर्ने सुनुवाईमा नेपाल भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपनि भर्चुअल सुनुवाईको लागि आवश्यक पर्ने उपकरण नेपाल सरकारले खरिद गरेको हो । यस्ता उपकरण खरिदको लागि अर्थ मन्त्रालयले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई १७ लाख ७२ हजार रुपैयाँ उपलब्ध गराएको छ । यस्तो रकम अर्थले रकमान्तर गरी उपलब्ध गराएको हो । यस्तै, अर्थमन्त्रालयमा इकोनोमिक ल्याव पनि स्थापना हुने भएको छ । इकोनोमिक ल्याव स्थापनाको लागि अर्थ मन्त्रालयले २९ लाख रुपैयाँ रकममान्तर गरी स्रोतको जोहो गरिसकेको मन्त्रालय स्रोतले जानकारी दियो ।
भिभोले रगं परिवर्तन हुने ग्लास फोन ल्याउँदै, यस्ता छन् विशेषता
काठमाडौं । भिभोले भि श्रृंखलामा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार भि२३ फाइभजी चाँडै नै नेपाली बजारहरूमा उपभोक्ताहरूका लागि उपलब्ध हुनेछ । टिपस्टरहरूले भि२३ फाइभजी विशिष्ट रगं परिवर्तन हुने ग्लास डिजाइन र फाइभजी कनेक्टिभिटी साथ आउने जनाएको छ । भि श्रृंखलाका फोन भएकाले सेल्फी क्यामेरा यसको प्रमुख फोकस क्षेत्र हुनेछ । यो उपकरण सबै फोटोग्राफी र भिडियोग्राफी प्रेमीहरू, डिजिटल सामग्री सिर्जनाकर्ताहरू र भ्लगरहरूका लागि उपयुक्त हुने जनाएको छ । भिभो भि२३ फाइभजी अगाडिको प्यानलमा उत्कृष्ट ५० एमपी अटोफोकस पोट्रेट सेल्फी सुविधाको साथ सुसज्जित हुनेछ । उद्योगको अग्रणी फ्रन्ट क्यामेरा भएको यस स्मार्टफोनले स्पष्ट, स्थिर र उज्यालो तस्बिर मात्र नलिएर यसको शिष्ट कार्यसम्पादनले फोटोग्राफरको सुविधा हुनेछ । भिभोले पहिले नै मोबाइल फोटोग्राफीलाई समर्थन गर्ने ब्रान्डको रूपमा आफूलाई स्थापित गरिसकेको छ, त्यसैले आगामी भि सिरिजको स्मार्टफोनले उपभोक्ताहरूमाझ हलचल मच्चाइरहेको छ । भि२३ फाइभजीले ब्रान्डलाई स्मार्टफोन उत्साहीहरूका बीच यसको अद्भूत विशेषताले गर्दा अग्रगामीको रूपमा स्थान दिने कम्पनीको विश्वास छ । भि२३ फाइभजीले उच्च स्तरको फ्रन्ट क्यामेरा प्रणालीको साथ मोबाइल फोटोग्राफीको भविष्यलाई उत्थान गर्न गइरहेको छ । यसको मूल्य भने हालसम्म खुलाइएको छैन ।