क्रोम बाउजरले ल्यापटपको ब्याट्री विगार्ने दाबी,माइक्रोसफ्ट एजले ९० प्रतिशत टिकाउँछ ब्याट्री
काठमाडौं, १५ साउन। यदि तपाई ल्यापटपमा गुगल क्रोम प्रयोग गर्दै हुनुहुन्छ भने सावधान हुनुहोस्। गुगल क्रोमले ल्यापटपको ब्याट्रीलाई नकारात्मक असर पार्ने माइक्रोसफ्टले दाबी गरेको छ । माइक्रोसफ्टले क्रोम, फायरफक्स र ओपेराबीच ब्याट्री परीक्षण गरेको थियो । एउटै एचडी भिडियोलाई घण्टौंसम्म ती ब्राउजरहरु मार्फत स्ट्रिमिङ गरिएको थियो। उक्त परिक्षण अनुसार ब्याट्रीको नतिजा यस्तो देखियो : (घण्टा, मिनेट र सेकेण्डमा) क्रोम: ४:१९:५० फायरफक्स: ५:०९:३० ओपेरा: ६:१८:३३ माइक्रोसफ्ट एज: ७:२२:०७ नतिजा अनुसार माइक्रोसफ्ट एज क्रोमको तुलनामा ९० प्रतिशतले टिकाउ रहेको पाइयो । भिडियो बाहेकका कामका लागि पनि यो ब्राउजर अन्यको तुलनामा ३६ देखि ५३ प्रतिशतसम्म टिक्ने कम्पनीले दाबी गरेको छ। माइक्रोसफ्ट एजको सामर्थ्यलाई अझ प्रस्तुत गर्न कम्पनीले लाखौं विण्डोज १० बाट लिइएका तथ्यांकहरु प्रस्तुत गरेको थियो। कम्पनीले आफ्नो ब्लगस्पटमा लेखेको छ ‘कुनै विशेष ब्याट्री सेभिङ मोड या सेटिङ बाहेक हामीले माइक्रोसफ्ट एजलाई ब्याट्रीको क्षमतालाई ध्यानमा राखेर डिजाइन गरेका छौं।’ माइक्रोसफ्टले सम्पूर्ण प्रयास एज ब्राउजरमार्फत प्रयोगकर्ताको मन जित्न गरिरहेको स्पष्ट छ। यधपी ब्राउजरमाथी एक्स्टेन्सनको लागि सपोर्ट नभएको ठुलो आरोप छ। कम्पनीको भर्खरै सार्वजनिक भएको विण्डोज १० ले एक्स्टेन्सनको लागि सपोर्टको विकास गरेको छ। जुलाईमा हुनलागेको वार्षिकोत्सवमा फुल फ्लेजको सपोर्ट आउने आशा गरिएको छ । अबका अपडेटहरुमा अरिपनि ब्याट्री जोगाउने फिचरहरु ल्याउने कम्पनीले वाचा गरेको छ।नेट एप्लिकेसन्सको भर्खरको तथ्यांक अनुसार क्रोम विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर हो । यस ब्राउजरको बजारमा ४५ प्रतिशत सेयर रहेको छ। अध्ययन अनुसार सबैभन्दा ठुलो घाटामा गएको ब्राउजर माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोर रहेको छ। यसको सेयर मे महिना भरमा ४१.३७ बाट घटेर ३८.६ प्रतिशत पुगेको छ। नवभारत टाइम्सवाट साभार
सोलारबाट चल्ने जहाजको सफल यात्रा, १० वर्षभित्र सोलार जहाज सबैतिर (फोटो फिचरसहित)
काठमाडौं, १४ साउन । सौर्य उर्जाबाटमात्र चल्ने संसारकै पहिलो सोलार जहाज ‘इम्प्लस–२’ले विश्व परिक्रमा गरेर मंगलबार युएइको अबुधाबीमा अवरतरण गरेको छ । सोलार इम्प्लस एयरप्लेनले ५०९ घण्टामा करिव ४२ हजार किलोमिटर यात्रा पार गरिसकेको छ । नयाँ नयाँ प्रविधिको सफल प्रयोग र अनुसन्धान गर्ने क्रममा विज्ञानले फेरी नयाँ फड्को मारेको छ । सौर्य उर्जाबाट चल्ने सो प्लेनमा पेट्रोलियम पदार्थको प्रयोग शुन्य भएको बैंज्ञानिकहरुले बताएका छन् । सोलर इम्पल्सलाई बनाएका पाइलट आन्द्रे बोर्सबर्ग र पाइलट बरट्र्यान्ड पिकाडले उडाएका थिए । सौर्य उर्जाबाट चलेको प्लेनबाट विश्व यात्रा पुरा गर्न ५०० दिन विताएका थिए । ‘अनुकूल मौसमको पर्खाईमा हामीले लामो समय बितायौ । हाम्रो लक्ष्य पुरा गर्न प्लेन मर्मतमा पनि केही समय वितायौं’ पिकाडले भने । ‘क्याप्टेन पिक्काड र उनको टिमको लागि आज ऐतिहासिक दिन हो’ अबुदुवाईमा जहाज ल्याण्ड गरेपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले भने–‘तपाईले सोलार जहाज संसार घुमाएर परीक्षणमा सफल गर्नुभयो, यसलाई दिगो बनाउने यात्रा भने भरखर्रै शुरु भएको छ ।’ ‘यो हवाई इतिहासमा मात्र होइन, उर्जाको इतिहासमा पनि पहिलो र महत्वपूर्ण उपलब्धि हो’ क्याप्टेन पिक्कार्डले भनेका छन् । ‘मलाई विश्वास छ, अबको १० वर्षमा हामीले छोटो र मध्यम दुरीमा चल्ले हवाई यातायातमा इलेक्ट्रीक जहाज देख्न सक्ने छौं, जहाँ इम्प्लसमा जस्तै क्लिन टेक्टोलोजिको प्रयोग हुनेछ’ –पिक्काडले भनेको छन्–‘ती जहाजमा ५० जना यात्रु हुनेछन् र ती जहाजहरु राम्रो नाफामा चल्लेछन् ।’ कसरी चल्छ ? सोलार इम्प्लस २ ले सबैभन्दा लामो यात्रा जापानदेखि हवाईसम्मको ११७ घण्टा ५२ मिनेटमा पार गरेको छ । हवाई इन्धनबाट चल्ले आधुनिक जहाजहरुले उक्त दुरी पार गर्न २२ घण्टा लगाउँछन् । सोलारबाट चल्ने प्लेन करिव ११८ घण्टा कसरी उड्यो होला ? प्लेनको माथिल्लो भागमा सोलार हुन्छ र त्यसबाट व्याट्री बैंकमा सौर्य उर्जा जम्मा हुन्छ । रातीको समयमा ती व्याट्रीले काम गर्छ । यो जहाजमा चार वटा विद्युतीय मोटर्स हुन्छन् । यसको स्पीड प्रति घण्टा ९० किलोमिटर छ र जहाज १२ हजार मिटर (३९००० फीट) माथि जान सक्छ । लाइटवेट सोलर ‘इम्पल्स–२’ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली ब्याट्री लगाइएको छ । जसले प्लेनलाई उडान भर्दा उर्जा दिने काम गर्छ । सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ । यो प्लेनलाई अघिल्लै साल अप्रिलमा सार्वजनिक गरिएको थियो । त्यसपछि गत जुनमा यसलाई पहिलो पटक पश्चिमी स्विट्जरल्यान्मा दुई घण्टा १७ मिनेटसम्म उडाइएको थियो । १३ वर्ष लामो प्रयासपछि यो जहाज बनाउने कार्य सम्पन्न भएको हो । एजेन्सीहरुको सहयोगमा
चिनिया इलेक्ट्रोनिक्स कम्पनी साओमीले एप्पलको जस्तै ल्यापटप ल्याउँदै
काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमिले अब ल्यापटप पनि बनाउने भएको छ। कम्पनीले बुधवार एक समारोहकावीच ल्यापटप सार्वजनिक गरेको हो। यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक गरिएको छैन्। कम्पनीले विश्वको इलेक्ट्रोनिक्स बजारलाई रिसर्च गरेर प्रिमियम मूल्यमा ल्याएको जनाएको छ। १३.३ इन्चको डिस्प्ले भएको ‘एमआई नोटबुक एयर’ नामको यो ल्यापटपमा विन्डोज १० अपरेटिङ सिस्टम राखिएको छ। चीनमा यसको मूल्य पाँचहजार युआन तोकिएको छ। कम्पनीले अझ सस्तोमा सिम्प्लिफाइड भर्सनका रुपमा तीनहजार पाँचसय युआनमा पनि पाइने बताएको छ। एप्पलको जस्तै लुक्स देखिने यो ल्यापटप लेनोभो डेल एचपी लगायतका कम्पनीका ल्यापटपको जस्तै स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ। कम्पनीले सवैभन्दा धेरै स्पेसिफिकेसन भएको, टिकाउ र कम मूल्य भएको ल्यापटप भनेर चिनाउने जनाएको छ। शाओमिले चाँडै नै कम मूल्य पर्ने रेडमी स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ। मिडिया टेक्स फ्लागसिप प्रोसेसर हिलियो एक्स २५ भएको यो स्मार्टफोनलाई १५ सय युआन र दुइहजार युआनका वीच विक्रि गर्ने कम्पनीले जनाएको छ।