इन्टरनेटमा भाइरल बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?
काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ। पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ। सन् १९९० मा सतोशी ताजिरीले पोकम्यानको अवधारणा सुरु गरेका थिए। वास्तवमा उनलाई मसिना कीरा फट्याङ्ग्रा पक्रने धेरै सोख थियो। उनलाई खेल पनि धेरै मनपर्थ्यो। उनले दुई वस्तु मिलाएर यसको कन्सेप्ट तयार पारेका थिए। यसमा पोकमोनलाई पक्रनुपर्थ्यो। पोकमोन सन् ९० को दशकमा चर्चामा रहेको यही भिडियो गेमको नयाँ संस्करण हो। गेमप्ले आफ्नो भौगोलिक स्थान अनुसार निर्धारण गर्न सकिन्छ। यसका लागि गुगल म्याप्सको प्रयोग गर्नुपर्छ। नियन्टिकले बनाएको पोकमोन यसै वर्ष जुलाई ५ मा लन्च भएको हो। यस गेमका धेरै खतरा समेत छन्। तर मानिसहरुमा यसप्रतिको क्रेज निकै बढ्दै गइरहेको छ। यतिसम्म कि पोकमोन खेल्नेलाई आफ्नो वरपर के भइरहेको छ, थाहा हुँदैन। कसरी खेल्ने? पोकमोन खेल्न सजिलो छ। सुरुमा आफ्नो एकाउन्ट खोल्नुपर्छ। त्यसमा आफ्नो निकनेम तय गर्नुपर्छ। तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।
नेपाल टेलिकमको रिचार्ज समस्या समाधान
काठमाडौं, २३ साउन । नेपाल टेलिकमको रिचार्ज सेवामा देखिएको समस्या समाधान भएको छ । शनिबारदेखि कम्पनीको एनटि रिचार्ज सिष्टम अपग्रेड गर्ने क्रममा एनटि रिचार्ज कार्ड मार्फत हुने रिचार्जमा विशेष प्राविधिक समस्या उत्पन्न भएको थियो । सोही दिनदेखि रिचार्ज हुन नसकेकोमा कम्पनीले ग्राहकहरुसँग क्षमा मागेको छ । उक्त समयमा ग्राहकले देखाएका धैर्यता र कम्पनीप्रति देखाएको सद्भाव प्रति कम्पनीले आभार व्यक्त गरेको छ । आइतबार दिउँसो करिव ३ बजेबाट उक्त रिचार्ज सिष्टममा आएको समस्या समाधान भई पूर्ववत रुपमा संचालन भएको कम्पनीले जनाएको छ । साथै भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिन कम्पनी कटिबद्ध रहेको छ ।
फेसबुकले ल्यायो इन्टरनेट नभएको बेला भिडियो हेर्न मिल्ने सुविधा, एन्ड्रोइड एपमा सुविधा
काठमाडौं २२ साउन। भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ। फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि सेभ गर्नुपर्ने हुन्छ। भिडियो एपभित्रको सेभ्ड सेक्सनमा हुन्छ। यसरी सेभ गरिएका भिडियो जति पटक पनि हेर्न सकिन्छ र चाहेमा डिलिट गर्न पनि सकिन्छ। भिडियो तपाईँको मोबाइलमा नै सेभ हुने भए पनि यसलाई फेसबुकबिना यत्तिकै हेर्न भने सकिन्न। फेसबुकले यसअघि जुलाई ११ देखि केही व्यक्तिहरुको समूहमा अफलाइन भिडियोको टेस्ट गर्न लागेको बताएको थियो।