अब खल्तीबाटै ब्लुबुक नवीकरणको पैसा तिर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको  छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो । यससँगै अब आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बिल तिर्न मिल्ने छ । यो सेवा बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले मात्र पाउने भएका छन् । त्यस्तै,  आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ। यस्तो छ प्रकृया प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले विभिन्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् । पहिला खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस् मा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्ने र त्यसपछि आवश्यक विवरणहरू भरि भुक्तानी गर्ने खल्तीले जनाएको छ । नयाँ प्रयोगकर्ताले भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्ने खल्तीले जनाएको छ ।

सुबिसुको ६५० एमबिपिएस इन्टरनेट र टिभी सेवा मात्र १ हजार ७७० रुपैयाँमा

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले सेवाग्राहीको निम्ति सुपर रफ्तार अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको प्रयोग गर्न पाउनेछन् । कम्पनीको अनुसार ग्राहकहरुले ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सन वार्षिक सेवा मात्र १७७० रुपैयाँ प्रति महिनामा प्राप्त गर्नेछन् । यसमा सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी खल्ती एपबाट गर्न सकिने

काठमाडौं । अब काठमाडौं उपत्यका खानेपानीको बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्दा ढिला भइ जरिवाना तिर्नुपर्ने समस्यालाई मध्यनजर गर्दै डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको काठमाडौं उपत्यका खानेपानीले जनाएको छ । त्यति मात्र नभएर खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् । ‘खल्ती’बाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ ।  त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिनेछ ।