शिवमकाे २५ देखि १०० बोरा सिमेन्ट किन्नुस्, चाँदीको उपहार पाउनुस्

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले आउँदै गरेको तिहारलाई लक्षित गदैं “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्रामचाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ ।यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ । चाँडपर्व लक्षितगरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको शिवम् सिमेन्टले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

काठमाडौंको सानो गौचरनमा केटिएमले खोल्यो नयाँ सर्भिस सेन्टर

काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो । उक्त सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलास चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका हुन् । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिले सम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर रहेको दाबी गरेका छन् । नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गरेको जनाएका छन् । अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिन सम्ममा केटिएम बाइकले २ सय ९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन् ।

दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने तयारीमा प्रदेश ३ सरकार

काठमाडौं । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिएका छन् । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ । निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए । प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । मनहरिमा सरकारी जमिन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए । यसरी, कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमिनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमिनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाइ छ । रासस