डिसहोमका सेवाहरु अब मोबाइल एप र वेभसाइटमा
काठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् । कम्पनीका अनुसार यस एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिन्छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका नायब प्रबन्धक कल्याण अधिकारीले जनाए अनुसार ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा ब्यालेन्सबारे बुझ्न, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरु संग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत डिसहोमको मोबाइल एप प्रयोग गर्न सकिने अधिकारीले बताए । डिसहोमका यी सेवाहरु मोबाइल एपका साथ साथै डिसहोमको वेभसाइट www.dishhome.com.np मा समेत प्रयोग गर्न सकिन्छ ।
यी हुन् विश्वकै धनी प्रविधि कम्पनीका टप १० ओनरहरु
काठमाडौं, २७ साउन । विश्वचर्चिच म्यागेजिन फोर्ब्सले संसारकै सबैभन्दा धनी टेक्नोजोजी कम्पनीका मालिकहरुको सूची सार्वजनिक गरेको छ । ‘विश्वकै एक सय टेक अर्बपतिहरु–२०१६’ शीर्षकमा फोर्ब्सले र्सावजनिक गरेको सूचीको पहिलो नम्बरमा माइक्रोसफ्टका संस्थापक तथा मालिक बिल गेट्स शीर्ष स्थानमा रहेका छन् । एक सय सर्वाधिक धनीको सूचीमा आधाजति अमेरिकाकै नागरिक रहेका छन् । शीर्ष १० मा आठजना पनि अमेरिकाकै रहन सफल भए । संसारका दोस्रो सबैभन्दा धेरै ‘टेक बिलिनेयर’ को देशका रुपमा चीनले नाम लेखाउन सफल भएको छ । फोर्ब्सको यो सूचीमा १९ जना चीनका रहेका छन् । यीनीहरुको कुल सम्पत्ति १३२.७ अमेरिकी डलर रहेको छ । यो सूचीमा पाँचजना महिलाले पनि नाम लेखाउन सफल भएका छन् । ‘उमन टेक बिलेनियर’ मा हङकङकी झोऊ क्युनफेई ३३ औं स्थानमा रहेकी छन् । उनको कुल सम्पत्ति ६.४ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकाको सफ्टवेयर फर्म इपिक सिस्टमकी संस्थापक तथा सीईओ जुड फकनर ७९ औं स्थानमा रहेकी छन् । फोर्ब्सले स्टक मार्केटमा उतारचढावका बाबजुत टेक बिलियनेयर बन्न यो गतिलो अवसर भएको बताएको छ । फोर्ब्सको सूचीमा शीर्ष सय टेक बिलियनेयर्सको जम्मा सम्पत्ति ८९२ अर्ब डलर पुगेको छ । अघिल्लो साल भन्दा यो साल टेक बिलियनेयर्सको सम्पत्ति ६ प्रतिशले बढ्न पुगेको हो ।
टेलिकम र एनसेलको ‘इन्टरनेट एकाधिकार’ हट्दै, प्राधिकरणले ल्यायो नयाँ नीति
काठमाडौं २५ साउन। नेपाल दुरसञञ्चार प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेटको विकासका लागि सन् २०२० सम्ममा गाउँगाउँमा इन्टरनेट पुर्याउने लक्षअनुरुप राष्ट्रिय ब्रोडव्याण्ड गुरुयोजना सार्वजनिक गरेको छ। सरकारको नीति अनुरुप गाउँगाउँका सार्वजनिक स्थान, स्कुल र हेल्थपोस्टहरुमा ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने कार्यक्रम थियो। प्राधिकरणले अब ब्रोडव्याण्ड इन्टरनेटको पहुँच विस्तारका लागि नयाँ कम्पनी ल्याउने वाटो खुलेको छ। यसका लागि प्राधिकरणले एक महिनाभत्र राय सुझाव दिनसमेत आह्वान गरेको छ। यसका साथै नयाँ ब्रोडव्याण्ड कम्पनी ल्याउन बाटो खुलेको छ। प्राधिकरणले प्रस्ताव गरेको सन् २०१६ देखि २०२० सम्मका लागि नयाँ कम्पनी ल्याएर नेपाल टेलिकम र एनसेल प्रभाव कम गरी ब्रोडव्याण्ड कम्पनीलाई अगाडि लैजाने मनसायको रहेको छ। प्राधिकारणले टेलिकम र एनसेलको डुओपोली रहेको जनाएको छ। दुइवटामात्र कम्पनीले देशको सवै इन्टरनेटको क्षेत्र ओगट्नु राम्रो नभएको यसका लागि प्रतिस्पर्धी कम्पनी आवश्यक रहेको प्राधिकरणको ठहर रहेको उल्लेख छ। प्रयोगकर्ताले उच्च गुणस्तरको इन्टरनेट पाउन र कम्पनीहरुलाई प्रतिस्पर्धी बनाएर सस्तो इन्टरनेट दिनका लागि यो नीति ल्याउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। सूचना तथा सञ्चारमन्त्रालयको रोहवरमा प्राधिकरणले यसलाई नियमन र लागु गर्ने प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको छ। ग्रामिण दुरसञ्चार कोषको रकम सदुपयोग गर्ने र अब लागु हुने कुनै पनि ब्रोडव्याण्डको कार्ययोजनामा इकोसिस्टमका माध्यमवाट अगाडि लैजाने उल्लेख छ। प्रस्तावित राष्ट्रिय ब्रोडव्याण्ड गुरुयोजनामामा २०१८ भित्र ७५ प्रतिशत गाविसमा ब्रोडब्यान्ड पु-याउने, ६ सय गाविसमा ब्रोडब्यान्डसहितको सर्भिस सेन्टर राख्ने, चार वर्षभित्रै कम्तीमा १० एमबिपिएस डाउनलोड क्षमता भएको न्यूनतम ५ सय १२ केबिपिएसको ब्रोडब्यान्ड ३० प्रतिशत जनतामा पु-याउने तथा इन्टरनेट शुल्क प्रतिव्यक्ति आयको ३ दशमलव ५ प्रतिशत बनाइनेलगायत लक्ष्य लिइएको छ ।