एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’, रु २०० मा ४०० मिनेट अननेट टक टाइम

काठमाडौं, १६ साउन । देशकै अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ । जस अन्तर्गत ग्राहकले सुलभ शुल्कमा भ्वाईस सेवा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले कर सहित मात्र रु २०० मा ४०० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । अर्थात्, यो प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र ५० पैसा प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् । मासिक भ्वाईस प्याक यहि सोमबार (साउन १७, २०७३) देखि स्थायी सेवाको रुपमा लागु हुनेछ। एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआर मार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् । “हाम्रा प्रिपेड ग्राहकका लागि प्रति मिनेट ५० पैसामा कुरा गर्न सकिने यो मासिक भ्वाईस प्याक ल्याउन पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । “सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्घता अनुरुप यो प्याक ल्याइएको होे ।” ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागी मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित रु २.५० प्रति मिनेट शुल्क लाग्दछ । यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिवद्धता बमोजिम एनसेलले दैनिक भ्वाईस प्याक, साप्ताहिक भ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक पनि ग्राहकलाई प्रदान गर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्छन् ।

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

काठमाडौं, १६ साउन । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन शुरू भएको छ । युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् । सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्निङ सम्बन्धी १६ कार्यपत्रमाथि छलफल गरिने सम्मेलन संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र सोही अवसरमा सामाजिक अभियानकर्मी महावीर पुनले नेपाललाई सूचना प्रविधिमा विकास गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न लागिएकाले त्यसका लागि सहयोग गर्न आगह गरे । म्यागासेसे पुरस्कार विजेता समेत पुन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप जनताबाटै ५० करोड रुपैयाँ सहयोग जुटाउने अभियानमा छन् । डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष डा रूद्र पाण्डेले नेपालका हरेक गाउँ गाउँमा इन्टरनेटको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल गरिने बताए। रासस

स्मार्टफोनमा प्याट्रन लक वा पिन नंबर भुल्नुभयो, यी तरिकाहरु अपनाउनुस् प्याट्रन र लक खुल्छ

काठमाडौं। गल्तिले कहिलेकाहिँ तपाइको मोवाइलको लक वा प्याट्रन लक भयो भने  धेरै समयसम्म हैरान र दिमाग खराव हुन्छ। यो समस्या यस्ता व्यक्तिहरुलाई पर्छ जसले चाँडोचाँडो मोवाइलको प्याट्रन वा लक परिवर्तन गरिरहेका हुन्छन् र उनीहरुलाई त्यो सम्झिन गाह्रो पर्दछ। स्मार्टफोन प्रयोगकर्ताहरु बिच अझैसम्म पनि फिङगर प्रिन्ट पासवर्ड लोकप्रिय भइसकेको छैन। स्मार्टफोनमा प्रयोग हुने फ्रि सफ्टवेयरहरुले पनि डेटाहरुलाई सुरक्षित राख्न सकिरहेका हुँदैनन्। यदि तपाईको स्मार्टफोनको पिन वा पासवर्ड लक वा भुल्नुभयो भने तपाइसंग एउटा स्मार्ट विकल्प रहेको हुन्छ फ्याक्ट्रि रिसेट गर्ने। तपाइलाई डेटाको भन्दा स्मार्टफोनको धेरै मायाँ लाग्छ भने तपाईले फ्याक्ट्रि रिसेटको गर्न सक्नुहुन्छ। तर यो समस्याको कमाधान गर्नका लागि अरु पनि उपायहरु रहेका छन्। पासवर्ड भुलेको खण्डमा एन्ड्रोइडको डिभाइस मेनेजरमा तपाइको काम लाग्छ। स्मार्टफोनमा तपाइले गुगल एकाउन्ट लगअन गर्नुभएको छ भने त्यसको मद्दतले तपाइले एन्ड्रोइड डिभाइसलाई म्यानेज गर्न सक्नुहुन्छ। त्यसपछि तपाइले स्कृनमा रहेको लक बटनलाई क्लिक गर्नुहोस त्यसपछि उसले तपाइलाई नयाँ पासवर्ड राख्नका लागि विकल्प दिन्छ। पाँच मिनेटपछि पासवर्ड परिवर्तन हुन्छ। तपाई प्याट्रन लकको प्रयोग गर्नुहुन्छ भने  एन्ड्रोइड डिभाइमा फिङ्गरप्रिन्ट प्यार्टनका लागि एक विकल्प हुन्छ। तपाइले पाँचपटक गलत प्याट्रन लगाउनुभयो भने स्किृनमा ३० मिनेटमा पुन प्रयास गनुहोस भनेर देखाउँछ। यसपछि तल फरगेट प्याट्रन भनेर लेखिएको हुन्छ। त्यसमा क्लिक गर्नुहोस र त्यसपछि गुगलको एकाउन्टको डिटेल भर्नुहोस त्यहाँ तपाइलाई गुललले तपाइलाई एमेल गर्दैन। सेफ मोडमा पनि तपाइले स्मार्टफोनलाई बुट गर्न सक्नुहुन्छ। यो तरिकावाट पनि तपाइले स्क्रिन लकको हल निकाल्न सक्नुहुन्छ। तर यसका लागि तपाइले पहिले नै स्क्रिन लकका लागि एप डाउनलोड गरेको हुनुपर्दछ। अझ तपाइलाई कुनैपनि डेटा चाहिँदैन भने तपाइले एन्ड्रोइड फोनको होम बटन, पावर वटन र भोल्युम अप कि एकैचोटि थिच्नुहोस तपाइको कुनै पनि पासवडै वा फिङ्गरप्रिन्ट बाँकि रहदैन। त्यसपछि तपाइले यसलाई फेरी प्रयोग गर्न सक्नुहुनेछ। एजेन्सीको सहयोगमा