घट्यो फोन कलको शुल्क, अब ६६ पैसामै फोन गर्न सकिने
काठमाडौं । शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो । गत कार्त्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो । दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको दिएको निर्देशन अनुसार मोबाइल फोन सेवाप्रदायक कम्पनीले शनिबार देखि शुल्क घटाएका हुन । यसअघिकोे तुलनामा शनिबारदेखि ४४ पैसा सस्तो भएको छ । यसअघि प्राधिकरणले २०७६ पुस महिनामा अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको थियो । यसमा सेवाप्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन् । प्राधिकरणको निर्देशिक अनुसार सेवाप्रदायक कम्पनीले ५४ पैसाबाट ४४ पैसा घटाएर अब प्रतिमिनेट १० पैसा कायम हुनेछ । हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रति मिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्छ । नयाँ निर्देशिकाअनुसार प्रिपेडबाट प्रति मिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ । त्यस्तै एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा हाल प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ । यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।
२१ औं वार्षिकोत्सवमा सुबिसुले २१ ठाउँमा गर्यो रक्तदान कार्यक्रम
काठमाडाैं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो । रेडक्रससगँको सहकार्यमा सञ्चालित यस कार्यक्रम बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट र चपुरमा सफलता पुर्वक सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।
ट्राफिक महाशाखाले शुरु गर्यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था
काठमाडौं । अब ट्राफिक जरिवाना किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएकाे छ । महानगरीय ट्राफिक महाशाखाले आजदेखी ट्राफिक नियम उल्लंघन गरेवापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम ‘प्रभु पे’को किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने सेवा सुरु गरेकाे हाे । महाशाखाले शुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिवाना तिर्ने गरेको थियो । पछिल्लो समय ट्राफिक प्रहरी सेवालाई प्रविधीमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजीटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक सँस्थाहरु र क्युआर पेमेन्टबाट समेत जरिवाना तिर्न सकिने प्रणाली संचालनमा छन् । बुधबार एक कार्यक्रमकबीच ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधीकाे उद्घाटन गरे । कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिवाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए । हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने र थप सहकार्य गरी अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने अध्यक्ष लामाले बताए ।