भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदाै १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेकाे थियाे । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

पर्यटन मन्त्रालयको प्रस्तावः साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गरौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्नु पर्ने प्रस्ताव अघि सारेको छ । मन्त्रालयले उच्चस्तरीय समितिलाई हवाई सेवा सञ्चालन गर्नको लागि सिफारिस गरेको हो । मन्त्रालयका सुचना अधिकारी सुरेश आचार्यले उच्चस्तरीय समितिलाई मन्त्रालयले सिफरिस गरेको बताएका छन् । सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको उनको भनाई छ । हवाई सेवा सञ्चालन सम्बन्धि स्वास्थ्य मापदण्डहरु पुरा गरी हवाई सेवा सञ्चालन गर्नु पर्ने सहितकने प्रस्ताव सिफरिस गरेको उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले सो निर्देशिका तयार पारिसकेको छ । उक्त निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको उनले बताए ।

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देश कै पहिलो केबलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने सरकारसँग माग राखेको छ । केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो । कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चाँसाे दिनुपर्ने केबुलकारले जनाएको छ । लामो समय देखि यि प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा केबुलकारले जोड दिएको छ ।