मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

काठमाडौं । ‘मेरो डाक्टर’ ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड भएको छ । ‘मेरो डाक्टर’ मिदास टेक्नोलोजीको हेल्थकेयर एप हो । कम्पनीको अनुसार यसले हालसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याइसकेको छ । यस्तै मेरो डाक्टरमा सूचीवद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ।पी।डी।टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी सेवा लिएको कम्पनीले जानकारी दिएको छ । मिदास टेक्नोलोजी विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा संलग्न छ । यस कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।

धनगढीमा डिशहोमको फाईबरनेट सह वितरकको शोरुम उद्घाटन

धनगढी । धनगढीको चटकपुरमा डिशहोमकाे फाईबरनेट सह वितरकको शोरुम उद्घाटन भएको छ । डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सो शोरुमको सञ्चालन गरीएको कम्पनीले जनाएको छ । शोरुम उद्घाटन डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मी राज जोशीले गरेका थिए । कम्पनीको अनुसार उक्त शोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ । विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको कृष्ण ईन्टरप्राईजेजले अब डिशहोम फाईबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

एनटीसीलाई एक पटक प्रयोग गरेपछि छोड्नै नसकिने बनाउनु पर्योः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल टेलिकमले सेवालाई थप सहज र विस्तार गर्दै लैजानु पर्ने बताएका छन् । शनिकार नेपाल टेलिकमको १८औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिए । ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुप¥यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन्, यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नु पर्छ,उनले भने । सो अवसरमा उहाँले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पु¥याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पु¥याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए । कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यिनको प्रचार नभएकोतर्फ इंगित गर्दै उहाँले यसतर्फ विशेष ध्यान पु¥याउनु पर्ने उल्लेख गरे । कोभिड १९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पु¥याएको योगदानप्रति माननीय मन्त्रीले धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भोल्टी सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराए । सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए । उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी गराइन् । कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ । यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ । वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक÷एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उनले बताइन् । यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक तथा विगतका वार्षिकोत्सव कार्यक्रमहरुमा जस्तै आजको कार्यक्रममा पनि कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।